Connect with us

अन्तर्राष्ट्रिय

टेस्ट जोगाउन संघर्ष गर्दै भारत 

wesportz

Published

on

चेतेश्वर पुजारा र रोहित शर्माको शतक तथा कप्तान विराट कोहलीको उत्कृष्ट ब्याटिङमा भारत घरेलु टोली इंग्ल्यान्ड विरुद्धको तेश्रो टेस्ट जोगाउन संघर्ष गर्दैछ ।   

पहिलो पारीमा मात्र ७८ रनले पछि परेको भारतले इंग्ल्यान्डलाई ४३२ रनमा रोक्यो ।  पहिलो पारीको आधारमा ३५४ रनले पछि परेको भारतले तेश्रो दिनको खेलको समाप्तिमा दुई विकेटको नोक्सानीमा २१५ रन बनाएको छ भने अझै पनि इंग्ल्यान्ड भन्दा १३९ रनले पछि रहेको छ ।

ओपनर केएल राहुल मात्र आठ रनमा आउट भएर खराब सुरुवात गरे पनि भारतको लागि चेतेश्वर पुजाराले अविजित ९१, ओपनर रोहित शर्माले ५९ तथा कप्तान बिराट कोहलीले ४५ रन जोड्दै पारी सम्हालेका छन् । 

तेश्रो दिनको खेल आठ विकेटको नोक्सानी ४२३ रनको अवस्थाबाट सुरु गरेको इंग्ल्यान्डले नौ रन जोड्दा आफ्ना बाँकी दुई विकेट पनि गुमायो ।

इंग्ल्यान्डको तर्फबाट कप्तान जो रुटले सर्वाधिक १२१ रन बनाए । रुट बाहेक इंग्ल्यान्डको लागि तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका डाविड मलानले १२८ बलमा ७० तथा ओपनद्वय हसिब हमिद र रोरी बर्न्सले क्रमश १९५ बलमा ६८ तथा १५३ बलमा ६१ रनको योगदान दिए ।  

भारतका मोहम्मद शामीले सर्वाधिक चार विकेट लिए भने मोहम्मद सिराज, रविन्द्र जडेजा र जस्प्रित बुम्राले पनि समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए ।  

पाँच खेलको शृंखलामा भारत १-० ले अघि रहेको छ । पहिलो टेस्ट बराबरीमा सकिएको थियो भने दोश्रो टेस्टमा भारतले इंग्ल्यान्डलाई १५१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।        

 

@wesportzDavid Beckham, former England football captain in Nepali Bhadgaule Topi. ##davidbeckham ##tiktoknepal🇳🇵 ##trending ##footballnepal⚽️🇳🇵

♬ original sound – Shutter Psycho

 

Headline

बार्सिलोना ५६ बर्षपछि पहिलो पटक लगातार चार एल क्लासिकोमा पराजित

wesportz

Published

on

सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोनालाई २–१ ले पराजित गर्दै रियल म्याड्रिडले आफ्नो निकटतम प्रतिद्वन्दी र उसको प्रशिक्षक रोनाल्ड कोमनमाथि थप दवाब बनाएको छ ।

क्याम्प नोउमा डेभिड आलाबाको उत्कृष्ट गोलमार्फत ३२ औं मिनेटमा अग्रता पाएको रियलको जितलाई लुकास भास्केजले दोश्रो हाफको इन्जुरी समयको तेश्रो मिनेटमा सुनिश्चित पारेका थिए ।

सर्जियो अगुएरोले खेल सकिन केही सेकेण्ड मात्र बाँकी हुँदा बार्साका लागि एक गोल फर्काएका थिए । उनले बार्साको लागि पहिलो गोल गरेका हुन् ।

सांघुरो हारमा पनि बार्सिलोनाको अवस्था नाजुक बन्ने निश्चितप्राय भने छ । बार्साले १९६५ पछि पहिलो पटक लगातार चार वटा एल क्लासिकोमा पराजय व्यहोरेको हो ।

रियल २० अंकका साथ पहिलो स्थानमा उक्लदा बार्सिलोना भने नवौं स्थानमा झरेको छ । यद्दपि यो सिजन शिर्ष स्थानमा निकै तिब्र प्रतिस्पर्धा हुँदा रियल, सेभिया र रियल सोसिडाडको समान २० अंक रहेको छ । बार्सिलोना मात्र ५ अंक पछाडी छ ।

गत साता ला लिगामा भ्यालेन्सिया र च्याम्पियन्स लिगमा डाइनामो किभलाई हराउदै पुनरागमन गरेको कोमनका लागि यो अर्को झड्का हो । यसले उनको भविष्यलाई पनि अन्धकारमा पार्ने डर कायम रहनेछ ।

