T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : अफगानिस्तान माथि सनसनीपूर्ण जित निकाल्दा पाकिस्तान सेमीफाइनल नजिक

Published

on

पाकिस्तानले युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गत सुपर १२ को आफ्नो तेश्रो खेलमा अफगानिस्तान माथि पाँच विकेटको सनसनीपूर्ण जित हात पारेको छ । यस जितसँगै लगातार तेश्रो खेलमा जित निकालेको पाकिस्तान सेमीफाइनल नजिक पुगेको छ । पाकिस्तानले यस अघि भारतलाई १० विकेटले तथा न्युजिल्याण्डलाई पाँच विकेटले पराजित गरेको थियो ।

छ बलको अन्तरालमा कप्तान बाबर आजम र शोएब मलिक आउट भए पछि अन्तिम १२ बलमा जितको लागि २४ रन चाहिएको अवस्थामा आसिफ अलीले १९ औँ ओभरमा चार छक्का प्रहार गर्दै १४८ रनको लक्ष्य पक्ष्याएको पाकिस्तानलाई छ बल अगावै पाँच विकेटको जित दिलाएका हुन् ।

पाकिस्तानको जितमा ४७ बलको सामना गरेका कप्तान आजमले सर्वाधिक ५१ रन बनाए । पाकिस्तानले पनि सुरुवात राम्रो गर्न सकेन । ओपनर मोहम्मद रिजवान आठ रन बनाएर मुजिब उर रहमानको शिकार भए पनि कप्तान बाबर आजम र फखार जमानले दोश्रो विकेटका लागि ६३ रनको साझेदारी गर्दै पाकिस्तानको पारी सम्हाले ।

३० रन बनाएका जमान मोहम्मद नाबी र मोहम्मद हफिज पनि १० रनको पारी खेल्दै रशिद खानको बलमा आउट हुँदा पाकिस्तान १४ दशमलब एक ओभरमा तीन विकेटको नोक्सानीमा ९७ रनको अवस्थामा पुग्यो । १९ रन बनाएका शोएब मलिकले कप्तान बाबरसँग मिलेर जित तर्फ लम्काए पनि दुबैको विकेटको पतनसँगै एक समय अफगानिस्तान खेलमा हाबी हुन पुग्यो । तर आसिफ अलीले सात बलमा अविजित २५ रनको पारी खेल्दै अफगानिस्तानको पाकिस्तानलाई पराजित गर्ने सपना चकनाचुर पर्दिए ।

अफगानिस्तानका रशिद खानले सर्वाधिक दुई विकेट हात पारे भने एक मात्र विकेट लिएका मुजिबले किफायती बलिङ गर्दै चार ओभरमा १४ रन मात्र दिए ।

ओपनर हजरतउल्लाह जजाई दोश्रो ओभरमा नै शुन्य रनमा आउट हुँदा अफगानिस्तानले खराब सुरुवात गर्न पुग्यो । त्यस पछि अर्का ओपनर मोहम्मद शाहजाद आठ, रहमानउल्लाह गुर्बाज र अस्गर अफगान समान १०-१०, करिम जन्नत १५ तथा नजिबउल्लाह जद्रान २२ रन बनाएर पेभेलियन फर्कंदा अफगानिस्तान १२ दशमलब पाँच ओभरमा ६ विकेटको नोक्सानीमा ७६ रनको अवस्थामा खुम्चिन पुग्यो ।

 कप्तान मोहम्मद नाबी र गुलबदिन नैबले सातौँ विकेटका लागि अविजित ७१ रनको साझेदारी गर्दै अफगानिस्तानलाई चुनौतिपूर्ण योगफल सम्म पुर्याए । क्रमश २५ र ३२ बलको सामना गरेका नैब र नाबीले समान ३५-३५ रनको पारी खेले ।    

पाकिस्तानका इमाद वासिमले सर्वाधिक दुई विकेट हात पारे भने शाहिन शाह अफ्रिदी, शदाब खान, ह्यरिस रौफ र हसन अलीले पनि समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।  

रशिद बने थोरै खेलमा १०० विकेट लिने बलर  

युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गत सुपर १२ को आफ्नो तेश्रो खेलमा पाकिस्तान विरुद्ध अफगानिस्तानका स्पिनर रशिद खानले नयाँ किर्तिमान बनाएका छन् ।

१४ औ ओभरको पहिलो बलमा १० रन बनाएका मोहम्मद हफिजलाई गुलाबदीन नैबको हातबाट क्याच थमाउँदै रशिदले सबैभन्दा कम खेलमा १०० विकेट लिने बलरको किर्तिमान आफ्नो नाममा लेखाएका हुन् । यस अघि यो किर्तिमान श्रीलंकाका तिब्र गतिका बलर लसिथ मलिंगाको नाममा रहेको थियो । 

रशिदले मात्र ५३ खेलमा आफ्नो १०० विकेट पुरा गरेका हुन् । मलिंगाले भने १०० विकेट लिनका लागि ७६ खेल खेलेका थिए । त्यस्तै तेश्रो स्थानमा रहेका टिम साउथीले ८२ तथा शकिब अल हसनले ८३ खेलमा आफ्नो १०० विकेट पुरा गरेका थिए ।    

Click to comment

Trending