अन्तर्राष्ट्रिय
क्रिकेटका १० तथ्य जुन झुटो लाग्न सक्छ तर सत्य हुन्
Published
3 years agoon
By
wesportzक्रिकेट विश्वमा चर्चित खेल मध्य एक हो । यो खेल विशेष गरि दक्षिण एसिया अझ बढी चर्चित छ । क्रिकेटमा यस्ता अचम्म अचम्मका तथ्यांक र कीर्तिमानहरू बन्ने गर्दछ जुन हामी धेरै क्रिकेट पक्ष्याउने समर्थकलाई पनि थाहा नहुन सक्छ ।
आज हामी १० यस्ता तथ्यहरूको कुरा गर्दैछौँ जुन तपाईँलाई झुटो लाग्न सक्दछ तर ति सत्य हुन् ।
१. भारती क्रिकेट टोलीका पूर्व कप्तान तथा मास्टर ब्लास्टर सचिन तेन्दुलकरले आफ्नो ब्याटबाट हजारौं रन बनाएका थिए । तर ब्याट्सम्यानका रुपमा चर्चित उनले अन्तर्राष्ट्रिय क्रिकेटमा माल्कोम मार्शल, इम्रान खान, शोएब अख्तर, डेल स्टेन,लान्स क्लुजनर र मिचेल जोनसन जस्ता बलरहरूले भन्दा पनि बढि बलिङ गरेका छन् ।
२. भारतीय क्रिकेट टोलीका पूर्व तीब्र गतिका बलर हुन् अजित अगरकर । तर उनले ब्याटिङका दिग्गज खेलाडीहरू सचिन तेन्दुलकर, सुनिल गभास्कर, रिकी पोन्टिङ,ब्रायन लारा, भिभिएस लक्ष्मण र ज्याक कालिसको जोड्दा जति हुन्छ त्यो भन्दा पनि धेरै शतक लर्ड्समा प्रहार गरेका छन् ।
३. अष्ट्रेलियाका पूर्व विकेट किपर ब्राड हजको नाममा टेस्ट सर्वाधिक अविजित २०३ रनको स्कोर छ र उनले टेस्टमा औसत ५५ दशमलब ८८ छ । तर पनि उनले अष्ट्रेलियाको लागि जम्मा पाँच टेस्ट मात्र खेलेका छन् ।
४. केन्या कुनै समय जायन्ट किलरको नामले प्रसिद्ध थियो । अहिले केन्याको क्रिकेट पुरै खस्किएको भए पनि उसले विश्वकपमा सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो । सन् २००३ मा सम्पन्न विश्वकपमा केन्याले सेमिफाइनलमा भारतको सामना गरेको थियो । जित नजिक पुगे पनि अन्तत केन्या पराजित भयो भने भारतले फाइनलको यात्रा तय गर्यो ।
५. एक ओभरमा छ बल हुन्छ । यो त हामी सबैलाई थाहा नै छ । तर पाकिस्तानका पूर्व तीब्र गतिका बलर मोहम्मद सामीले एक ओभरमा १७ बल गरेका थिए । सन् २००४ मा सम्पन्न बंगलादेश विरुद्धको एसिया कपमा उनले सात वाइड र चार नो बल गरेर कुल १७ बल गरेका थिए ।
६. पछिल्लो डेढ वर्षमा पाकिस्तानका लेग स्पिनर यासिर शाहले भारतीय क्रिकेट टोलीका कप्तान तथा रन मेसिनको नामले चर्चित विराट कोहलीले भन्दा धेरै शतक प्रहार गरेका छन् ।
७. मास्टर ब्लास्टर सचिन तेन्दुलकरले टेस्टमा कुल ५१ वटा शतक प्रहार गरेका छन् । तर दुखको कुरा क्रिकेटको मक्का भनिने लर्ड्समा उनले एउटा पनि शतक प्रहार गर्न सकेनन् ।
८. बिराट कोहली यस्ता क्रिकेट खेलाडी हुन् जसले एक बल पनि नगरी ट्वान्टी ट्वान्टीमा विकेट हात पारेका छन् । कसरी ? सन् २०११ मा इंग्ल्यान्ड विरुद्धको ट्वान्टी ट्वान्टीका क्रममा बिराटले आफ्नो पहिलो ओभरको पहिलो बल गरे । उनको बल वाइड भयो । महेन्द्र सिंह धोनीले ब्याट्सम्यान केभिन पिटरसनलाई स्ताम्पिङ गर्दै आउट गरे । त्यस समय कोहलीको बलिङ ०.०-०-०-१ भयो र कुनै पनि बैध बलिङ बिना उनले विकेट हात पारे ।
