ए डिभिजन लिग
एपीएफ माथि जित निकाल्दै थ्री स्टार उक्लियो दोस्रो स्थानमा
Published
5 years agoon
By
wesportzअनन्त तमाङले हेडिङ गोल गरे पछी रुस्लान थ्री स्टार क्लबले बिभागीय टोली एपीएफलाई १-० गोल अन्तरले पराजित गरेको छ।
दशरथ रंगशालामा भएको खेलमा थ्री स्टारले एपीएफलाई पहिलो हाफ देखी नै नियन्त्रणमा राख्न सफल भएको थियो। खेलको नवौ मिनेटमा एपिएफका प्रविण स्याङ्तानले प्रहारलाई थ्री स्टारका विदेशी गोलरक्षक प्रिसोले जोगाएका थिए । १० औं मिनेटमा थ्री स्टारका सुशील राईको पासमा हम्जाताको प्रहार पोष्ट नजिकबाट बाहिएको थियो ।
१५ औं मिनेटमा भने सुमन श्रेष्ठलाई एपिएफका खेलाडीले फाउल गरेपछि थ्री स्टारले फ्रिकिक पाएको थियो । मिक्चेन तमाङले प्राहार गरेको को त्यो फ्रिकिक्कलाई अनन्तले सुन्दर हेडिङ गोल गरेका थिए। २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिकलाई सदुपयोग गर्दै थ्री स्टार ले पहिलो हाफमा नै आग्रता लिना सफल भयो। ३० औं मिनेटमा मिक्छेनको कर्नरमा कप्तान विक्रम लामाको हेडर बाहिरियाे । ३६ औं मिनेटमा दिपेश घलेकाे बक्स बाहिरको सशक्त प्रहार क्रस बारमा लागेर बाहिरिदा थ्री स्टारले अग्रता दाेब्बर पार्ने अवसर खेर फाल्याे ।
पहिलो हाफमा गरेको गोलनै थ्री स्टारलाई पर्याप्त भए सँगइ थ्रि स्टार लिगको दोस्रो स्थानमा उक्लिन सफल भएको छ। एपीएफ १ अंक जोड्दै १२ औं स्थानमा झरेको छ।
शनिबारको खेलसँगैं ए डिभिजन लिगको तेस्रो चरणको खेल सकिएको छ । आईतबार कुनै खेल हुने छैनन । जारी लिगमा गत सिजनको च्याम्पियन मनाङ मस्र्याङ्दी शत प्रतिशत जित निकाल्दै ९ अंकका साथ शीर्ष स्थानमा छ । यसैगरी ७ अंक जोडेको थ्रीस्टार दोस्रो स्थानमा रहँदा ६–६ अंक जोडेका मछिन्द्र र त्रिभुवन आर्मी क्रमश तेस्रो र चौथो स्थानमा रहेका छन् ।
You may like
Headline
च्याम्पियन मच्छिन्द्रको ए डिभिजन लिगमा शान्दार अन्त्य
Published
3 years agoon
February 26, 2022By
wesportzशहीद स्मारक ए डिभिजन लिगको अन्तिम र अन्त्यन्तै रोमाञ्चक खेलमा नेपाल एपिएफ क्लबलाई २–१ ले पराजित गर्दै च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले शान्दार अन्त्य गरेको छ ।
दुई खेल अगाडी नै लिग जितेको एपिएफको जितमा १९ बर्षिय अभिषेक गुरुङ र रेजिन सुब्बाले १–१ गोल गरे । प्रदिप लामाले एपिएफलाई खेलमा फर्काउदै बराबरी गोल गरेका थिए । ३५ अंक लिएको मच्छिन्द्रले १२ अंकको अग्रताका साथ लिग उपाधि जित्यो ।
लगातार दोश्रो पटक घरेलु फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जितेको मच्छिन्द्रले ट्रफि सहित ७५ लाख प्राप्त गर्यो । शनिबार नै मनाङ मस्र्याङ्गदी क्लबलाई बराबरीमा रोक्दै दोश्रो भएको त्रिभुवन आर्मी क्लबले ५० लाख पायो भने तेश्रो बनेको न्युरोड टिमले २५ लाख हात पार्यो ।
प्रतियोगिता अवधिभर जम्मा दुई गोल मात्र खाएको मच्छिन्द्रले लिगमा अपराजित रह्यो । ८ बराबरी खेलेको आर्मी अर्को अपराजित टोली रह्यो ।
मच्छिन्द्रले खेलको ४१ औं मिनेटमा अग्रता लिएको थियो । आन्द्रेस नियाले निकालेको थ्रेडिँग पासमा अभिषेक गुरुङ गोलकिपर युया कुरियामा सहित तीन एपिएफ खेलाडीकाको दवाबका बीच कुल फिनिस गर्न सफल भएका थिए ।
एपिएफले ६९ औं मिनेटमा गोल फर्कायो । नविन लामाले निकालेको बलमा प्रदिप लामाले बिशाल श्रेष्ठलाई बिट गर्दै एपिएफको लागि बराबरी गोल गरेका थिए । बिशालले पहिलो खेलपछि अन्तिम खेलमा आएर दोश्रो गोल खाएका हुन् ।
रेजिन सुब्बाले मच्छिन्द्रका लागि बिजयी गोल गरे । नियाँ एक पटक फेरि गोलमा संलग्न रहे । नियाँको थ्रु बलमा रेजिनले अर्को राम्रो फिनिसिँग गर्दै मच्छिन्द्रको उपाधि यात्रालाई शुखद अन्त्य दिएका थिए ।
Headline
