लेख

यस्ता छन् एन्फा कार्यसमिति बैठकका निर्णयहरू

Published

on

अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमिति बैठकले विभिन्न १९ निर्णयहरू गरेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा बिहीबार दिनभर बसेको दोस्रो कार्यसमिति बैठकले विशेष साधारण सभा, नेपाल सुपर लिग, मैत्रीपूर्ण खेल र विभिन्न नियुक्तिहरू लगायत विषयमा निर्णय गरेको छ । यस अघि साउन ५ गते तय भएको कार्यसमिति बैठक हस्ताक्षर विवादका कारण एजेन्डामा नै प्रवेश नगरी स्थगित भएपछि बिहीबार बैठक बसेको हो ।

 

नियुक्ति

कार्यसमिति बैठकले गरेका मुख्य निर्णयहरूमा एन्फाको विशेष साधारणसभा असोज १२ गते गर्ने निर्णय गरेको छ । यस्तै एन्फाको प्रवक्तामा सुरेश शाहलाई नियुक्त गरेको छ ।

एन्फाका पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठलाई मानार्थ अध्यक्ष र किशोर राईलाई वरिष्ठ मानार्थ उपाध्यक्ष नियुक्त गर्ने र आगामी साधारण सभाबाट अनुमोदन गर्ने निर्णय गरेको छ । 

पहिलो बैठकले अन्तराष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा नियुक्त गरेको नविन पाँडेलाई जिम्मेवारी परिवर्तन गर्दै अध्यक्षको सल्लाहकारमा नियुक्त गरिएको छ ।

 

मैत्रीपूर्ण खेल

नेपालले आगामी असोज ११ गते दशरथ रंगशालमा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । बैठकले उक्त खेल खेल्ने निर्णय पारित गर्दै खेलका लागि प्रदिप हुमागाईँलाई राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।

हाल मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी स्वास्थ्य बिदामा रहेकोले हुमागाईँलाई प्रशिक्षक बनाइएको हो ।

 

एनएसएलबारे

बैठकले फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) आयोजनाका लागि सम्झौता खारेज र नवीकरण गर्ने समिति निर्माणसहित लिगका लागि मिति उपलब्ध गराउने सम्म निर्णय गरेको छ ।

एन्फाले दोश्रो संस्करणको एनएसएल आयोजनाका लागि आगामी असोज २३ देखि मंसिर २ गतेसम्मको मित उपलब्ध गराउने भएको छ ।

नेपाल सुपर लिगको बारेमा विगतमा गरिएको त्रुटिपूर्ण सम्झौता खारेज गरि सम्बन्धित पक्षसँग छलफल गर्न एन्फा अध्यक्ष श्री पंकज विक्रम नेम्बाङ्गको संयोजकत्वमा एन्फा उपाध्यक्षद्वय दिपक खतिवडा, कुमार केसी र सदस्यहरु टिकाराम लामा, मनीराज विष्ट, रविन्द्र चन्द र पुरुषोत्तम थापा सदस्य र महासचिव किरण राई सदस्य सचिव रहने गरी ७ सदस्यीय सम्झौता नवीकरण समिति निर्माण गरि सम्झौता नवीकरण गरि २०७९ आश्विन २३ देखि मंसिर २ गतेसम्म एनएसएल सञ्चालनका लागि समय उपलब्ध गर्ने निर्णय गरिएको एन्फाले जनाएको छ । 

 

साफ महिला च्याम्पियनसिप

यस्तै बैठकले आगामी भदौ २१ देखि असोज ३ गतेसम्म काठमाडौंमा हुने साफ महिला च्याम्पियनसिपका लागि बरिष्ठ उपाध्यक्ष विर बहादुर खड्काको संयोजकमा कार्यसमितिका सबै सदस्य रहने गरि गठन गरिएको १८ सदस्यीय मूल आयोजक कमिटीलाई अनुमोदन गर्ने निर्णय गरेको छ ।

