Connect with us

Headline

दिपेशबाट पुरा भएको घरेलु फुटबलको दायित्व

Published

on

गौरव फुयाल

नेपाली घरेलु फुटबलमा व्यवसायिकतातर्फ पहिलो कदम चालेको थ्री स्टार क्लब शहीद स्मारक ए डिभिजन लिगको गत बर्षको सिजनमा आफ्नो साख बचाउन न्यु रोड टिम (एनआरटी) बिरुद्ध खेल्दै थियो । ठूलै इतिहास बोकेको एनआरटीको पनि दवाब आफ्नै थियो ।

रेलिगेसनको प्रावधान नभएको त्यस अघिको लिगमा अन्तिम टोली बनेको एनआरटीले आफ्ना पुराना खेलाडी र प्रशिक्षक राजु काजी शाक्यलाई फिर्ता बोलाएको थियो भने टिम पनि लिग दाबेदारहरुलाई चुनौति दिन सक्ने स्तरकै थियो । त्यसैले एनआरटीलाई शिर्ष पाँच भित्र परेर देखाउने चुनौति थियो ।

मात्र एक दशक अगाडीको समय फर्केको भए यो लिगको एउटा क्लासिक भिडन्त मध्ये पर्ने थियो, शायद धेरैले प्रतिक्षा गर्न चाहेका खेल । थ्रि स्टार र एनआरटी एक समय राम्रा प्रतिद्वन्दी थिए भन्दा कतिलाई अब ठट्टा गरे जस्तो लाग्न सक्छ । र, समर्थक घटेको घरेलु फुटबलले गति समात्न केही लामो समय । एन्फा कम्प्लेक्समा फिक्का देखिने गरेका खेल यसको एक कारण पनि हो ।

सातदोबाटोको एस्ट्रो टर्फमा मध्यान्हका लागि तय भएको खेलको पहिलो हाफमा गोल नभएपछि दुवै टोलीका खेलाडीहरुले लय गुमाए जस्तो खेलिरहेका थिए । ७४ औँ मिनेटमा थ्री स्टारका अनुभवी प्रशिक्षक मेघ राज केसीले सुशिल राइको स्थानमा दिपेश घलेलाई मैदान प्रवेश गराए । उनको प्रवेशसँगै थ्रि स्टारले खेलमा गति समात्न थाल्यो । लेफ्ट विङ्गमा प्रवेस गरेका दिपेशले खेलमा प्रभाव पार्न थालिसकेका थिए ।

खेलमा जे हुन गइरहेको थियो त्यो दिपेशको लागि उनले नेपाली फुटबलमा चाल्न गइरहेको पहिलो कदम हुने थियो ।

ब्राजिलका रोनाल्डिन्हो, नेमार र क्रिस्टियानो रोनाल्डोलाई आफ्नो आदर्श मान्ने दिपेशको ड्रिब्लिङ्ग गर्ने क्षमतालाई एनआरटीको चार खेलाडीको डिफेन्सले रोक्न सकिरहेको थिएन । स्टारका समर्थकहरु पनि उनी मैदान छिर्ने बित्तिकै हौसिएका थिए । उनी धेरैले चिनेका र आशा गरेका घले थिए । “घले रोनाल्डोले जसरी हान” भन्दै एक समर्थकले चिच्याउदा उनले बुढी अउँला देखाउदै ‘ओके’ को संकेत दिए ।

मैदान छिरेको चार मिनेट नबित्दै दिपेशले गोल गरे । मिक्चेन तामाङले दाँयाबाट दिएको पासलाई दिपेशले उत्कृष्ट तरिकाले नियन्त्रणमा लिए र उनलाई रोक्न अघि बढेका सरोज तमाङलाई बिट गर्दै तीन डिफेन्डरलाई झुक्काउदै जाली जुमाए । त्यो गोलमा दिपेशको व्यक्तिगत उत्कृष्टता झल्कन्थ्यो, फुटबलरको रुपमा उनले गर्न सक्ने कामको प्रमाण र भविष्यको संकेत ।

VS NRT

Rate this goal scored by Dipesh Séan Ghaley against New Road Team – NRT!

