अन्तर्राष्ट्रिय

इंग्लिस बलर सामु निरिह भारत, पहिलो पारीमा मात्र ७८ रनमा अलआउट 

Published

on

इंग्ल्यान्डका बलरहरु सामू भारतीय ब्याट्सम्यानहरु निरिह हुँदा भारतले आफ्नो पहिलो पारीमा मात्र ७८ रन बनाएर अलआउट हुन पुगेको छ ।

खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको भारतले मात्र ४० दशमलब चार ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर ७८ बनाएको हो ।

भारतको तर्फबाट ओपनर रोहित शर्माले सर्वाधिक १९ तथा अजिंक्य रहानेले १८ रन बनाए भने बाँकी कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

ओपनर केएल राहुललाई शून्यमा गुमाएर निकै खराब सुरुवात गरेको भारतका चेतेश्वर पुजारा एक, कप्तान विराट कोहली सात, विकेट किपर ब्याट्सम्यान रिशब पन्त दुई तथा रविन्द्र जडेजा चार रनमा आउट भए । मोहम्मद शामीजस्प्रित बुम्रा गोल्डेन डकआउट भए भने मोहम्मद सिराजले तीन रन जोड्दा इशान्त शर्मा आठ रनमा अविजित रहे ।

भारतलाई सस्तोमा रोक्ने क्रममा जेम्स एन्डरसन र क्रेग ओभरटनले समान ३-३ तथा ओली राबीनसन र साम कर्रणले समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए । जेम्स एन्डरसनले घातक बलिङ गर्दै आठ ओभरमा पाँच मेडन ओभर सहित मात्र छ रन खर्चिएर सुरुवाती तीन विकेट लिएका हुन् भने ओभरटनले १० दशमलब चार ओभरमा १४ रन मात्र दिए ।

पाँच खेलको शृंखलामा भारत १-० ले अघि रहेको छ । पहिलो टेस्ट बराबरीमा सकिएको थियो भने दोश्रो टेस्टमा भारतले इंग्ल्यान्डलाई १५१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।          

 

Click to comment

Trending