महिला साफका लागि अन्य विभिन्न नियुक्तिलाई पनि अनुमोदन गर्ने निर्णय गरेको छ ।

यस्तै खेलका लागि सामान्य प्यारापिटतर्फको ३ सय र भिआइपी तर्फ  ५ सयको टिकट मूल्य निर्धारण गरेको छ ।  यस्तै साफबाट सुझाव भए अनुसार खेल दिउँसो १ बजे र साँझ ५:३० बजे खेलाउने निर्णय समेत गरेको छ ।

राष्ट्रिय महिला लिगको दोस्रो चरण साफ महिला च्याम्पियनसिपछि विराटनगरमा गर्ने निर्णय समेत बैठकले गरेको छ । यस्तै ललित स्मृति यू-१८ फुटबल २०८० को जेठ २९ देखि असार १० गतेसम्म गर्ने निर्णय गरेको छ ।   

 

यस्ता छन् बैठकको निर्णयहरु –

१. यहि भदौ २१ देखि आश्विन ३ गते सम्म काठमाण्डौमा हुने महिला साफ च्याम्पियनसिप सम्बन्धमा छलफल हुदाँ संघका बरिष्ठ उपाध्यक्ष विर बहादुर खड्काको संयोजकमा कार्यसमितिका सबै सदस्य रहने गरि गठन गरिएको १८ सदस्यीय मूल आयोजक कमिटीलाई अनुमोदन गर्ने निर्णय गरियो ।

२. महिला साफ च्याम्पियनसिपका लागि मनोनयन गरिएका राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षक कुमार थापालाई र टिम व्यवस्थापक बिन्द्रा देवान र अन्य टिम अफिसियललाई अनुमोदन गर्ने निर्णय गरियो

३. महिला साफ च्याम्पियनसिपको लोकल जेनरल कोअर्डिनेटरमा विजय घले, भेन्यु म्यानेजरमा रविन्द्र चन्द र सेक्युरिटि अफिसरमा दिनेश व्यन्जनकारलाई र प्रतियोगिताको मार्केटिङ्ग र ब्रोडकास्टिङ्ग सम्बन्धि आवश्यक निर्णय लिन संजिव सिल्पकारलाई मार्केटिङ र ब्रोडकास्टिङ्ग कमिटिको संयोजकमा अनुमोदन गर्ने निर्णय गरियो

४. महिला साफ च्याम्पियनसिपको खेल समय साफबाट सुझाव भए अनुसार दिनको १ बजे र साँझको ५:३० बजे राख्ने निर्णय गरियो । महिला साफ च्याम्पियनसिपको टिकट दर साधारण पाराफिटतर्फ ३०० र भिआइपी पाराफिट तर्फ ५०० तोक्ने निर्णय गरियो ।

५. अखिल नेपाल फुटबल संघका उपाध्यक्ष विराट जंग शाहीको संयोजकत्वमा कार्यसमिति सदस्यहरु अनिल मल्ल र मनिष जोशी सदस्य र महासचिव किरण राई सदस्य सचिव रहने गरि पदपूर्ति समिति गठन गर्ने निर्णय गरियो ।

६. शहिद स्मारक सी डिभिजन लिग छनौट प्रतियोगिता २०७९ आश्विन १ देखि ३० गतेसम्म टिम सहभागिताको आधारमा आयोजना स्थल निर्धारण गर्ने गरि निर्णय पारित गरियो

७. नेपाल सुपर लिगको बारेमा विगतमा गरिएको त्रुटिपूर्ण सम्झौता खारेज गरि सम्बन्धित पक्षसँग छलफल गर्न एन्फा अध्यक्ष श्री पंकज विक्रम नेम्बाङ्गको संयोजकत्वमा एन्फा उपाध्यक्षद्वय दिपक खतिवडा, कुमार केसी र सदस्यहरु टिकाराम लामा, मनीराज विष्ट, रविन्द्र चन्द र पुरुषोत्तम थापा सदस्य र महासचिव किरण राई सदस्य सचिव रहने गरी ७ सदस्यीय सम्झौता नवीकरण समिति निर्माण गरि सम्झौता नवीकरण गरि २०७९ आश्विन २३ देखि मंसिर २ गतेसम्म एनएसएल सञ्चालनका लागि समय उपलब्ध गर्ने निर्णय गरियो ।