Posted by Three Star Club on Thursday, April 9, 2020

त्यही गोलले खेल जितेको थ्रि स्टारले राहतको सास फेर्यो र सँगसँगै दिपेशले पनि । “मलाई म मेरो बेस्ट दिन्छु भन्ने लगेको थियो । म बेञ्चमा थिए । आज त मौका पाइएला जस्तो लागि रहेको थियो र पाए पनि । ७० मिनेट भईसकेको थियो र कोचले मलाई तयार हुन भन्नु भयो, उनले बेञ्चमा भएको अन्तरकृया सम्झिए ।  धेरै नसोचेर राम्रो निर्णय लिएर गोल हानेको रहेछु । पछि त्यो गोलको भिडियो हेर्दा म आँफै अचम्ममा परे,” उनले भने ।

दिपेश अचम्ममा पर्नु स्वभाविक पनि थियो । त्यो गोल अन्तर्राष्ट्रिय स्तरको थियो र त्यस पछाडी उनको मिहिनेत पनि झल्कन्थ्यो । ११ बर्षको हुँदा खेल्न थालेका दिपेशले फुटबललाई कहिल्यै दोस्रो रोजाइमा राख्न चाहेनन् । नजिकै फुटबल मैदान भएका कारण उनलाई खेल बुझ्न धेरै सजिलो पनि भयो ।

१७ बर्षको उमेर देखी थ्री स्टरको प्रशिक्षणमा मिहिनेत गर्न थालेका उनलाई क्लबका लागि केही गर्ने बिश्वास थियो र अझै पनि छ । पुराना दिन सम्झिदै उनले भनेः “सानै देखि फुटबल खेल्न थालियो । घर तिरको सिनियर दाईहरुले धेरै प्रेरित गर्नु हुन्थयो । उँहाहरुकै कारण थ्री स्टरमा मौका पाए ।”

ललित मेमोरियल अण्डर–१८ बाट थ्री स्टारको जुनियर टोलीमा खेल्न थालेका दिपेशले सिनियर टोलीमा भने पहिलो पटक मोफसलको प्रतियोगिता चितवन रनिङ्ग शिल्डमा आयोजक टोलीबिरुद्ध खेल्दै डेब्यु गरेका थिए । उनले गरेको मिहिनेत र भाग्य दुबैले यहाँसम्म आइपुगेको बताउछन् । “सबै मिहिनेती खेलाडीले टोलीमा स्थान बनाउन सक्दैनन तर मेरो शुरुवाती खेल जीवनमा मेरो भाग्य र मिहिनेत दुवैले साथ दिएको छ । त्यही कारण थ्री स्टर जस्तो ठूलो क्लबमा खेल्न पाएको छु ।”

स्टार खेलाडीहरुको जमात हुने गरेको थ्री स्टारमा पछिल्लो लिगमा अनन्त तामाङ्ग र बिक्रम लामा बाहेक अन्य खेलाडीसँग धेरै अनुभव थिएन । शायद यही कारणले युवा खेलाडी दिपेशलाई टोलीमा भिज्न निकै सहज पनि भयो र आफूलाई प्रमाणित गरेर देखाए । तर दिपेशले तय गर्नु पर्ने यात्रा निकै लामो छ किनभने यो त उनको फुटबलको शुरुवाती दिन मात्रै हो ।

