Headline

मुख्य प्रशिक्षक बिनाको साफ फाइनलमा नेपाल र भारतलाई प्रमुख खेलाडीको अनुपस्थितिको घाटा

Published

on

साफ च्याम्पियनसिप इतिहासमा पहिलो पटक फाइनल खेलमा दुवै टोलीको प्रमुख प्रशिक्षक नुहने भएका छन् । शनिबार मालेमा नेपाल र भारत उपाधिका लागि भिड्दा अब्दुल्लाह अल्मुताइरी र इकोर स्टिम्याक दुवै हुने त छैनन् नै सँगै दुवै टोलीलाई महत्वपूर्ण खेलाडीहरुको अभाव हुनेछ ।

आफ्नै नियम मिच्दै दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले नेपालका प्रशिक्षक अब्दुल्लाहलाई फाइनलका लागि प्रतिबन्ध लगाउदै अन्यायपूर्ण व्यवहरा गरेको हो भने भारतीय प्रशिक्षक स्टिम्याकले यसअघि माल्दिभ्सबिरुद्धको खेलमा रेड कार्ड पाएका थिए ।

अब्दुल्लाहलाई दुई फरक फरक खेलमा पहेलो कार्ड पाएको भन्दै फाइनलका लागि प्रतिबन्ध लगाएको हो । साफ नियमावली अनुसार दुई पहेलो कार्डले खेलाडी अर्को खेलमा प्रतिबन्धित हुने भएपनि अफिसियलहरुको हकमा भने यो लागु हुँदैन । अब्दुल्लाहले श्रीलंका र बंगलादेशबिरुद्धको खेलमा पहेलो कार्ड पाएका थिए ।

पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको नेपालका लागि मिडफिल्डर अञ्जन बिष्ट पनि हुने छैनन् । उनले बंगलादेशबिरुद्धको खेलमा प्रतियोगिताको दोश्रो पहेलो कार्ड खाएपछि फाइनल गुमाएका हुन् ।

बंगलादेशसँग बराबरी गर्ने क्रममा अञ्जनले सातौं अन्तर्राष्ट्रिय गोल गरेका थिए

तर प्रमुख खेलाडीहरुको सबैभन्दा ठूलो अभाव भारतलाई नै हुने देखिन्छ । भारतका लागि प्रमुख डिफेन्डर सुभासिस बोस दोहोरो पहेलो कार्डका कारण खेलमा उपस्थिति हुने छैनन् भने मिडफिल्डर ब्रान्डन फर्नान्डेस र फर्वार्ड फारुख चौधरी चोटका कारण बाहिरिएका छन् ।

नेपाल २८ बर्षपछि भारतसँग सिनियर फुटबलमा भिड्न गइरहेको हो । नेपालले पछिल्लो पटक भारतलाई १९९३ को दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा हराएको थियो । त्यही नै नेपालको भारतमाथि अहिलेसम्मको दुई मध्येको एक जित हो ।

नेपालले भारत २३ औं पटक अन्तर्राष्ट्रिय फुटबलमा भिड्न गइरहेका हुन् । २३ मा भारतले १५ पटक जित हात पारेको छ भने पाँच पटक बराबरी भएको छ ।

नेपालले ८ बर्षअघि दशरथ रँगशालामा भएको साफ च्याम्पियनसिपमा २–१ ले जित हात पारे यता अहिलेसम्म भारतलाई हराउन सकेको छैन ।

जारी प्रतियोगिताको लिग चरणमा नेपाल भारतसँग १–० ले पराजित भएको थियो । शुरुवाती दुई खेल बराबरी गरेको भारतले त्यसपछि पुनरागमन गर्दै समुह बिजेताकै रुपमा फाइनल प्रवेश गरेको हो ।

Click to comment

Trending