Headline

अफ्रिका कप अफ नेसन्समा हेर्न लायक ६ खेलाडी

Published

on

अफ्रिकी महादेशको सबैभन्दा ठूलो प्रतियोगिता अफ्रिका कप अफ नेसन्स आइतबारदेखि क्यामरुनमा शुरु हुन गइरहेको छ । सेनेगलले अहिलेसम्म एक पटक पनि उपाधि जित्न नसकेपनि फिफा बरियतामा अफ्रिकाको शिर्ष टोली रहेको कारण उसलाई दाबेदारको रुपमा नै हेरिएको छ ।

तर यहाँ अफ्रिका कप अफ नेसन्सको यो संस्करणमा हेर्न लायक ६ खेलाडीको कुरा हुन गइरहेको छ ।

एरिक म्याक्सिम चुपो–मोटिङ्ग (बायर्न म्युनिख, क्यामरुन)

दुई सुपरस्टार नेमार र किलियन एमबाप्पेको ब्याक अफको रुपमा दुई बर्ष पेरिस सेन्ट जर्माइनमा रहँदा चुपो–मोटिङ्ग नगन्य जस्तै थिए । तर २०२० मा बायर्न म्युनिख आए यता ४४ खेलमा १७ गोल गर्दै उनी उत्कृष्ट खेलाडीको रुपमा बाहिर आइसकेका छन् ।

६ फिट दुई इन्च अग्ला ३२ बर्षिय चुपो–मोटिङ्ग जर्मनीमा जन्मिएका हुन् र इंगलिस प्रिमियर लिग क्लब स्टोक सिटी जानु अघि उनले बुन्डेसलिगामै ह्यामबर्ग र साल्केका लागि खेलेका थिए ।

आफ्नो बुवाको कारण क्यामरुनबाट खेल्न योग्य उनले २०१० र २०१४ को बिश्वकपमा सहभागिता जनाए भने २०१५ र २०१९ मा कप्तानी समेत गरेका थिए । ग्याबोनमा क्यामरुनले २०१७ को उपाधि जित्दा भने उनले साल्केसँगै रहने निर्णय गरेका थिए ।

क्यामरुनले छैटौं पटक उपाधि जित्ने लक्ष्य राख्दा चुपो–मोटिङ्ग टोलीका सबैभन्दा ठूलो नाम हुन् ।

सादियो माने (लिभरपुल, सेनेगल)

बरियतामा शिर्ष स्थानमा रहेको सेनेगलका मुख्य खेलाडी लिभरपुल फर्वार्ड सादियो माने हुन् । २०१९ को बालोन डि ओरमा पनि चौथो स्थान आगटेका पुर्व अफ्रिकी बर्ष फुटबलर माने उच्च लयमा छन् । क्लबका लागि १० गोल गरिसकेका मानेको अनुपस्थिति लिभरपुललाई खड्कने तय नै छ ।

तर अहिले मानेले लिभरपुलभन्दा सेनेगलकै बारे बढी सोच्ने छन् । २०१९ को फाइनलमा अल्जेरियासँग पराजित सेनेगललाई उनी पहिलो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जिताउन चाहन्छन् । एक समयको निकै सानो टोली मानिएको सेनेगल दुई पटकको उपबिजेता हो भने बिश्वकपमा पनि क्वार्टर–फाइनलसम्म खेलिसकेको छ ।

असरफ हकिमी (पिएसजी, मोरक्को)

रियल म्याड्रिड, बोरुसिया डर्टमण्ड र इन्टर मिलानका लागि खेलिसकेका हकिमी २३ बर्षको उमेरमै पिएसजीमा ठूलो खेलाडीहरुको उपस्थितिकाबीच बिशेष प्रभाव जमाइरहेका छन् । उनलाई अहिले संसारकै उत्कृष्ट एट्याकिङ्ग फुल ब्याकको रुपमा लिइने गरिन्छ । त्यसैले उपाधिको अर्को प्रबल दाबेदार मोरक्कोको टिममा उनी हेर्न लायक खेलाडी हुन् ।

गत जुलाईमा ७१ मिलियन डलरमा पिएसजी पुगेका हकिमी सैद्धान्तिक रुपमा डिफेन्डर रहेपनि व्यहारिक रुपमा दायाँ भागबाट रचनात्मक भुमिकाका साथ आक्रमण गर्ने गर्छन् ।

