राष्ट्रिय
साफ च्याम्पियनसिपको खेल तालिका परिमार्जित
Published
3 years agoon
By
wesportzआयोजक राष्ट्र माल्दिभ्सले आगामी महिना आयोजना हुने साफ च्याम्पियनसिपको खेल तालिका परिमार्जित गरेको छ । यस अघि असोज १५ देखि २७ गते सम्म आयोजना हुने भनिएको प्रतियोगिता अब असोज १५ देखि ३० गते सम्म माल्दिभ्सको राजधानी मालेमा आयोजना हुने भएको हो।
नेपालले आफ्नो पहिलो खेलमा नेपालले आयोजक राष्ट्र माल्दिभ्सको सामना गर्नेछ । आज सार्वजनिक भएको नयाँ खेल तालिका अनुसार असोज १५ गतेबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र माल्दिभ्स भिड्न लागेका हुन् ।
पाँच राष्ट्रको मात्र सहभागिता रहेका कारण यस पटक समुह चरणमा राउन्ड रोबिन ढाँचामा प्रतियोगिता खेलाइने छ । पाकिस्तान फिफाको प्रतिबन्धका कारण र भुटानले कोरोनाका कारण साफमा सहभागिता नजनाउने भएका हुन् ।
नेपालले आफ्नो दोश्रो खेलमा असोज १८ गते श्रीलंकाको सामना गर्नेछ भने आफ्नो तेश्रो खेलमा असोज २४ गते भारतसँग भिड्ने छ । त्यस्तै समुह चरणको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशसँग असोज २७ गते प्रतिस्पर्धा गर्नेछ ।
समुह चरणमा पहिलो र दोश्रो स्थान हात पार्ने टोलीले उपाधिको लागि असोज ३० गते खेल्ने छन् ।
भारत साफमा सबैभन्दा धेरै पटक उपाधि जित्ने टोली हो । उसले हाल सम्म सात पटक साफ च्याम्पियनसिपको उपाधि चुमेको छ भने आयोजक माल्दिभ्स साबिक विजेता हो ।
साफको लागि नेपाली टोलीले हाल पोखरामा आफ्नो तयारी गर्दैछ । साफ च्याम्पियनसिप कै तयारी स्वरुप नेपालले भदौ १७ र २० मा भारतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल पनि खेल्ने छ ।
२८ सदस्यीय टोली :
किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, अर्पण कार्की, सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज ठकुरी, सुमन लामा, कमल थापा मगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, आशिष लामा, अभिषेक रिजाल, शिशिर लेखी
@wesportzIf we win SAF Championship credit to be given to players and if we loose it it’s my mistake – Abdullah Almutairi♬ original sound – wesportz.com
You may like
-
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
-
ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै
-
केन्या माथि नेपालको कीर्तिमानी जित
-
साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा
-
नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय
-
खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । फाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंकजोडेर शीर्ष स्थानमा छ ।
नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । सेमिफाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंक जोडेर शीर्ष स्थानमा छ । नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।
Headline
साफ महिला च्याम्पियनसिप : नेपाललाई सजिलो समूह
Published
2 years agoon
July 30, 2022By
wesportzआगामी भदौ २१ देखि असोज ३ गते सम्म घरेलु मैदानमा नै आयोजना हुने साफ महिला च्याम्पियनसिपमा नेपाल सजिलो समूहमा परेको छ ।
दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले सार्वजनिक गरेको ड्र अनुसार नेपालसँगै श्रीलंका र भुटान समूह बी मा रहेका छ । यस्तै साविक विजेता भारत सहित बंगलादेश, पाकिस्तान र माल्दिभ्स समूह ए मा छ ।
नेपालमा लगातार दोस्रो पटक साफ महिला फुटबल हुन लागेको हो र समग्रमा यो छैटौँ संस्करण हो । नेपालले अहिले सम्म उपाधि जित्न भने सकेको छैन । यस अघि भएका सबै पाँच संस्करणको उपाधि भारतले जितेको छ ।
पछिल्लो पटक विराटनगरमा भएको साफमा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।
Headline
लगातार दोस्रो जित निकाल्दा नेपाल फाइनल नजिक
Published
2 years agoon
July 27, 2022By
wesportzनेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पार्दा फाइनल नजिक पुगेको छ ।
कालिंगा स्टेडियममा बुधबार भएको खेलमा नेपालले श्रीलंकालाई ३-० ले पराजित गरेको हो । पहिलो हाफमा गोल रहित बराबरी खेलेको नेपालले तीन गोल नै दोस्रो हाफमा गरेको हो ।
नेपालका लागि कप्तान आयुष घलानले ५८ औं मिनेटमा गोल गरि अग्रता दिलाएका थिए । कृतिश रत्न छुन्जुले ६४ औं मिनेटमा गोल गरी अग्रता दोब्बर पारे । वैकल्पिक खेलाडीको रुपमा मैदान पुगेका मनग्य नकर्मीले ८४ औं मिनेटमा नेपालका लागि तेस्रो गोल गरे ।
लगातार दोस्रो जितबाट नेपाल ६ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४-० ले हराएको थियो । नेपालले घरेलु टोली भारतसँग आइतबार खेल्नेछ ।
बंगलादेशले पनि बुधबार भारतलाई २-१ ले हराउँदै दोस्रो जित हात पारेको छ । बंगलादेशसँग पराजित भए पछि भारत भने पहिलो चारणबाट नै बाहिरिने सङ्घारमा रहेको छ । पाँच टिम सहभागि प्रतियोगितामा सिंगल राउण्ड रोविनको खेलपछि धेरै अंक जोड्ने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।