ए डिभिजन लिग

हिमालयन शेर्पालाई नेपाल आइसले प्रायोजन गर्ने

Published

on

नेपाल आइस क्लब हिमालयन शेर्पाको मुख्य प्रायोजक हुने भएको छ । आगामी शुक्रबारबाट सुरु हुन लागेको शहीद स्मारक ए डिभिजन लिगका लागि नेपाल आइसले हिमालयन शेर्पासँग मुख्य प्रायोजकका रुपमा आज काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच सम्झौता गरेको हो ।  

हिमालयन शेर्पाका अध्यक्ष कर्माछिरिङ शेर्पा र नेपाल आइसका बिजिनेस हेड प्रदिप पुडासैनीले सम्झौता पत्रमा हस्ताक्षर गरे । 

सम्झौता अनुसार हिमालयन शेर्पालाई नेपाल आइसले एक वर्षको लागि प्रायोजन गर्नेछ भने हिमालयन शेर्पाले ए डिभिजन लिगमा नेपाल आइस अंकित लोगो भएको जर्सी लगाउने छ । प्रायोजन रकम भने खुलाइएको छैन । 

सम्झौता कार्यक्रममा बिजिनेस हेड पुडासैनीले सामाजिक उत्तरदायित्व र फुटबल विकासका लागि नेपाल आइस हिमालयन शेर्पा क्लबसँग जोडिएको बताए । 

यसै बीच हिमालयन शेर्पा क्लबले स्पोर्ट्स किट्स पार्टनरको रुपमा खेलकुद पोसाक कम्पनी केटीएम सिटीसँग साझेदारी गरेको छ । हिमालयन शेर्पाका कार्यवाहक अध्यक्ष गोम्बु दोर्जे शेर्पा र केटिएम सिटीका प्रमुख कार्यकारी अधिकृत निमा शेर्पाले सम्झौता पत्र आदान प्रदान गरे । सम्झौता अनुसार केटीएम सिटीले हिमालयन शेर्पालाई २५ लाख बराबरको खेलकुद सामग्री उपलब्ध गराउनेछ र ए डिभिजन लिगमा शेर्पाले केटीएम सिटीको जर्सी प्रयोग गर्नेछ । 

हिमालयन शेर्पाले आफ्नो पहिलो खेलमा शनिबार संकटा क्लबको सामना गर्नेछ ।

Click to comment

Trending