राष्ट्रिय

साफ च्याम्पियनसिपको खेल तालिका परिमार्जित

Published

on

आयोजक राष्ट्र माल्दिभ्सले आगामी महिना आयोजना हुने साफ च्याम्पियनसिपको खेल तालिका परिमार्जित गरेको छ । यस अघि असोज १५ देखि २७ गते सम्म आयोजना हुने भनिएको प्रतियोगिता अब असोज १५ देखि ३० गते सम्म माल्दिभ्सको राजधानी मालेमा आयोजना हुने भएको हो।   

नेपालले आफ्नो पहिलो खेलमा नेपालले आयोजक राष्ट्र माल्दिभ्सको सामना गर्नेछ । आज सार्वजनिक भएको नयाँ खेल तालिका अनुसार असोज १५ गतेबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र माल्दिभ्स भिड्न लागेका हुन् ।

पाँच राष्ट्रको मात्र सहभागिता रहेका कारण यस पटक समुह चरणमा राउन्ड रोबिन ढाँचामा प्रतियोगिता खेलाइने छ । पाकिस्तान फिफाको प्रतिबन्धका कारण र भुटानले कोरोनाका कारण साफमा सहभागिता नजनाउने भएका हुन् ।

नेपालले आफ्नो दोश्रो खेलमा असोज १८ गते श्रीलंकाको सामना गर्नेछ भने आफ्नो तेश्रो खेलमा असोज २४ गते भारतसँग भिड्ने छ । त्यस्तै समुह चरणको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशसँग असोज २७ गते प्रतिस्पर्धा गर्नेछ ।        

समुह चरणमा पहिलो र दोश्रो स्थान हात पार्ने टोलीले उपाधिको लागि असोज ३० गते खेल्ने छन् । 

भारत साफमा सबैभन्दा धेरै पटक उपाधि जित्ने टोली हो । उसले हाल सम्म सात पटक साफ च्याम्पियनसिपको उपाधि चुमेको छ भने आयोजक माल्दिभ्स साबिक विजेता हो ।

साफको लागि नेपाली टोलीले हाल पोखरामा आफ्नो तयारी गर्दैछ । साफ च्याम्पियनसिप कै तयारी स्वरुप  नेपालले भदौ १७ र २० मा भारतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल पनि खेल्ने छ । 

२८ सदस्यीय टोली :
किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, अर्पण कार्की, सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज ठकुरी, सुमन लामा, कमल थापा मगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, आशिष लामा, अभिषेक रिजाल, शिशिर लेखी

@wesportzIf we win SAF Championship credit to be given to players and if we loose it it’s my mistake – Abdullah Almutairi♬ original sound – wesportz.com

 

 

Click to comment

Trending