मोरक्कन परिवारबाट म्याड्रिडमा जन्मिएका हकिमी जम्मा १८ बर्षका थिए जब उनले देशको लागि डेब्यु गोल गरे ।

मोहम्मद सलाह (लिभरपुल, इजिप्ट)

नोभेम्बरको बालोन डि ओर अवर्डामा मोहम्मद सलाह सातौं स्थानमा आँउदा धेरैले यो निर्णयको मजाक उडाएका थिए । २९ बर्षिय सलाहभन्दा उत्कृष्ट खेलाडी हाल संसारमा छैनन् भन्ने चर्चा अहिले हरेक कोणबाट जायज सुनिन्छ । उनले गत सिजनको शुरुवादेखि अहिलेसम्म ५४ गोल गरिसकेका छन् ।

एक महिना बाहिरिदा लिभरपुलका व्यवस्थापक योर्गन क्लोपलाई उनको र मानेको अनुपस्थिति खड्किनेछ तर सहला १० करोड इजिप्सियनहरुको आशा र सपनालाई आफ्नो काँधमा बोकेर अघि बढ्नेछन् । किर्तिमानी आठौं पटक उपाधि जित्ने अभियानमा धेरै जसो घरेलु फुटबलमै अभ्यस्त खेलाडी समेटेर बनाइउको इजिप्टको टोलीमा सलाहनै मुख्य र ठूलो नाम हुन् ।

२०१७ को फाइनलमा सलाहको टोली फाइनलमा क्यामरुनमा पराजित भएको थियो भने २०१९ मा आयोजक रहेपनि इजिप्ट अन्तिम १६ मा दक्षिण अफ्रिकासँग हार्न पुगेको थियो ।

रियाद माह्रेज (म्यानचेस्टर सिटी, अल्जेरिया)

अर्का अफ्रिकी बर्ष फुटबलर रियद माह्रेजले २०१९ मा अल्जेरियालाई उपाधिसम्म डोर्याएका थिए । मोरक्कोको उपाधि रक्षा अभियानमा माह्रेज प्रमुख खेलाडीको रुपमा रहने छन् ।

इंगलिस प्रिमियर लिगको रन अवे लिडर म्यानेस्टर सिटीका लागि उच्च फर्ममा रहेका उनले २५ खेलमा १३ गोल गरिसकेका छन् । पेरिसमा जन्मिएका हाल ३० बर्षका माह्रेज आफ्नो बुवाको कारण अल्जेरियाबाट खेल्न योग्य भएका हुन् ।

माह्रेजले २०१४ को बिश्वकपको ठ्याक्कै अघि अल्जेरियाका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । त्यसको केही महिना अघि मात्र उनी लेस्टर प्रिमियर लिग क्लब लेस्टर सिटी पुगेका थिए । बिश्व फुटबलमा सनसनी मच्चाउदै लेस्टरले २०१५ को प्रिमियर लिग उपाधि जित्दा उनी प्रमुख खेलाडी थिए ।

सेबाष्चियन हालर (आयक्स, आइभोरी कोस्ट)

अग्लो कदका २७ बर्षिय सेबाष्चियन हालर यो सिजनको युएफा च्याम्पियन्स लिगका स्टार स्ट्राइकर हुन् । समुह चरणमा उनले डच च्याम्पियन आयाक्सका लागि ६ खेलमा १० गोल गरिसकेका छन् । २०१७ मा पोर्चुगिज सुपरस्टार क्रिष्चियानो रोनाल्डोपछि च्याम्पियन्स लिग इतिहासको समुह चरणका सबै ६ खेलमा गोल गर्ने उनी मात्र दोश्रो खेलाडी हुन् ।

यो सिजन २२ गोल गरिसकेका हालर इंगल्याण्डमा निराशाजनक बसाईलाई अन्त्य गर्दै गत जनवरीमा वेष्ट ह्याम युनाइटेडबाट २७ दशमलव ५ मिलियन डलरमा डच लिग फर्किएका थिए ।

पेरिसमा जन्मिएर हुर्किएका उनले फ्रान्सको अण्डर–२१ टोलीका लागि पनि खेलेका थिए । तर २६ बर्षको उमेरमा राष्ट्रिय टोलीमा डेब्यु गर्ने मौका पाएपछि उनले आफ्नो आमाको देश आइभोरी कोस्ट रोजे ।

Click to comment

Trending