Headline

बिश्वकप युरोपियन छनोटः कतारको टिकट काट्न कुन समुहमा कसलाई के चाहिन्छ ?

Published

on

२०२२ कतार बिश्वकपको युरोपियन छनाट अन्तिम चरणतर्फ आइपुग्दा जर्मनी र डेनमार्क क्वालिफाइ भइसकेका छन् । डबल राउण्ड रोबिन लिगपछि प्रत्येक ११ समुहका बिजेताले कतारको टिकट काट्नेछन् भने १० उपबिजेताले प्लेअफमा स्थान बनाउने छन् ।

ती १० बिजेताले युएफा नेसन्स लिगबाट आएका दुई टोलीसँग बाकीँ रहेको तीन स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् । हेरौं युरोपियन छनोटको प्रत्येक समुहका कुन टिमको सम्भावना बढी रहेको छ र छनोटको समिकरणम कायमै रहन के चाहिनेछ ।

समुह ए

सर्बिया र पोर्चुगलले यस समुहमा पहिलो दुई स्थान लिने पक्क छ । सर्बियाको १७ र एक खेल कम खेलेको पोर्चुगलको १६ अंक छ । तर यी दुई टोलीबीच आइतबार हुने खेलले नै बिश्वकप छनोट पुग्ने टिमको निधो गर्नेछ ।

लक्जेम्बर्ग, रिपब्लिक अफ आयरल्याण्ड र अजरबैजान बिश्वकप र प्ले अफ दौडबाट नै बाहिरिसकेका छन् ।

समुह बी

स्विडेन र स्पेनको भाग्य आफ्नै हातमा रहेको छ । दुई जित आवश्यक रहेको दुवै टिमबीचको आइतबार हुने खेलले बिश्वकप पुग्ने टोलीको निर्णय हुनेछ । ग्रिस र स्विेडनलाई पराजित गर्न सके १३ अंक रहेको स्पेन छनोट हुनेछ ।

१५ अंकका साथ शिर्ष स्थानमा रहेको स्विडेनलाई भने मात्र चार अंकले पर्याप्त हुनेछ । स्पेनअघि उसले जर्जियाबिरुद्ध खेल्दैछ । ग्रिस स्पेनसँग नहार्ने र आफूले जर्जियालाई हराउने हो भने स्विडेन बिश्वकप पुग्नेछ ।

समुह सी

इटाली र स्विट्जरल्याण्ड यो समुहबाट शिर्ष दुई स्थानमा रहने पक्का छ । समन १४ अंक रहदा इटाली मात्र गोल अन्तरको आधारमा शिर्ष स्थानमा रहेको छ । शिर्ष स्थानका यी दुवै टोली बिहिवार खेल्दै छन् तर अन्तिम दिनको खेल अघि केही भन्न सकिने अवस्था भने छैन ।

इटालीले घरेलु मैदानमा बिहिवार स्विट्जरल्याण्डलाई हराउने हो भने उसलाई अर्को खेलमा नर्दन आयरल्याण्डबिरुद्ध बराबरी पर्याप्त हुनेछ । एक खेल बढी खेलेको बुल्गेरिया र पुछारमा रहेको लिथवानिया पनि बाहिरिसकेका छन् ।

समुह डी

१२ अंक साथ शिर्ष स्थानमा रहेको फ्रान्सले पुछारमा रहेको काजख्स्तानलाई पराजित गरे उसले बिश्वकपको टिकट काट्नेछ । यही समुहको अर्को खेलमा बोस्निया हर्जगोभिना र फिनल्याण्डबीच बराबरीमात्रै भएपनि फ्रान्सलाई एक अंक पनि पर्याप्त रहनेछ ।

फ्रान्स हार्ने हो भने उसको लागि फिनल्याण्डबिरुद्धको अन्तिम खेल भने महत्वपूर्ण रहनेछ । ९ अंकका साथ युक्रेन दोश्रो स्थानमा रहेको छ तर उसको हातमा एक खेल मात्र छ । व्यवहारिक हिसाबले युक्रेन, फिनल्याण्ड र बोस्निया प्लेअफको दौडमा मात्र छन् ।

समुह इ

यो समुहमा बिश्व नम्बर एक बेल्जियमलाई बाकी रहेका दुई खेलबाट एकले नै बिश्वकप पुर्याउनेछ । बेल्जियमको १६ अंक छ भने गोल अन्तर पनि १७ रहेको छ । आफ्नो अन्तिम दुवै खेल जितेको खण्डमाा ६ खेल खेलको वेल्सको १७ अंक हुनेछ तर उसलाई बिशाल गोल अन्तरको जितहरुको आवश्यकता रहनेछ ।

