१३औं दक्षिण एसियाली खेलकुद
सागको सम्पूर्ण तयारी पूरा : मन्त्री विश्वकर्मा

Published
5 years agoon
By
wesportz
युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले मंसिर १५ गतेबाट नेपालमा सुरु हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को सम्पूर्ण तयारी पूरा भएको स्पष्ट पारेका छन् ।
मन्त्री सुनारले १३ औं साग सञ्चालन र तयारीको सबै काम सम्पन्न भैसकेको जनाएका हुन् । मान्त्री सुनारले मंसिर १५ गते सााझ ५ बजे दशरथ रंगशालामा राष्ट्रपतिले सागको समउद्घाटन गर्ने पनि जनाए ।
मन्त्री विश्वकर्माले अहिले देश तथा विदेशबाट सागमा भाग लिन आउने विशिष्ट पाहुना तथा अतिथिहरुलाई स्वागत गर्न आफूहरु व्यग्र प्रतिक्षामा रहेको बताएका छन् । १३ औं साग अन्तर्राष्ट्रिय महत्वको भएकोले नेपाल र नेपालीहरुको लागि पनि यो प्रतिष्ठा र गौरवको विषय भएको उनको भनाई छ । साग खेलका केही खेलहरु हिजोबाटै सुरु भैसकेको पनि उनले जनाए । उनकाअनुसार महिला र पुरुष भलिवलका खेलहरु सुरु भैसकेका छन् । ‘आरम्भका खेलमा महिला भलिबलमा नेपालले विजयी सुरुवात गरेको छ । यो हाम्रो लागि थप शुभसंकेत हो ।’ उनले भने ।
यो पटकको सागमा धेरैभन्दा धेरै पदक जित्नेगरी नेपालले तयारी गरेको सुनाउदै उनले सागमा नतिजा राम्रै आउने विश्वास दिलाए । उनले भने,‘सुरुवाती खेलको विजय सुरुवातबाटै नेपालले धेरै पदक जित्ने संकेत मिलेको छ ।’ उनले सागको उद्घाटन समारोहलाई भव्य र सभ्य बनाउनेगरि सिंगार्ने काम पनि भैरहेको जानकारी दिए ।
उनले उद्घाटन समारोहमा देशका ख्याातिप्राप्त कलाकार, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र विद्यार्थीहरुको विशेष सांस्कृतिक प्रस्तुति हुने स्पष्ट पारे । उनले भने,‘सबै हिसाबले तयारी पुरा भैसकेको छ ।’ सागलाई सफल तुल्याउनको लागि सबै क्षेत्रबाट साथ र सहयोग भएको भन्दै उनले धन्यवाद दिए । सागको समापन यही मंसिर २४ गते हुनेछ । सोही दिन विदेशी पाुहनाहरुलाई विदाई गरिने कार्यक्रम रहेको उनको भनाई छ ।
सागलाई नेपाल भ्रमण वर्ष–२०२० प्रर्वद्धन गर्ने रणनीतिक तयारीको रुपमा पनि लिईएको उनले बताए । मन्त्री विश्वकर्माले भने,‘हामीले सागलाई पर्यटन वर्षको प्रर्वद्धनको रुपमा पनि जोडेर हेरेका छौं ।’ दक्षिण एशियाली राष्ट्र र अन्य देशबाट आउने विदेशी पाहुना, खेलाडी, रेफ्रीहरुलाई नेपालको मौलिक कला, संस्कृतिसाग साक्षात्कार गराईने तयारी रहेको पनि उनले जनाए । उनले भने,‘सागमा आउने पाहुना, खेलाडीहरुलाई नेपालका प्राकृतिक सुन्दरतासाग भौतिक रुपमा साक्षात्कार गराउने तयारी छ ।’
साग प्रतियोगिता आयोजना हुने मुख्य शहरहरु काठमाडौं, पोखरा र जनकपुर आफैंमा ऐतिहाासिक महत्व बोकेका ठाउा भएको सुनाउादै उनले पर्यटन प्रर्वद्धनमा सागले विशेष भूमिका खेल्ने बताए । सागलाई व्यवस्थित् गर्नको लागि स्वयमसेवक पनि ठूलो मात्रामा परिचालन गरिएको र सुरक्षाको राम्रो प्रवन्ध गरिएको पनि उनले स्पष्ट पारे ।
You may like
१३औं दक्षिण एसियाली खेलकुद
ओलम्पिक्सको सबैभन्दा कान्छी खेलाडी जाजाको सुन्नै पर्ने कहानी

