T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : न्युजिल्याण्डसँग पनि नराम्ररी हार्यो भारत, समुह चरणबाटै बाहिरिने खतरा

Published

on

ब्याटरहरु चल्न नसक्दा युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकपको सुपर १२ को आफ्नो दोश्रो खेलमा पनि भारतले लज्जास्पद हारको सामना गर्न पुगेको छ । आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले घुँडा टेकेको भारत आजको खेलमा आठ विकेटले पराजित हुन पुग्यो । आजको खेलमा हारको सामना गर्न बाध्य हुँदा भारत समुह चरणबाट नै बाहिरिने खतरा बढेको छ ।

भारतले १४ वर्ष यता न्युजिल्याण्डलाई कुनै पनि आईसिसि इभेन्टमा हराउन नसक्दा आइतबार अर्को नमिठो हार व्यहोर्यो ।

 सेमीफाइनलमा पुग्ने हो भने आजको खेल जित्नै पर्ने थियो तर आज जित निकाल्न नसक्दा भारतले अबका बाँकी तीन खेल जित्नै पर्ने हुन्छ भने अन्य टोलीको नतिजामा पनि निर्भर रहन पर्ने हुन्छ । आफ्नो पहिलो खेलमा पाकिस्तानसँग नै पराजित भएको न्युजिल्यान्डले आजको जित पछि भने केहि राहत महसुस गरेको छ । दोश्रो खेलमा पहिलो जित निकालेको न्युजिल्यान्डले दुई अंक जोड्न सफल भएको हो । अब भारत र न्युजिल्यान्डले अफगानिस्तान, स्कटल्याण्ड र नामिबियाको सामना गर्नेछन् ।

भारतले दिएको १११ रनको सानो लक्ष्य पक्ष्याएको न्युजिल्यान्डले बल अगाडी दुई विकेट गुमाएर ३३ बल अगावै लक्ष्य पार गर्यो ।

न्युजिल्यान्डको जितमा अर्धशतक बनाउनबाट चुकेका ओपनर डयरेल मिचेलले ३५ बलमा सर्वाधिक ४९ रन तथा अर्का ओपनर मार्टिन गुप्टिल २० रन बनाएर आउट भए भने कप्तान केन विलियमसनले अविजित ३३ रन जोड्दै जित सुनिश्चित गरे ।

भारतका जस्प्रित बुम्राले दुई विकेट हात पारे भने अन्य बलरहरु विकेट बिहिन हुन पुगे ।     

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले पुरै २० ओभर खेले पनि सात विकेट गुमाएर १०७ रन मात्र जोड्न पुग्यो । 

भारत आफ्नो पारीमा कुनै पनि सम्हालिन सकेन । लगातार रुपमा एक पछि अर्को विकेट गुमाउँदा भारत सानो योगफलमा समेटिन पुगेको हो । भारतको तर्फबाट हार्दिक पान्ड्याले सर्वाधिक २३ रन बनाए भने केएल राहुल १८, इशान किशन चार, रोहित शर्मा १४, कप्तान विराट कोहली नौ, ऋषभ पन्त १२ रनमा आउट भए ।

भारतलाई सानो योगफलमा रोक्ने क्रममा ट्रेन्ट बोल्टले सर्वाधिक तीन विकेट लिए भने इश सोढ़ीले पनि आफ्नो नाममा दुई विकेट दर्ता गराए । समान ४-४ ओभर बलिङ गरेका बोल्टले २० रन तथा सोधीले १७ रन मात्र खर्चिए । उनीहरु बाहेक टिम साउथी र एडम मिल्नले पन्नी समान १-१ विकेट आफ्नो नाममा लेखाए ।          

Click to comment

Trending