राष्ट्रिय

धनगढीलाई उपमेयर कप महिला राष्ट्रिय लिग छनोट कपको उपाधि

Published

on

पेनाल्टी सुटआउटमा ललितपुर महानगरपालिकालाई हराउँदै धनगढी उपमहानगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको उपाधि जितेको छ ।

सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालयमा भएको फाइनलमा ललितपुर महानगरपालिकालाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै धनगढी विजेता बनेको हो । पहिलो हाफमा ३–१ ले पछि परेको अवस्थालाई उल्टाउँदै धनगढीले निर्धारित ९० मिनेटको खेल ३–३ गोलको बराबरीमा सकेर पेनाल्टीमा भाग्यमानी ठहरिएको हो ।

पेनाल्टीमा  धनगढीकी रेबिका पाण्डे, रेखा पौडेल र बिर्सना चौधरीले गोल गर्दा सरस्वती रोकायाको प्रहार ललितपुरकी गोलकिपर अंकिता राईले उत्कृष्ट बचाउ गरेकी थिइन् । ललितपुरकी निर्मला बिकले गोल गर्दा सम्झना लावतीको प्रहार पोस्ट बाहिरिँदा आशा कुँवर र रजनी थोकरको प्रहारलाई धनगढीकी गोलकिपर उषा नाथले रोक्न सफल भएकी थिइन् ।

यस अघि निर्धारित ९० मिनेटको खेलमा दुबै टोलीले ३–३ गोलको बराबरी खेलेको थियो ।  प्रतिस्पर्धात्मक बनेको फाइनलमा सुरुआती दुई गोलको अग्रता जोगाउन नसक्दा ललितपुर उपाधिबाट बञ्चित भएको हो  । खेलको १२ औं मिनेटमा मनिषा सेनले गोल गर्दै ललितपुरलाई सुरुआती अग्रता दिलाएकी थिइन । १६ औं मिनेटमा निर्मला बिकले गोल गरेपछि ललितपुरको अग्रता दोब्बर बनाएको थियो ।

तर, २४ औं मिनेटमा सिमा रावलले गोल गर्दै धनगढीलाई २–१ को अवस्थामा  ३९ औं मिनेटमा रजनी थोकरले गोल गर्दै ललितपुरलाई पहिलो हाफमा ३–१ को मजबुत अवस्थामा पुर्‍याएकी थिइन् ।

पहिलो हाफमा पछि परेपछि दबाब दिएर खेलेको धनगढी दोस्रो हाफमा खेलको लय समात्न सफल भयो ।  ४९ औं मिनेटमा चन्दा भण्डारीले गोल गर्दै धनगढीलाई ३–२ को स्थितिमा आएसँगै ६४ औं मिनेटमा चन्दाले व्यक्तिगत दोस्रो गोल गर्दै धनगढीलाई ३–३ को बराबरीमा ल्याउँदै टोलीलाई हारबाट जोगाइन र पेनाल्टीमा उपाधि उचाल्न सफल भयो ।

उपाधिसँगै धनगढीले नगद पाँच लाख प्राप्त गर्दा उपविजेता ललितपुरले ३ लाख रुपैयाँमा चित्त बुझायो । धनगढी र उपविजेता ललितपुर राष्ट्रिय लिगमा समेत छनोट भएका छन् ।

३१ टोलीले सहभागिता जनाएको छनोट प्रतियोगितामा फेयर प्लेको अवार्ड जानकी गाउँपालिका, कैलालीले हात पार्‍यो । जानकीले नगद ५० हजार रुपैयाँ हात पार्‍यो । यस्तै  प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि कन्काई नगरपालिकाकी दिपा शाहीले नगद ५० हजार रुपैयाँ हात पार्दा उत्कृष्ट गोलकिपर धनगढीकी उसा नाथ, उत्कृष्ट रक्षक ललितपुरकी सृजना सिंह, उत्कृष्ट मिडफिल्डर धनगढीकी सरस्वती रोकाया, फरवार्ड धनगढीकी चन्द्रा भण्डारी तथा प्रशिक्षकको उपाधि रावगेन्द्र कार्कीले हात पारे । उत्कृष्ट सबैले नगद २० हजार रुपैयाँको चेक प्राप्त गरे । 

Click to comment

Trending