ए डिभिजन लिगः आर्मी दोश्रो, मनाङ पाचौं स्थानमा सिमित, एनआरटी तेश्रो
Published
3 years agoon
February 26, 2022By
wesportzअन्तिम पाँच खेलमा निराशाजनक प्रदर्शन गरेको किर्तिमानी ८ पटकको बिजेता मनाङ मस्र्याङ्गदी क्लबलाई बराबरीमा रोक्दै त्रिुभवन आर्मी क्लब शहीद स्मारक ए डिभिजन लिग उपबिजता बनेको छ ।
आर्मी लगातार दुई सिजन उपबिजेता बनेको हो । गत सिजन उपाधिका लागि भएको लिगको अन्तिम खेलमा आर्मी मच्छिन्द्र फुटबल क्लबसँग हारेको थियो । मच्छिन्द्रले लिग उपाधि जितिसक्दा दोश्रो स्थानका लागि प्रतिस्पर्धा तिब्र रहेको थियो । आर्मी त्यसमा बाजी मार्न सफल भयो । खेलको पहिलो हाफको अन्त्यतिर मनाङले अञ्जन बिष्टको गोलमार्फत अग्रता लिएको थियो ।
आर्मीका गोलकिपर बिकेश कुथुले हेडरलाई पूर्ण रुपमा क्लियर गर्न नसकेपछि पाएको रिबाउण्डमा अन्जनले गोललाइन नजिकबाटै गोल गरेका थिए । ७६ औं मिनेटमा सन्तोष तामाङले प्रहार गरेको फ्रि–किकमा मनाङका गोलकिपर अशोक बराल र फ्रेंकलिन क्वेटे टालाबीच समन्वय हुन नसकेपछि आत्मघाती गोल हुन पुगेको थियो ।
आत्मघाती गोल क्वेटेटालाको नाममा रह्यो । लिगको अन्तिम पाँच खेलमा मात्र दुई अंक बटुलेको मनाङ पाचौं स्थानमा रहन पुग्यो । दोश्रो स्थानमा समाप्त गरेपछि आर्मीले ५० लाख नगद पुरस्कार पाउने भएको छ ।
२३ अंक रहेको न्युरोड टिम (एनआरटी) भने तेश्रो स्थानमा रह्यो । शनिबार नै एन्फा कम्प्लेक्समा भएको खेलमा मेसुके ओलेमाउले ह्याट्रिक पुरा गरेपछि एनआरटीले नेपाल पुलिस क्लबमाथि ३–१ को पुनरागमन जित हात पार्यो । पहिलो पटक ए डिभिजन लिग खेलेको सातदोबाटो युथ क्लब भने चौथो स्थानमा रह्यो ।
समान २१ अंक रहेपनि सातदोबाटोले मनाङलाई हेड टु हेड रिजल्टका आधारमा पछि पारेको हो । डेब्यु सिजनमै उत्कृष्ट प्रदर्शन गरेको सातदोबाटोले मनाङलाई पनि स्तब्ध बनाएको थियो ।
Headline
रेलिगेसनमा परेको ब्रिगेडसँग रोक्किएपछि लिगमा छैटौं स्थानमै सिमित भयो थ्रि स्टार
Published
3 years agoon
February 25, 2022By
wesportzरेलिगेट भइसकेको टोली ब्रिगेड बोइज क्लबसँग बराबरीमा रोक्किएपछि थ्रि स्टार क्लबको ए डिभिजन यात्रा निराशाजनक रुपमा टुँगिएको छ ।
एन्फा कम्प्लेक्समा भएको लिगको अन्तिम चरणको खेलमा थ्रि स्टार ब्रिगेडसँग १–१ गोलको बराबरीमा रोक्कियो । खेलको अन्तिम समयमा डोना थापाले गोल गर्दै थ्रि स्टारको हार टारेका थिए । यो परिणामसँगै थ्रि स्टार लिगमा छैटौं स्थानमै सिमित रहन पुग्यो ।
दोश्रो स्थानसम्मको दाबेदारीमा रहेको थ्रि स्टारको लिग टेबलमा यो पछिल्लो केही बर्ष यताकै खराब पोजिसन हो । खेलमा जित हात पारेको खण्डमा उसले तेश्रो स्थानमा सहेको सातदोबाटो युथ क्लबसँग अंक बराबर गर्ने थियो तर हेड टु हेडको आधारमा थ्रि स्टार पछि पर्ने थियो ।
यद्दपि न्युरोड टिम एनआरटी र मनाङ मस्र्याङ्गदी क्लबले भने आ–आफ्नो अन्तिम चरणको खेल खेल्न बाँकी नै रहेको छ । दुवैको समान २० अंक रहेको छ । थ्रि स्टारको १९ अंक रह्यो ।
उपाधि जितिसकेको मच्छिन्द्र फुटबल क्लबको ३२ अंक रहेको छ भने दोश्रो स्थानको त्रिभुवन आर्मी क्लबको २२ अंक छ ।
शुक्रबार नै दशरथ रँगशालामा भएको खेलमा जावलाखेल युथ क्लबले संकटा क्लबलाई पनि १–१ गोलको बराबरीमा रोक्न सफल भयो । सातौं स्थानमा समाप्त गरेको संकटाको १६ अंक भयो भने जावलाखेल १४ अंकका साथ १० औं स्थानमा लिग समाप्त गर्यो ।
एन्फा कम्प्लेक्समा पहिलो हाफ बराबरीमा टुँगिएपछि ब्रिगेडले ५६ औं मिनेट अग्रता लिएको थियो । गोलकिपरबाट आएको लँग किकमा अफसाइड ट्रयाप बिट गर्दै प्रशान्त तामाङले थ्रि स्टार किपर प्रिस्सोलाई बिट गर्दै गोल गरेका थिए । डोनाले अन्तिम समयमा हुलमुलकाबीच गोल गर्दै थ्रि स्टारको इज्जत जोगाएका थिए ।