एक खेल मात्रै हातमा रहेको चेक रिपब्लिकको पनि ११ अंक छ । वेल्सअघि बेल्जियमले कमजोर इस्टोनियाबिरुद्ध खेल्नेछ । व्यहारिक हिसाबमा वेल्स र चेक रिपब्लिकलाई प्लेअफको आशा मात्रै रहेको छ । वेल्सले बेल्जियम बाहेक पछारमा रहेको बेलारुसबिरुद्ध खेल्नेछ भने चेकको अन्तिम खेल इस्टोनियाबिरुद्ध छ ।

यद्दपि शिर्ष दुई बाहिर रहे पनि युएफा नेसन्स लिगमा आफ्नो समुह जितेका कारण वेल्सको प्ले अफ स्थान पक्का छ ।

समुह एफ

डेनमार्क छनोट भइसकेको अवस्थामा यस समहबाट स्कटल्याण्ड र इजरायल मात्रै प्लेअफको समिकरणमा कायम रहेका छन् । दुई खेल बाकी रहेको स्थितिमा स्कटल्याण्डको १७ र इजरायलको १३ अंक रहेको छ ।

स्कटल्याण्डलाई शुक्रबार मात्र एक अंकका साथ पुछारमा रहेको मोल्दोभालाई पराजित गरे प्लेअफ पुग्न पर्याप्त हुनेछ । इजरायलले अर्को खेल अष्ट्रियाबिरुद्ध खेल्दैछ । उक्त खेल बराबरी भए स्कटल्याण्डलाई अन्तिम दुई खेलबाट एक अंक बटुले पुग्नेछ ।

समुह जी

नेदरल्याण्ड्स र नर्वे यो समुहबाट बिश्वकप स्थानका लागि दावेदार हुन् । १९ अंक रहेको नेदरल्याण्ड्स र १७ अंक रहेको नर्वे मंगलवार एक आपसमा भिड्दैछन् । शनिबार नेदरल्याण्ड्सले मोन्टेनेग्रोलाई हराउने र लाट्भियाले नर्वेलाई रोक्ने हो भने डच टोली बिश्वकपका लागि छनोट हुनेछ ।

नर्वेले कमजोर लाट्भिया र नेदरल्याण्ड्स दुवैलाई हराउने हो भने उ बिश्वकपमा पुग्नेछ । यस समुहमा टर्की पनि बिश्वकप स्थानको दावेदारीमा छ । १५ अंक रहेको टर्कीलाई आफ्नो दुवै खेल जित्न आवश्यक छ ।

समुह एच

रुस र क्रोएसिया यो समुहको शिर्ष दुई स्थानमा रहने पक्का छ । बिहिबार रुसले साइप्रसलाई हराउने र क्रोएसिया माल्टासँग बराबरीमा रोक्किने हो भने रुस बिश्वकप पुग्नेछ । तर दुवै पछारमा रहेका टोलीबिरुद्ध शिर्ष स्थानमा रहेका टिम बराबरीमा रोक्किन पनि सम्भव देखिदैन । यस्तो स्थितिमा आइतबार हुने दुई टिमबीचको खेलले नै बिश्वकप पुग्ने टोलीको निर्धारण गर्नेछ ।

समुह आइ

इंगल्याण्ड र पोल्याण्ड दुवै यस समुहबाट बिश्वकप समिकरणमा कायम रहेका छन् । राम्रो गोल अन्तरसँगै २० अंकका साथ शिर्ष स्थानमा रहेको इंगल्याण्डको पलडा भारी रहेको छ ।

इंगल्याण्डले शुक्रबार १५ अंकका साथ तेश्रो स्थानमा रहेको अल्बानियाबिरुद्ध खेल्दैछ र त्यहाँ जित हात पारे उसलाई स्थिति थप सहज बन्नेछ । पोल्याण्डको १७ अंक छ । अन्तिम खेलमा इंगल्याण्डले ८ खेलमा ३१ गोल खादै एक अंक पनि बटुल्न नसकेको सान मारिनोबिरुद्ध खेल्नेछ ।

समुह जे

जर्मनी यसअघि नै छनोट भइसकेका कारण रोमानिया, नर्थ मेसेडोनिया र आर्मेनियाको लागि अब प्लेअफको सम्भावना मात्रै बाकी रहेको छ । रोमानिया १३ अंकका साथ शिर्ष स्थानमा छ भने नर्थ मेसेडोनिया र आर्मेनियाको समान १२ अंक छ । दुई चरणका खेलहरु बाकी रहेका कारण अन्तिम दिनले प्लेअफ पुग्ने टोलीको टुँगो लाग्नेछ ।

Click to comment

Trending