८. अखिल नेपाल फुटबल संघको स्वामित्वमा रहेको गाडीहरु (अध्यक्ष चढ्ने फरर्चुनर र बस ) सम्बन्धमा विकास श्रेष्ठ, रविन्द्र चन्द र मनिष जोशी सम्मिलित एक कमिटि बनाइ आवश्यक प्रकृया पुर्याएर लिलामी गरि सो बाट प्राप्त रकम खेलाडी अक्षयकोषमा राख्ने गरि निर्णय पारित गरियो

९. नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीले यहि २०७९ आश्विन ११ गते बंगलादेशको राष्ट्रिय टोलीसँग काठमाण्डौमा मैत्रीपुर्ण खेल खेल्ने निर्णय पारित गरियो ।

१०. बंगलादेशसँगको सो मैत्रीपुर्ण खेलको लागि कार्यवाहक मुख्य प्रशिक्षकका रुपमा प्रदिप हुमागाईलाई मनोनयन गर्ने निर्णय पारित गरियो ।

११. अखिल नेपाल फुटबल संघको विशेष साधारण सभा २०७९ आश्विन १२ गते काठमाण्डौमा सम्पन्न गर्ने निर्णय गरियो ।

१२. राष्ट्रिय महिला लिगको दोस्रो चरणको खेलहरु विराटनगरमा महिला साफ च्याम्पियनसिप पछि सम्पन्न गर्ने निर्णय गरियो ।

१३. ललित स्मृति यू-१८ फुटबल प्रतियोगिता २०८० साल जेठ २९ देखि असार १० गतेसम्म सम्पन्न गर्ने निर्णय गरियो ।

१४. पुरुष, महिला र युथ फुटबल टोलीले देश विदेशका फुटवल प्रतियोगितामा पदक जित्दा अखिल नेपाल फुटबल संघले दिने पुरस्कार सम्बन्धमा एन्फ सचिवालयले एक मापदण्ड तयार गर्न कमिटि बनाइ आवश्यक निर्णय लिने निर्णय पारित गरियो ।

१५. अखिल नेपाल फुटबल संघको मानार्थ अध्यक्षमा नरेन्द्र श्रेष्ठ, वरिष्ठ मानार्थ उपाध्यक्षमा किशोर राइलाई आगामी साधारण सभामा अनुमोदनको लागि पेश गर्ने गरि नियुक्त गर्ने निर्णय गरियो । 

१६. अखिल नेपाल फुटबल संघको प्रवक्तामा सुरेश शाहलाइ नियुक्त गर्ने निर्णय पारित गरियो । 

१७. बहराइनमा हुने एएफसी एशियन कप यु २० छनौट, श्रीलङकामा हुने यु-१७ साफ प्रतियोगिता र भियतनाममा हुने एएफसी एशियन कप यु-१७ छनौटमा भाग लिने निर्णय पारित गरियो ।

 १८. धनकुटा र सुर्खेतमा कम्युनिटि कोचिङ्ग कोर्स सम्पन्न गर्ने निर्णय गरियो । त्यस्तै सेप्टेम्बर २३ देखि २७ सम्म काठमाण्डौमा फिटनेस लेभल १ कोर्स र फिफा एमए रेफ्री कोर्स आयोजना गर्ने निर्णय पारित गरियो ।

१९. अखिल नेपाल फुटबल संघका अन्तराष्ट्रिय विभाग प्रमुख नविन पाण्डेको जिम्मेवारी परिवर्तन गरि एन्फा अध्यक्षज्युको प्रमुख सल्लाहकार नियुक्त गर्ने  

Click to comment

Trending