९. अष्ट्रेलियाका कप्तान तथा विकेट किपर टिम पेनले भारत विरुद्धको टेस्टका क्रममा खेदो खेनेको विषयले धेरै चर्चा पाएको थियो । तर टेस्टमा पेनले एउटा पनि शतक प्रहार गर्न सकेका छैनन् भने अश्विनले पाँच शतक आफ्नो नाममा लेखाएका छन् ।
१०. विश्व क्रिकेटका सबैभन्दा खतरनाक लेग स्पिनर हुन् शेन वार्न । तर सचिन तेन्दुलकरले एकदिवसीयमा अष्ट्रेलियन बलर वार्न भन्दा धेरै पाँच विकेट हात पारेका छन् ।
You may like
-
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
-
ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै
-
केन्या माथि नेपालको कीर्तिमानी जित
-
साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा
-
नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय
-
खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित
Headline
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
Published
2 years agoon
October 23, 2022By
wesportzविराट कोहलीले अविजित रहँदै अर्धशतकीय पारी खेल्दा अष्ट्रेलियामा जारी ट्वान्टी ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तान माथि चार विकेटको सनसनीपूर्ण जित हात पारेको छ ।
कोहलीले अविजित रहँदै ८२ रन जोड्दा पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर लक्ष्य पार गर्यो ।
ओपनरद्वय केएल राहुल र कप्तान रोहित शर्मा समान ४-४ रन जोड्दै पेभेलियन फर्किए पनि कोहलीले अर्को छोडबाट रन जोड्दै गत विश्वकपमा पाकिस्तानसँगको हारको बदला लिन सफल रहे । ५३ बलको सामना गरेका कोहलीले छ चौका र चार छक्काको मद्धतमा अविजित रहँदै सर्वाधिक ८२ रन जोडेका हुन् ।
सातौँ ओभरमा ३१ रनमा चार विकेट गुमाएर खराब सुरुवात गरेको भारतको जितमा कोहलीले पाँचौं विकेटका लागि ३७ बलमा ४० रन बनाएका हार्दिक पाण्ड्यासँग मिलेर
७८ बलमा ११३ रनको साझेदारी गरे । भारतका अन्य ब्याटरहरुमा सुर्य कुमार यादव १५, अक्सर पटेल दुई, दिनेश कार्तिक एक तथा रविचन्द्रन आश्विन एक रनमा अविजित रहे ।
पाकिस्तानका ह्यारिस रौफ र मोहम्मद नवाज महँगो सावित रहे पनि समान २-२ विकेट तथा नसिम शाहले चार ओभरमा २३ रन दिएर एक बिकेट हात पारे भने शाहिन शाह अफ्रिदीले चार ओभरमा ३४ रन खर्चंदा विकेट बिहिन रहन पुगे ।
यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दा आठ विकेट गुमाएर १५९ रन मात्र जोड्न सक्यो ।
कप्तान बाबर आजम गोल्डेन डकआउट तथा मोहम्मद रिजवान चार रनमा आउट भए पनि तेश्रो र चौथों नम्बरमा ब्याटिङ गर्न आएका शान मसूद र इफ्तिखर अहमदले अर्धशतकीय पारी खेल्दै पाकिस्तानलाई सम्मानजनक योगफल सम्म डोर्याए । अविजित रहेका मसूदले ४२ बलमा सर्वाधिक ५२ तथा अहमदले ३४ बलमा ५१ रन बनाए ।
पाकिस्तानलाई मध्यम स्कोरमा रोक्ने क्रममा अर्शदिप सिंह र हार्दिक पान्ड्याले समान ३-३ विकेट लिए भने मोहम्मद शामी र भुवनेश्वर कुमारले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।
अन्तर्राष्ट्रिय
ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै
Published
2 years agoon
October 23, 2022By