Published
4 years agoon
July 24, 2021By
wesportz
गर्मिको मौसम र हेन्ड जाजा १२ बर्षकी भएकै कारण पनि शनिबार उनले गरेको कृयाकलापलाई तपाई रमाइलोको रुपमा लिन सक्नु हुन्छ ।
जाजा एक भ्रमणमा थिइन् । सामान्य समयभन्दा उनी राती ढिलो सुतिरहेकी थिइन् । धेरै साथीहरुसंग घुमिरहेकी थिइन् । अथवा यस्ता मानिसहरुसंग जसको लक्ष्य र रुची एकै थियो ।
उनले आफूलाई सबैभन्दा मन पर्ने खेलमा प्रतिस्पर्धा पनि गरिन्: टेबल टेनिस ।
र यो सबै ओलम्पिक्समा भयो ।
हो । १२ बर्षिय सिरियन फुच्चीले टोकियो ओलम्पिक्समा प्रतिस्पर्धा गरिन् । बाह्र । जाजा जारी ओलम्पिक्सकी सबैभन्दा कान्छी खेलाडी हुन् र बिश्व खेलकुदको महाकुम्भ इतिहासकै सबैभन्दा पाचौं कान्छी ।
१३ बर्ष २ सय ५५ दिनमा नेपाली जलपरी गौरिका सिंह पांच बर्ष अघि ब्राजिलमा भएको रियो ओलम्पिक्समा सबैभन्दा कान्छी सहभागी थिइन् ।
कोभिड -१९ नभएको भए उनी ओलम्पिक्समा सहभागी हुंदा जम्मा ११ बर्षकी हुने थिइन् । जाजा कति बर्षकी भइन् ? उनी २००९ को जनवरी १ मा जन्मिएकी हुन् ।
तपाईसंग के बहाना छ ?
उमेरको तुलनामा अग्ली रहेकी जाजाको लागि टेबल टेनिसको टेबलबाट माथि चिहाउनु पर्ने स्थिति भने थिएन । तर उनले शनिबार सामना गरेको बिपक्षी भने उनी भन्दा तीन गुणा बढी उमेरकी थिइन् ।
जाजाकी बिपक्षी अष्ट्रेलियाकी जिया लिउ ३९ बर्षकी भइसकिन् । उनले आफ्नो छैटौं ओलम्पिक्समा सहभागिता जनाइरहेकी थिइन् ।
यो शताब्दीमा २००४ को एथेन्स ओलम्पिक्स र २००८ को बेइजिंग ओलम्पिक्स हुंदा जाजाको संसारमै अस्तित्व नै थिएन । २०१२ मा लण्डनमा ओलम्पिक्समा हुंदा उनलाई आफनो अस्तित्वको बारे ज्ञान पनि थिएन ।
लिउसंग जाजाको कुनै प्रतिस्पर्धा नै थिएन । लिउले ११-४, ११-९ र ११-५ को सोझो सेटमै जित हात पारिन् । खेलपछि आंशुले भरिएका जाजाका आखा रातो भएपनि उनको हारको चर्चा हुंदैन । कहिल्यै पनि हुने छैन ।
“मैले यो खेल जित्ने आशा गरेको थिए । मैले राम्रो खेल्ने मात्र आशा गरिरहेको थिए,” जाजाले खेलपछि भनिन् ।
एक दिन जाजाले ओलम्पिक्समा उपस्थित हुनु नै पर्याप्त रहेको भन्ने बुझ्ने छिन् । उनले एक दिन अघि सिरियाको झण्डा लिएर ओलम्पिकको उद्घाटन समारोहको परेडमा सहभागी भएकै कारण नै आफू सुत्ने रुटिनलाई बिगारेकी थिइन् । यो राम्रो कारण नै होला, होइन ?
बच्चा भएको कारण प्लेनको यात्राले निम्त्याएको समस्यासंग जुझ्न उनी संघर्ष गर्दै थिइन् । र जाजाको ओलम्पिक्समा सहभागी हुने उत्साहले सिमा नाघिसकेको पनि थियो ।
उनी धेरै रात अनिंदो भएरै बसेकी थिइन् ।
जाजा पांच बर्षको हुंदा देखि नै टेबल टेनिसमा लागेकी थिइन् । उनको दाईओबेदाले स्थानीय प्रतियोगिताको उपाधि जित्दै ट्रफि घरमा ल्याएपछि जाजालाई पनि आफ्नै उपाधि घर ल्याउने इच्छा जागेको थियो ।
टेबल टेनिस जाजाका लागि सिरियाको गृह युद्धबाट मुक्ति र मन भुलाउने माध्यम र एक किसिमको पागलपन नै भएको छ ।
उनको शहर हामा निरन्तरको बमबारीका कारण ध्वस्त भएको थियो । युद्ध र आतंकले परिवार र समुदायलाई नै प्रभावित गर्दा जाजाको लागि टेबल टेनिस सामान्य खेल नभएर आश्रय नै बनेको थियो ।
“हामी चुनौतिपूर्ण परिस्थितीमा बाचिरहेका थियौं । तर हामीले यो परिस्थितीलाई नियन्त्रण गरिरहेकोछौं । जब हामी खेल्न थाल्छौं हामी सबै कुरा बिर्सन्छौं । हामी बिश्व सामु चुनौति दिन सक्छौ भने र नै प्रशिक्षण गरिरहेको छौं । टेबल टेनिसले मलाई सबै कुरा दियो । मलाई बलियो बनायो र आत्मबिश्वास पनि दियो,” जाजा भन्छिन् ।
सिरिया टेबल टेनिसको लागि परिचित देश होइन । जाजाअघि मात्र एक खेलाडी टेबल टेनिसमा छनौट भएको छ । २०२० को शुरुवातमा जाजाले पश्चिम एसियाको छनौट चरणमा ४२ बर्षीया खेलाडीलाई हराए पछि आफ्नो स्थान बनाएको थिइन् ।
उनले एक अतिरिक्त बर्ष आफूलाई तैयार गर्नको लागि खर्चिन् । मेरो प्रदर्शन सुधारिएको छ , उनी भन्छिन् । तर यो सहज भने थिएन ।
उपयुक्त प्रशिक्षण र श्रोत पाउनु दैनिक चुनौति नै थियो । घरबाट बाहिर निक्लन पनि सुरक्षाको आवश्कता पर्ने गर्छ । सिरियामा न आकस्मिक न भविष्य सुरक्षित छ । खेल्नको लागि लगानी निश्चित र भरपर्दो पनि हुने गर्दैन ।
सिरियामा सिंगो देशलाई नै ओलम्पियनहरुको समर्थनमा केही गर्ने भन्दा अन्य धेरै चुनौतिहरु रहने गर्छन् ।
तर जाजाले हार खाइनन् । आफ्नो कथाले प्रभावित गर्न सक्ने बच्चाहरुको लागि केही भन्न चाहनु हुन्छ भन्ने बिषयमा उनलाई प्रश्न गरिएको थियो ।
पछिल्लो पांच बर्ष मैले धेरै कुराहरु अनुभव गरे, बिशेष गरि देशमा युद्ध चल्दै गर्दा । ओलम्पिक्स स्थगित हुंदा र आर्थिक सहयोग पाउन मैले धेरै संघर्ष गर्नु पर्यो । मैले यसको लागि लडाइ नै जित्नु परेको थियो । जति नै गाह्रो भए पनि तपाई आफ्नो लक्ष्यमा पुग्नका लागि लडाई लड्नु भन्ने सन्देश म दिन चाहन्छु , उनले भनिन् ।
जाजाको लक्ष्य ओलम्पिकमा फेरि फर्किएर राम्रो गर्दै बिश्व बिजेता र ओलम्पिक बिजेता बन्नु नै हो ।
“म खेल्न बन्द नै गर्दिन । टेबल टेनिस मेरो जिन्दगी हो । मैले मेरो जीवन नै टेबल टेनिसलाई दिसकेको छु । जुन दिन म प्रशिक्षण गर्दिन म बाट केही कुरा मिस भइरहेको जस्तो महसुस हुन्छ ।”
तर जाजा टेबल टेनिस बाहेक अरु धेरै कुरा पनि हुन् ।
उनी पढ्छिन्, पौडी खेल्छिन्, बास्केट खेल्छिन्, टिभिमा सिरिज हेर्छिन् र आफ्नो परिवारसंग बस्छिन् । उनी आफ्नो स्कुल मन पराउछिन् । आफ्नो भविष्यमा उनी फर्मासिस्ट र वकिल पनि हुन चाहन्छिन् ।
जाजा ओलम्पियक मार्फत सिरिया आर्मीको आक्रमण र बमबारी भएको शहरभन्दा बढी रहेको सन्देश दिएकी छिन् । उनले सिरियाको असली जनसंख्या, परिवार, सपना र अदभुत उपलब्धि हात पार्न सक्ने केटीहरु रहेको स्पष्ट पारेकी छिन् ।
एउटा सानो बच्चाको लागि यो धेरै ठूलो कुरा हो ।
यथार्थ , जाजा जम्मा १२ बर्षकी छिन् र उनले ओलम्पिक्समा प्रतिस्पर्धा गरेकी छिन् ।
जब हारको निराशाले दिएको आशु सुक्नेछ जाजाले टेबल टेनिसको सानो बोर्डबाट नै धेरै पाठ सिकाउन सफल भएको बुझ्नेछिन् ।
१३औं दक्षिण एसियाली खेलकुद
सेरेना विलियम्सले लिइन फ्रेन्च ओपनको चौथो दिनमा नाम फिर्ता

