World Cup Football
एम्बाप्पेले ६३ वर्ष पुरानो किर्तिमानको बराबरी गर्दा फ्रान्स कतार विश्वकपमा
Published
3 years agoon
By
wesportzकिलियन एम्बाप्पेले चार गोलको प्रहार गर्दा साबिक विजेता फ्रान्सले कजाकिस्तान माथि ८-० गोल अन्तरको फराकिलो जित हात पार्दै सन् २०२२ मा आयोजना हुने कतार विश्वकपको लागि टिकट काटेको छ ।
खेलको पहिलो हाफमा नै आफ्नो पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक पुरा गरेका एम्बाप्पेले दोश्रो हाफको अन्त्यमा गोल गर्दै ६३ वर्ष पुरानो किर्तिमानको बराबरी गरेका हुन् । पिएसजी स्टार एम्बाप्पे फ्रान्सको लागि एकै खेलमा चार गोल गर्ने दोश्रो खेलाडी हुन् । यस अघि सन् १९५८ जुन मा फ्रान्सका जस्ट फोन्टेनले वेस्ट जर्मनी विरुद्ध एकै खेलमा चार गोल गरेका थिए ।
फ्रान्सको जितमा एम्बाप्पे बाहेक करिम बेन्जेमाले दुई तथा एड्रियन राबिओट र एन्टेनियो ग्रिजमनले समान १-१ गोल गरे ।
खेलको छैटौँ मिनेटमा नै गोल गर्दै एम्बाप्पेले फ्रान्सलाई १-० को अग्रता दिलाए । हर्नान्डेजले दिएको पासको सदुपयोग गर्दै एम्बाप्पे साइड भलिमा गोल गरेका हुन् ।
कजाकिस्तानका किपरले बल क्लियर गर्न असमर्थ रहेको अवस्थामा त्यसको फाइदा लिँदै कोमनले एम्बाप्पेलाई बल पास दिए र एम्बाप्पेले पनि त्यसलाई जालीको दिशा दिए ।
खेलको ३२ औं मिनेटमा गोल गर्दै एम्बाप्पेले आफ्नो ह्याट्रिक पुरा गरे । कोमनले लिएको पासलाई आठ यार्डबाट हेड गर्दै एम्बाप्पेले सुन्दर गोल प्रहार गरे । त्यस पछि पहिलो हाफमा कुनै पनि गोल हुन सकेन ।
दोश्रो हाफमा पनि एक पछि अर्को अवसर बुनेको फ्रान्सका लागि ५६ औँ मिनेटमा बेन्जेमाले गोल गरे । त्यसको चार मिनेट पछि नै बेन्जेमाले एम्बाप्पेको पासमा गोल गरे र फ्रान्सलाई ५-० को अग्रता दिलाए ।
त्यस पछि पनि फ्रान्स रोकिएन । ७५ औँ मिनेटमा राबिओटले फ्रान्सको जर्सीमा आफ्नो पहिलो गोल गर्दै ६-० को अग्रता दिलाए । खेलको ८३ औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै ग्रिजमनले गोल गरे । यस अघिका खेलहरुमा फ्रान्सको लागि तीन पेनाल्टीको सदुपयोग गर्न नसके पनि ग्रिजमनले यस पटक भने पाएको मौका खेर फालेनन् ।
खेल सकिन दुई मिनेट अघि एम्बाप्पेले आफ्नो चौथो तथा फ्रान्सको लागि आठौँ गोल गरे ।
You may like
-
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
-
ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै
-
केन्या माथि नेपालको कीर्तिमानी जित
-
साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा
-
नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय
-
खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित
Headline
कतार बिश्वकप ड्रः स्पेन र जर्मनी एकै समुहमा, ब्राजिल र अर्जेन्टिनालाई केही सहज
Published
2 years agoon
April 1, 2022By
wesportzकतार बिश्वकपमा स्पेन र जर्मनी एकै समुहमा परेका छन् । शुक्रबार भएको ड्रमा २०१० र २०१४ का बिश्व बिजेता एकै समुह इ मा परेका हुन् ।
समुह इ मै जापान पनि रहेको छ भने अर्को टोली अन्तर महादेशीय प्लेअफबाट आउन छ । दक्षिण अमेरिकाका दुई महारथी अर्जेन्टिना र ब्राजिललाई भने तुलनात्मक रुपमा केही सहज समुहमा परेका छन् ।
समुह सी मा रहेको अर्जेन्टिनाले साउदी अरेबिया, मेक्सिको र पोल्याण्डको सामना गर्ने भएको छ । यस्तै समुह जीमा ब्राजिलले सर्बिया, स्विट्जरल्याण्ड र क्यामरुनसँग खेल्नेछ ।
डिफेन्डिङ्ग च्याम्पियन फ्रान्सलाई पनि अन्तिम १६ मा प्रवेश गर्ने राम्रो सम्भावना बनेको छ । समुह डी मा फ्रान्ससँगै डेनमार्क, ट्युनिसिया र अन्तर महादेशीय प्लेअफबाट आउने टोली पर्नेछ । यस्तै इंगल्याण्डको समुहमा इरान, अमेरिका र युरोपियन प्लेअफ टोली रहनेछ ।
आयोजक कतारको समुहमा इक्वेडर, सेनेगल र नेदरल्याण्ड्समा रहेका छन् । बेल्जियम रहेको समुह एफमा क्यानडा, मोरक्को र क्रोएसिया छन् । पोर्चुगलले भने समुह एच मा घाना, उरुग्वे र दक्षिण कोरियाको सामना गर्नेछ ।