सफलताका लागि संघर्ष चाहिन्छ र माथिल्लो स्तरमा पुग्नका लागि उनले अझ धेरै गर्न बाकी नै रहेको छ । “दिपेशले अझै मिहिनत गर्ने हो भने उनको भविष्य उज्वल रहेको टोलीका कप्तान बिक्रम बताउछन् । दिपेश धेरै राम्रो खेल्छन्, यो सबैलाई थाहा भएकै कुरा हो । उनले अझै राम्रो खेल पस्कन सक्छन् र माथिल्लो स्तरमा प्रदर्शन गर्न सक्ने क्षमता उनीमा छ । उनलाई अब राम्रो खेलाडी बन्नको लागि प्रेरणा दिन आवश्यक छ,” बिक्रम भन्छन् ।

खेलाडीहरुको संख्या उल्लेख्य रुपमा नबढीरहेको समयमा दिपेशले नेपाली फुटबलको लागि राम्रो संकेत दिएका छन् । एन्फा कम्प्लेक्सको एस्ट्रो टर्फले खेललाई नीरस त बनाएको छ तर यही नीरसताकाबीच एक युवा खेलाडीको आगमनले घरेलु फुटबलको खेलाडी उत्पादन गर्ने दायित्वलाई थोरै भएपनि निभाएको छ ।

तस्विरहरु: थ्री स्टार क्लब 

Headline

कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित 

Published

on

विराट कोहलीले अविजित रहँदै अर्धशतकीय पारी खेल्दा अष्ट्रेलियामा जारी ट्वान्टी ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तान माथि चार विकेटको सनसनीपूर्ण जित हात पारेको छ ।

कोहलीले अविजित रहँदै ८२ रन जोड्दा पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर लक्ष्य पार गर्यो ।

ओपनरद्वय केएल राहुल र कप्तान रोहित शर्मा समान ४-४ रन जोड्दै पेभेलियन फर्किए पनि कोहलीले अर्को छोडबाट रन जोड्दै गत विश्वकपमा पाकिस्तानसँगको हारको बदला लिन सफल रहे । ५३ बलको सामना गरेका कोहलीले छ चौका र चार छक्काको मद्धतमा अविजित रहँदै सर्वाधिक ८२ रन जोडेका हुन् ।

सातौँ ओभरमा ३१ रनमा चार विकेट गुमाएर खराब सुरुवात गरेको भारतको जितमा कोहलीले पाँचौं विकेटका लागि ३७ बलमा ४० रन बनाएका हार्दिक पाण्ड्यासँग मिलेर  

७८ बलमा ११३ रनको साझेदारी गरे । भारतका अन्य ब्याटरहरुमा सुर्य कुमार यादव १५, अक्सर पटेल दुई, दिनेश कार्तिक एक तथा रविचन्द्रन आश्विन एक रनमा अविजित रहे । 

पाकिस्तानका ह्यारिस रौफ र मोहम्मद नवाज महँगो सावित रहे पनि समान २-२ विकेट तथा नसिम शाहले चार ओभरमा २३ रन दिएर एक बिकेट हात पारे भने शाहिन शाह अफ्रिदीले चार ओभरमा ३४ रन खर्चंदा विकेट बिहिन रहन पुगे ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दा आठ विकेट गुमाएर १५९ रन मात्र जोड्न सक्यो ।

कप्तान बाबर आजम गोल्डेन डकआउट तथा मोहम्मद रिजवान चार रनमा आउट भए पनि तेश्रो र चौथों नम्बरमा ब्याटिङ गर्न आएका शान मसूद र इफ्तिखर अहमदले अर्धशतकीय पारी खेल्दै पाकिस्तानलाई सम्मानजनक योगफल सम्म डोर्याए । अविजित रहेका मसूदले ४२ बलमा सर्वाधिक ५२ तथा अहमदले ३४ बलमा ५१ रन बनाए ।

पाकिस्तानलाई मध्यम स्कोरमा रोक्ने क्रममा अर्शदिप सिंह र हार्दिक पान्ड्याले समान ३-३ विकेट लिए भने मोहम्मद शामी र भुवनेश्वर कुमारले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।   