Published
4 years agoon
September 30, 2020By
wesportz
तीन पटक कि च्यामपियन सेरेना विलियम्सले एकिलिसको चोटका कारण फ्रेन्च ओपनबाट आफ्नो नाम फिर्ता लिएकी छिन् ।
३९ वर्षिय सेरेनाले आज राती बुल्गेरियाकी त्वेताना पिरोनकोभासँग आफ्नो दोस्रो चरणको खेल खेल्ने कार्यक्रम रहेको थियो ।
२३ ग्राण्ड स्ल्यामको उपाधी जितेकी सेरेनाले यस् पटकको फ्रेन्च ओपेन जित्दै मार्गरेट कोर्टको कृतिमानी २४ ग्राण्ड स्ल्यामलाई पछि पार्ने दाउमा रहेकी थिइन् ।
“मलाई लाग्छ म चार देखी छ हप्ता मैदान बहिर रहने छु,” सेरेनाले एउटा पत्रकार सम्मेलनमा भनिन् ।
“मलाई हिन्न पनि गार्हो भैरहेको छ । एकिलिस यस्तो चोट हो जुन तपाइँले अहिले चाहानुहुन्न तर यस्तो भन्दैमा म मैदान नफर्किने हैन, म अझ फिट भएर कोर्टमा फर्कन चाहन्छु।”
यस महिनाको सुरुमा युएस ओपनको सेमिफाइनलमा भिक्टोरिया अझारेन्कासँग पराजित भए पछि सेरेनाले आफुलाइ एकिलिसमा समस्या आएको बताएकी थिइन् ।
सोमबार मात्र उनले अमेरिकी खेलाडी कृष्टि अहनलाई ७-६,७-२ र ६-० को सेटमा हराएकी थिइन् । उनले खेल जिते पनि उनलाई चोटले सताएको बताएकी थिइन् ।
सेरेनाले २००२,२०१३ र २०१५ मा फ्रेन्च ओपनको उपाधी जितेकी थिइन् ।
१३औं दक्षिण एसियाली खेलकुद
नेपालमा सम्पन्न सागका तीन पाकिस्तानी खेलाडी डोपिङ्गमा