Headline
पेरुको जितले कोलम्बिया र चिली छनोट चरणबाटै बाहिरिए
Published
2 years agoon
March 30, 2022By
wesportzकोलम्बिया र चिली छनोट चरणबाटै बाहिरिदा पेरुले भने बिश्वकप छनोटका लागि प्ले अफमा स्थान बनाउन सफल भएको छ । दक्षिण अमेरिकी छनोटमा मँगलवार भएको खेलमा पेरुले पाराग्वेलाई २–० ले पराजित गर्यो ।
प्लेअफमा पेरुले अष्ट्रेलिया अथवा युएईसँग खेल्नेछ । अष्ट्रेलिया र युएई एसियाली छनोटमा आ–आफ्नो समुहमा तेश्रो भएपछि एक आपसमा प्लेअफका लागि भिड्ने भएका हुन् ।
ब्राजिल, अर्जेन्टिना, इक्वेडर र उरुग्वे यसअघि नै दक्षिण अमेरिकाबाट बिश्वकपका लागि छनोट भइसकेको अवस्थामा पाचौं स्थानको प्लेअफ स्थानका लागि मात्रै अवसर बाकीँ रहेको थियो । पेरु पराजित भएको खण्डमा कोलम्बिया अथवा चिलीले प्लेअफमा स्थान बनाउन सक्ने अवसर थियो ।
आफ्नो अन्तिम खेलमा कोलम्बियाले भेनेजुएलालाई १–० ले हरायो भने चिली उरुग्वेसँग २–० ले पराजित भएको थियो । अन्तर महादेशीय प्लेअफमा पेरु बिजयी हुने हो भने उ लगातार दोश्रो पटक बिश्वकप खेल्नेछ ।
पछिल्लो पटक पेरु प्लेअफको दुई लेगमा समग्रमा न्युजिल्याण्डलाई २–० ले हराउदै बिश्वकप प्रवेश गर्न सफल भएको थियो । तर अष्ट्रेलिया अथवा युएईको उपस्थितिमा पेरुको लागि बिश्वकप यात्रा कठिन हुने निश्चित छ ।
कोलम्बियाले भने मात्र एक अंकले बिश्वकप प्लेअफमा स्थान गुमाउन पुग्यो । छनोटको मध्य चरणमा पुग्दासम्म कोलम्बिया बिश्वकपका लागि सोझै छनोट हुने बलियो अवस्थामै रहेको थियो । तर उसले लगातार ७ खेलमा गोल गर्न नसक्दा अंक तालिकामा खस्कदै जान पुग्यो ।
चिलीले भने लगातार दोश्रो पटक बिश्वकपमा सहभागिताको मौका गुमाएको हो । उसलाई आफू जित्ने मात्र नभएर पेरु र कोलम्बिया पनि पराजित हुनु पर्ने आवश्यकता रहेको थियो ।
ब्राजिलले भने बोलिभियालाई अन्तिम खेलमा ४–० ले पराजित गर्दै दक्षिण अमेरिकी छनोटमा अंकको नयाँ किर्तिमान कायम गर्यो । १४ जित र तीन बराबरीका साथ ब्राजिलको ४५ अंक रह्यो । यो अर्जेन्टिनाले २००२ मा बिश्वकप छनोट हुँदा बनाएको अंकको किर्तिमान भन्दा दुई अंक बढी हो ।
इक्वेडरसँग १–१ को बराबरी खेल्दै अर्जेन्टिनाले अन्तर्राष्ट्रिय खेलमा आफ्नो अपराजित यात्रालाई ३१ खेलसम्म लम्ब्याएको छ ।
स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले दोश्रो हाफमा पेनाल्टी मार्फत गोल गरेपछि पोल्याण्ड स्विडेनलाई २–० ले हराउदै कतार बिश्वकपका लागि छानिएको छ ।
प्लेअफ फाइनलमा लेवान्डोस्कीले दोश्रो हाफ शुरु भएको पाँच मिनेटमै पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै पोल्याण्डलाई अग्रता दिलाएका थिए । पिटर जिलिन्स्कीले ७२ औं मिनेटमा गोल गर्दै पोलिस जितलाई सुनिश्चित पारेका थिए ।
स्विडिस लेजेण्ड ज्लाटन इब्राहिमोभिच अन्तिम १० मिनेट मैदानमा उत्रिएपनि ४० बर्षिय भेटेरान स्ट्राइकरले नतिजामा कुनै प्रभाव जमाउन सकेनन् । तेश्रो पटक बिश्वकप खेल्ने दाउमा रहेका ज्लाटन निराश भने थिए ।
“हामी सबै जना निराश छौं । हारपछि यो सामान्य हुने गर्छ । सबै जना बिश्वकप खेल्ने सपना बोकेर हिडेको हुन्छन् । तर दुर्भाग्यवश हाम्रो लागि यो पुरा हुन सकेन,” ज्लाटनले भने ।
पोल्याण्डको जितको आधार खडा गर्ने क्रममा युभेन्टस गोलकिपर भोइचेक सेज्नीले स्विडिस प्लेमेकर एमिल फोस्बर्गको दुई प्रहारलाई सुन्दर ढँगले बचाएका थिए । पोल्याण्डले पहिलो हाफमा पूर्ण रुपमा नियन्त्रणमा राख्दा उसको जित सुनिश्चित देखिएको थियो ।
जेस्पर कार्लस्टोर्मले ग्रेगोर्ज क्राइचोविकलाई लडाएपछि पोल्याण्डले दोश्रो हाफको शुरुवातमै पेनाल्टी पाएको थियो । त्यसमा लेवान्डोस्कीले आफ्नो करिअरको ७५ औं अन्तर्राष्ट्रिय करिअर गोल गरे । स्विडिस डिफेन्डर मार्कस ड्यानिल्सन लडेको फाइदा उठाउदै जिलिन्स्कीले स्विडेनलाई बिश्वकप पुर्याएका थिए ।