अन्तर्राष्ट्रिय

टेस्ट जोगाउन संघर्ष गर्दै भारत 

Published

on

चेतेश्वर पुजारा र रोहित शर्माको शतक तथा कप्तान विराट कोहलीको उत्कृष्ट ब्याटिङमा भारत घरेलु टोली इंग्ल्यान्ड विरुद्धको तेश्रो टेस्ट जोगाउन संघर्ष गर्दैछ ।   

पहिलो पारीमा मात्र ७८ रनले पछि परेको भारतले इंग्ल्यान्डलाई ४३२ रनमा रोक्यो ।  पहिलो पारीको आधारमा ३५४ रनले पछि परेको भारतले तेश्रो दिनको खेलको समाप्तिमा दुई विकेटको नोक्सानीमा २१५ रन बनाएको छ भने अझै पनि इंग्ल्यान्ड भन्दा १३९ रनले पछि रहेको छ ।

ओपनर केएल राहुल मात्र आठ रनमा आउट भएर खराब सुरुवात गरे पनि भारतको लागि चेतेश्वर पुजाराले अविजित ९१, ओपनर रोहित शर्माले ५९ तथा कप्तान बिराट कोहलीले ४५ रन जोड्दै पारी सम्हालेका छन् । 

तेश्रो दिनको खेल आठ विकेटको नोक्सानी ४२३ रनको अवस्थाबाट सुरु गरेको इंग्ल्यान्डले नौ रन जोड्दा आफ्ना बाँकी दुई विकेट पनि गुमायो ।

इंग्ल्यान्डको तर्फबाट कप्तान जो रुटले सर्वाधिक १२१ रन बनाए । रुट बाहेक इंग्ल्यान्डको लागि तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका डाविड मलानले १२८ बलमा ७० तथा ओपनद्वय हसिब हमिद र रोरी बर्न्सले क्रमश १९५ बलमा ६८ तथा १५३ बलमा ६१ रनको योगदान दिए ।  

भारतका मोहम्मद शामीले सर्वाधिक चार विकेट लिए भने मोहम्मद सिराज, रविन्द्र जडेजा र जस्प्रित बुम्राले पनि समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए ।  

पाँच खेलको शृंखलामा भारत १-० ले अघि रहेको छ । पहिलो टेस्ट बराबरीमा सकिएको थियो भने दोश्रो टेस्टमा भारतले इंग्ल्यान्डलाई १५१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।        

 

@wesportzDavid Beckham, former England football captain in Nepali Bhadgaule Topi. ##davidbeckham ##tiktoknepal?? ##trending ##footballnepal⚽️??

♬ original sound – Shutter Psycho

 

Click to comment

Trending