wesportzअष्ट्रेलियामा जारी ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गत चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दै छन् । मेलबर्नमा हुने खेल नेपाली समय अनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ ।
राजनैतिक दबाबका कारण भारत र पाकिस्तान बीच कुनै पनि शृंखला आयोजना हुँदैन । यी दुई टोली एक आपसमा भिड्ने भनेको आईसीसी अथवा एसीसीले आयोजना गर्ने प्रतियोगितामा मात्र हो । त्यसैले गर्दा पनि भारत र पाकिस्तान बीचको खेलमा समग्र क्रिकेट समर्थकहरूको आँखा जाने गरेको छ ।
भारत र पाकिस्तान बीचको पछिल्लो भिडन्त एसिया कपमा भएको थियो । दुई खेल मध्य भारतले एक खेलमा जित निकाल्दा पाकिस्तानले अर्को खेलमा जित निकाल्न सफल भएको थियो । एसिया कपको समुह चरणको खेलमा पाकिस्तान माथि पाँच विकेटको जित निकालेको भारत सुपर ४ मा पाँच विकेटले पराजित हुँदा फाइनल खेल्नबाट बञ्चित भएको थियो ।
यस अघि गत वर्ष अक्टोबरमा युएईमा सम्पन्न भएको ट्वान्टी ट्वान्टी विश्वकपमा भारत पाकिस्तानसँग १० विकेटको फराकिलो हारको सामना गर्न बाध्य भएको थियो । पाकिस्तानसँग पराजित हुँदा भारतको सेमिफाइनल खेल्ने सपना सपनामा नै सीमित हुन पुग्यो ।
भारत र पाकिस्तानको खेल हुने मैदान मेलबर्न क्रिकेट ग्राउण्डमा एक लाख भन्दा बढी समर्थक अट्छ । तर आजको खेलमा मैदानमा गएर खेल हेर्ने समर्थकहरूको आशा निराशामा परिणत हुने प्रबल सम्भावना रहेको छ । मौसम विभागका अनुसार मेलबर्नमा वर्षा बाधक बन्ने सम्भावना धेरै रहेका कारण भारत र पाकिस्तानको खेल प्रभावित हुन सक्ने छ ।
आजको खेलमा जित निकाल्दै दुबै टोली उत्कृष्ट सुरुवात गर्ने सुरमा रहेका छन् । तर वर्षाका कारण दुबै टोली १-१ अंकमा नै सीमित रहने बढी सम्भावना छ ।
Headline
आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि
Published
2 years agoon
August 1, 2022By
wesportzआठ पटकको च्याम्पियन जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक महिला युरो कपको उपाधि चुमेको छ । वेम्ब्लीमा भएको फाइनल खेलमा जर्मनी माथि २-१ गोल अन्तरको जित निकाल्दै इंग्ल्यान्डले पहिलो पटक ठुलो प्रतियोगिताको उपाधि हात पार्न सफल भयो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा दुबै टोलीले १-१ गोल गर्दा खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको २० मिनेटमा सब्सटिच्युटमा आएकी क्लोई केलीले गोल गर्दै ८७ हजार एक सय ९२ दर्शक सामु इङ्ल्यान्डलाई उपाधि दिलाएकी हुन् ।
Absolute scenes! ? pic.twitter.com/EV5Wzvf4U3
— Lionesses (@Lionesses) July 31, 2022
दोश्रो हाफको ६२ औँ मिनेटमा एला टोनीले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिएकी थिइन् भने ७९ औँ मिनेटमा लिना मागलले बराबरी गोल गर्दै जर्मनीलाई खेलमा फर्काउन सफल भइन् ।
इंग्लिस फुटबल पुरुष र महिला कुनै पनि टोलीले जितेको यो पहिलो ठुलो ट्रफी हो । यस अघि ५६ वर्ष अघि इङ्ल्यान्डले वेस्ट जर्मनीलाई पराजित गर्दै सन् १९६६ मा आयोजना भएको विश्वकपको उपाधि जितेको थियो ।