राष्ट्रिय

नेपाल पहिले ब्याटिङ गर्दै, आज तीन परिवर्तन

Published

on

पपुवा न्यु गिनीसँगको दुई एकदिवसीय खेलको शृंखला अन्तर्गतको दोश्रो तथा अन्तिम खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।

आजको खेलमा नेपालले तीन परिवर्तन गरेको छ । आज शरद भेषवाकर, आरिफ शेख र पवन सर्राफलाई बिश्राम दिँदा बिनोद भण्डारी, करण केसी र सुशन भारीले सुरुवात ११ मा स्थान बनाएका छन् ।

पहिलो खेलमा १३५ रनको सानो लक्ष्य पछ्याएको नेपालले दुई विकेटको सङ्घर्षपूर्ण जित हात पारेको थियो । ८२ रनमा सात विकेट गुमाएर हार तर्फ उन्मुख रहेको नेपाललाई रोहित कुमार पौडेल र सोमपाल कामीले आठौँ विकेटका लागि ५२ रन जोड्दै जित सुनिश्चित गरेका थिए ।  

नेपाल र पपुवा न्यु गिनी यस अघि पाँच पटक एक आपसमा भिड्दा नेपालले दुई पटक जित हात पार्न सकेको थियो भने तीन खेलमा नेपाल पराजित हुन् पुगेको थियो । यस शृंखला अघि नेपालले पछिल्लो पटकको भेटमा पपुवा न्यु गिनीलाई पराजित गरेको थियो । सन् २०१८ मा जिम्बाब्वेमा सम्पन्न विश्वकप छनोट अन्तर्गतको खेलमा  नेपालले पपुवा न्यु गिनीलाई छ विकेटले पाखा लगाएको थियो ।  

नेपाली टोली – ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दिप लामिछाने, सोमपाल कामी, बिक्रम सोब, रोहित कुमार पौडेल, कुशल मल्ल, बिनोद भण्डारी, करण केसी, सुशन भारी

 

 

Click to comment

Trending