Continue Reading

Headline

आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि 

Published

on

आठ पटकको च्याम्पियन जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक महिला युरो कपको उपाधि चुमेको छ । वेम्ब्लीमा भएको फाइनल खेलमा जर्मनी माथि २-१ गोल अन्तरको जित निकाल्दै इंग्ल्यान्डले पहिलो पटक ठुलो प्रतियोगिताको उपाधि हात पार्न सफल भयो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा दुबै टोलीले १-१ गोल गर्दा खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको २० मिनेटमा  सब्सटिच्युटमा आएकी क्लोई  केलीले गोल गर्दै ८७ हजार एक सय ९२ दर्शक सामु इङ्ल्यान्डलाई उपाधि दिलाएकी हुन् ।

दोश्रो हाफको ६२ औँ मिनेटमा एला टोनीले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिएकी थिइन् भने ७९ औँ मिनेटमा लिना मागलले बराबरी गोल गर्दै जर्मनीलाई खेलमा फर्काउन सफल भइन् ।

इंग्लिस फुटबल पुरुष र महिला कुनै पनि टोलीले जितेको यो पहिलो ठुलो ट्रफी हो । यस अघि ५६ वर्ष अघि इङ्ल्यान्डले वेस्ट जर्मनीलाई पराजित गर्दै सन् १९६६ मा आयोजना भएको विश्वकपको उपाधि जितेको थियो ।  

Continue Reading

Headline

 नेपालको पोस्टमा भारतको गोलको वर्षा 

Published

on

नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।

कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । फाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो । 

नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।

पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७  गोल खाएको हो । 

दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।

यस्तै पथुम गिमहानाले ६४औं,  हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औंशुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।       

आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो । 

भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंकजोडेर शीर्ष स्थानमा छ ।

नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।

नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।

कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । सेमिफाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो । 

नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।

पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७  गोल खाएको हो । 

दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।

यस्तै पथुम गिमहानाले ६४औं,  हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औंशुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।       

आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो । 

भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंक जोडेर शीर्ष स्थानमा छ । नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।

Continue Reading
Headline2 years ago

कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित 

अन्तर्राष्ट्रिय2 years ago

 ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै

लेख2 years ago

केन्या माथि नेपालको कीर्तिमानी जित

लेख2 years ago

साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा

लेख2 years ago

नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय

लेख2 years ago

खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित 

लेख2 years ago

नेपालले हरायो केन्यालाई 

लेख2 years ago

नेपालका लागि केन्या टुर महत्वपूर्ण

लेख2 years ago

बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि ४० जना बोलाइयो

लेख2 years ago

नयाँ प्रशिक्षक प्रभाकर भन्छन् : पहिलो काम लिग टु

लेख2 years ago

बाना कपका लागि सुदुरपश्चिमको जर्सी सार्वजनिक  

लेख2 years ago

यस्ता छन् एन्फा कार्यसमिति बैठकका निर्णयहरू

लेख2 years ago

साफ महिला च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल भुटानसँग भिड्ने

लेख2 years ago

नवौं राष्ट्रिय खेलमा राष्ट्रिय किर्तिमान तथा स्वर्ण पदक विजेतालाई नगद पुरस्कारको व्यवस्था 

Headline2 years ago

आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि 

Headline2 years ago

 नेपालको पोस्टमा भारतको गोलको वर्षा 

Headline2 years ago

साफ महिला च्याम्पियनसिप :  नेपाललाई सजिलो समूह

Headline2 years ago

लगातार दोस्रो जित निकाल्दा नेपाल फाइनल नजिक 

Headline2 years ago

साम्बालाई समेट्दै साफ महिला च्याम्पियनसिपका लागि बन्द प्रशिक्षण सुरु

Headline2 years ago

उर्जन श्रेष्ठ यू १७ टिमको प्रशिक्षक नियुक्त, खेलाडी छनोट प्रक्रिया सुरु

Trending

error: Content is protected !!