६५ बर्षमा पहिलो पटक ६ खेलाडी २२ बर्ष भन्दा कमका रहे भने १७ बर्षिय बार्सिलोना मिडफिल्डर गाभी झण्डै एक शताब्दीमा क्लबका लागि एल क्लासिकोमा शुरुवात गर्ने सबैभन्दा कान्छा खेलाडी बने ।

Continue Reading

T20 World Cup 2021

पाकिस्तानले पहिलो पटक बिश्वकपमा भारतलाई घुँडा टेकायो

wesportz

Published

on

बाबर आजम र मोहम्मद रिजवानको अर्धशतक तथा शाहिन शाह अफ्रिदीको घातक बलिङमा पाकिस्तानले पहिलो पटक विश्वकपमा चिरप्रतिद्वन्द्वी भारतलाई घुँडा टेकाएको छ ।

यस अघि एकदिवसीय विश्वकपमा सात तथा ट्वान्टी ट्वान्टी विश्वकपमा पाँच पटक जित निकाल्न नसकेको पाकिस्तानले युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा भारत माथि १० विकेटको सानदार जित निकाल्दै इतिहास रचेको छ ।

जितका लागि १५२ रनको लक्ष्य पक्ष्याएको पाकिस्तानले १७ दशमलब पाँच ओभर खेल्दै कुनै पनि विकेट नगुमाई लक्ष्य पार गर्यो ।

पाकिस्तानको जितमा ओपनिङमा आएका कप्तान आजम र विकेट किपर ब्याटर रिजवानले अविजित रहँदै क्रमश ५२ बलमा ६८ तथा ५५ बलमा ७८ रनको पारी खेले ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले खराब सुरुवातका बाबजुद पुरै २० ओभर खेल्दै सात विकेटको नोक्सानीमा १५१ रन मात्र बनाउन सक्यो । 

पहिलो ओभरको चौथो बलमा ओपनर रोहित शर्मा एलबिडब्लुको धरापमा पर्दा गोल्डेन डकआउट भए भने  तेश्रो ओभरको पहिलो बलमा आठ बलमा तीन रन बनाएका अर्का ओपनर केएल राहुल पनि बोल्ड आउट हुन पुगे । दुबै जनाको विकेट शाहिन शाह अफ्रिदीको शिकार बने ।

चौथो नम्बरमा ब्याटिङ गर्न आएका सुर्य कुमार यादवले पन्नी ११ रन भन्दा जोड्न सकेनन् । विकेट किपर ब्याट्सम्यान ऋषभ पन्तले सुरुवात सुस्त गरे पनि आक्रामक पारी खेल्दै समान २-२ चौका र छक्काको मद्दतमा ३० बलमा ३९ रन बनाएर शदाब खानको बलमा आउट हुन पुगे । ३१ रनमा तीन विकेट गुमाएको भारतको लागि पन्तले कप्तान कोहलीसँग ५३ रनको साझेदारी गर्दै पारी सम्हाले । 

एक छोडबाट भारतले लगातार विकेट गुमाए पनि कप्तान कोहलीले सम्हालिदै आफ्नो अर्धशतक पुरा गरे । ४९ बलको सामना गरेका कोहलीले पाँच चौका र एक छक्काको मद्दतमा सर्वाधिक ५७ रन बनाए र उनी पनि अफ्रिदीको नै शिकार हुन पुगे ।

भारतका अन्य ब्याट्सम्यानहरुमा रविन्द्र जडेजा १३ तथा हार्दिक पान्ड्या ११ रनमा आउट भए भने र भुवनेश्वर कुमार पाँच रनमा अविजित रहे ।

भारतलाई मध्यम स्कोरमा रोक्ने क्रममा शाहिन शाह अफ्रिदीले चार ओभरमा ३६ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए भने हसन अलिले पनि आफ्नो नाममा दुई विकेट दर्ता गराए ।

@wesportzपाकिस्तानले इतिहास रच्दा भारतले १० विकेटको लज्जास्पद हारको सामना गरेको छ ##indiavspakistan ##pakistanwinagainstindia ##t20worldcup2020♬ original sound – wesportz.com

Continue Reading

Headline

सलाहको ह्याट्रिकमा युनाइेटडले ओल्ड ट्राफोर्डमै लिभपुलसँग पाँच खायो

wesportz

Published

on

मोहम्मद सलाहले आफ्नो उच्च प्रदर्शन कायम राख्दै ह्याट्रिक पुरा गरेपछि लिभरपुलले सशक्त प्रदर्शन गर्दै म्यानचेस्टर युनाइटेडलाई उसकै घरमा ५–० को लज्जास्पद हार चखाएको छ ।

ओल्ड ट्राफोर्डमा नीरिह साबित भएको युनाइटेड पहिलो हाफमै चार गोलले पछि परेको थियो । यो सिजन आफ्नो लगातार १० औं खेलमा गोल गरेका सलाहले ५० औं मिनेटमा आफ्नो ह्याट्रिक पुरा गरेका थिए ।