Published
5 years agoon
May 27, 2020By
wesportz
नेपालमा भएको १३ औ दक्षिण एसियाली खेलकुदमा सहभागी पाकिस्तानी टोलीको तीन खेलाडी डोपिङ्गमा परेका छन् ।
पाकिस्तानी सञ्चार माध्यम जियो न्युजका अनुसार डोपिङ्ग परिक्षणमा पोजिटिभ देखिएकाहरुमा दुई स्वर्ण पदक बिजेता र एक कास्य पदकधारी रहेका छन् । “प्रारम्भिक सुचनाका अनुसार हामी तीनै खेलाडीको नाम निश्चित गर्न सक्छौं तर अहिलेका लागि ती खेलाडीहरुको नाम गोप्य राखिएको छ । अब नियम अनुरुप यस बिषयमा कारवाही अगाडी बढाइनेछ,” एथ्लेटिक्स महासंघका एक पदाधिकारीले उदृत गर्दै जियो न्युजले लेखेको छ ।
प्रतिबन्ध लगाइनुअघि खेलाडीहरुले आफ्नो सफाइ दिन पाउनेछन् । डिसेम्बर १ देखि १० सम्म काठामाडौं, पोखरा र जनकपुरमा भएको दक्षिण एसियाली खेलकुदमा पाकिस्तानले ३२ स्वर्ण, ४१ रजत र ५९ कास्य पदक जितेको थियो ।
पाकिस्तान सागको पदक तालिकामा चौथो स्थानमा रहेको थियो । पहिलो स्थानमा रहेको भारतले १ सय ७४, नेपालले ५१ र श्रीलंकाले ४० स्वर्ण जितेको थियो । नेपालको दक्षिण एसियाली खेलकुदमा सबैभन्दा उत्कृष्ट प्रदर्शन १३ औं संस्करणमा नै रहेको थियो ।

कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित

ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै

केन्या माथि नेपालको कीर्तिमानी जित

साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा

नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय

खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित

नेपालले हरायो केन्यालाई

नेपालका लागि केन्या टुर महत्वपूर्ण

बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि ४० जना बोलाइयो

नयाँ प्रशिक्षक प्रभाकर भन्छन् : पहिलो काम लिग टु

बाना कपका लागि सुदुरपश्चिमको जर्सी सार्वजनिक

यस्ता छन् एन्फा कार्यसमिति बैठकका निर्णयहरू

साफ महिला च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल भुटानसँग भिड्ने

नवौं राष्ट्रिय खेलमा राष्ट्रिय किर्तिमान तथा स्वर्ण पदक विजेतालाई नगद पुरस्कारको व्यवस्था

आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि

नेपालको पोस्टमा भारतको गोलको वर्षा

साफ महिला च्याम्पियनसिप : नेपाललाई सजिलो समूह

लगातार दोस्रो जित निकाल्दा नेपाल फाइनल नजिक

साम्बालाई समेट्दै साफ महिला च्याम्पियनसिपका लागि बन्द प्रशिक्षण सुरु

उर्जन श्रेष्ठ यू १७ टिमको प्रशिक्षक नियुक्त, खेलाडी छनोट प्रक्रिया सुरु

कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित

ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै

केन्या माथि नेपालको कीर्तिमानी जित

साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा

नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय

खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित

नेपालले हरायो केन्यालाई

नेपालका लागि केन्या टुर महत्वपूर्ण

बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि ४० जना बोलाइयो

नयाँ प्रशिक्षक प्रभाकर भन्छन् : पहिलो काम लिग टु

बाना कपका लागि सुदुरपश्चिमको जर्सी सार्वजनिक

यस्ता छन् एन्फा कार्यसमिति बैठकका निर्णयहरू

साफ महिला च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल भुटानसँग भिड्ने

नवौं राष्ट्रिय खेलमा राष्ट्रिय किर्तिमान तथा स्वर्ण पदक विजेतालाई नगद पुरस्कारको व्यवस्था

आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि

नेपालको पोस्टमा भारतको गोलको वर्षा

साफ महिला च्याम्पियनसिप : नेपाललाई सजिलो समूह

लगातार दोस्रो जित निकाल्दा नेपाल फाइनल नजिक

साम्बालाई समेट्दै साफ महिला च्याम्पियनसिपका लागि बन्द प्रशिक्षण सुरु
