राष्ट्रिय

श्रीलंकाले दियो नेपाललाई ३२३ रनको विशाल लक्ष्य 

Published

on

सदिशा राजापाक्षचामिन्दु विक्रमासिङ्घेले शतकीय पारी खेले पछि यु १९ एसिया कप अन्तर्गत आफ्नो दोश्रो खेलमा नेपाललाई बलियो श्रीलंकाको ३२३ रनको विशाल लक्ष्य दिएको छ । 

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले पुरै ५० ओभर खेल्दै चार विकेटको नोक्सानीमा ३२२ रनको योगफल खडा गर्यो ।

३९ रनको अवस्थामा १७ रन शेवोन ड्यानियलको विकेट लिएर राम्रो सुरुवात गरेको नेपाल त्यस पछि भने सदिशाचामिन्दुको ब्याटिङ अघि निरिह बन्न पुग्यो । श्रीलंकाको तर्फबाट ११९ बलमा सर्वाधिक १३१ रन बनाएका सदिशा र १२६ बलमा १११ रनको पारी खेलेका चामिन्दुले दोश्रो विकेटका लागि २२३ रनको साझेदारी गर्दै श्रीलंकालाई विशाल योगफल तर्फ डोर्याए । त्यस्तै श्रीलंकाका कप्तान दुनिथ वेलालागेलले पनि अविजित रहँदै २४ बलमा ३४ रनको योगदान दिए ।

नेपालका आदिल अन्सारीले सर्वाधिक दुई विकेट लिए भने कप्तान देव खनाल र विवेक यादवले पनि आफ्नो नाममा समान १-१ विकेट दर्ता गराए ।    

आफ्नो पहिलो खेलमा बंगलादेशसँग १५४ रनको फराकिलो हारको सामना गरेको थियो । जितका लागि २९८ रनको विशाल लक्ष्य पछ्याएको नेपालले कुनै पनि समय खेललाई आफ्नो नियन्त्रणमा राख्न सकेन र ४२ दशमलब तीन ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो ।  

 

 

 

Click to comment

Trending