दुई मिनेटपछि नै क्रिष्चियानो रोनाल्डोको गोललाई भिडियो असिस्टेन्ट रेफ्रिले अमान्य घोषित गरेका थिए । ६० औं मिनेटमा पउल पोग्बा रेड कार्ड खादै बाहिरिएपछि युनाइटेडको समस्य अझै बढेको थियो ।

सलाहले यो प्रिमियर लिग सिजन ९ खेलबाट १० गोल गरिसकेका छन् । उनले खेलमा एक असिस्ट पनि दिएका थिए । सलाहको पासमा नाबी किटाले पाचौं मिनेटमै लिभरपुललाई अग्रता दिलाए । त्यसपछि १४ औं मिनेटमा ट्रेन्ट एलेक्जेण्डर आर्नोल्डको क्रसमा डियोगो जोटाले गोल लाइन नजिकैबाट गोल गरे ।

सलाहले किटाको पासमा ३८ औं मिनेटमा लिभरपुलका लागि तेश्रो गोल गरे । उनले इन्जुरी समयको पाचौं मिनेटमा डियोगो जोटाको पासमा आफ्नो दोश्रो गोल गरे ।

सलाहले आफ्नो पछिल्लो दुई खेलमा पाँच गोल गरेका छन् । उनले यसअघि एट्लेटिको म्याड्रिडबिरुद्ध च्याम्पियन्स लिगमा दुई गोल गर्दा लिभरपुल ३–२ ले बिजयी भएको थियो ।

अंक तालिकामा लिभरपुल २१ अंकका साथ दोश्रो स्थानमा उक्लिएको छ भने पहिलो स्थानको चेल्सीको २२ अंक छ । नवौं चरणको खेलहरु समाप्त हुँदा म्यानचेस्टर सिटीको २० अंक छ । युनाइटेड १४ अंक सहित सातौं स्थानमा छ ।

Continue Reading
Headline2 hours ago

अण्डर–२३ एसियन कप क्वालिफायर्सः नेपाल इरानसँग ४–० ले पराजित

Headline9 hours ago

अण्डर–२३ एसियन कप क्वालिफायर्सः बलियो इरानको सामना गर्दै नेपाल

Headline21 hours ago

बार्सिलोना ५६ बर्षपछि पहिलो पटक लगातार चार एल क्लासिकोमा पराजित

T20 World Cup 202122 hours ago

पाकिस्तानले पहिलो पटक बिश्वकपमा भारतलाई घुँडा टेकायो

Headline22 hours ago

सलाहको ह्याट्रिकमा युनाइेटडले ओल्ड ट्राफोर्डमै लिभपुलसँग पाँच खायो

Headline23 hours ago

लिभरपुलबिरुद्ध युनाइटेड पहिलो हाफमा ओल्ड ट्राफोर्डमै ४–० ले पछाडी

T20 World Cup 202123 hours ago

ट्वान्टी ट्वान्टी विश्वकप : कोहलीको अर्धशतकमा पाकिस्तानलाई १५२ रनको मध्यम लक्ष्य

T20 World Cup 20211 day ago

ट्वान्टी ट्वान्टी विश्वकप – असलंका र राजापक्षाको अर्धशतकमा बंगलादेश माथि श्रीलंकाको सहज जित 

Headline1 day ago

‘फलन जायन्ट्स’ को एल क्लासिकोमा बर्तमान र भविष्य पस्कदै बार्सा र रियल

Headline1 day ago

ट्वान्टी ट्वान्टी विश्वकपमा भारत र पाकिस्तान बीचका चर्चित भिडन्तहरु

Headline10 months ago

१० फुटबलर जसले बार्सिलोना जान मानेनन्

Headline1 year ago

धेरै ऋणको भारी बोकेका पाँच युरोपेली क्लबहरु

Headline1 year ago

ब्राजिलले पाएको अहिलेसम्मकै उत्कृष्ट १० फुटबलर

Headline1 year ago

सात महादेशका सात उत्कृष्ट खेलाडीहरु

Headline1 year ago

सिटीको यस्तो आकर्षक प्रस्ताव जसलाई मेस्सीले नाई भन्नै सक्दैनन्

Headline1 year ago

ट्रान्सफर मार्फत सर्वाधिक कमाउने ५ खेलाडी

Headline9 months ago

फुटबलमा थापिएका ५ अचम्मका बाजीहरु

Headline6 months ago

किरणले नियन्त्रण गुमाए, पेनाल्टी दिए, पेनाल्टी बचाए

Headline1 year ago

कुनै समयका महँगा ब्राजिलियन स्टारको तलब अहिले महिनाको २ सय ५० डलर

Headline1 year ago

हाम्रो सम्पर्कमा आउनुअघि नै नेपाली फुटबल भ्रष्ट भइसकेको थियोः कुख्यात म्याच फिक्सर

Trending

error: Content is protected !!