राष्ट्रिय

नेपालले भारतसँग दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्ने 

Published

on

नेपाली राष्ट्रिय फुटबल टोलीले भदौमा दशरथ रंगशालामा भारतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र भारत बीचको खेल भदौ १७ र २० गते हुने जनाएको हो ।

आगामी अक्टोबरमा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले बिभिन्न देशसँग मैत्रीपूर्ण खेलका लागि पत्राचार गरेको र भारतले आफ्नो आग्रह स्वीकार गरेको पनि एन्फाले जनाएको छ । नेपाल र भारत दुवै साफ च्याम्पियनसिपको तयारीमा रहेका छन् ।

नेपालले हाल सम्म भारतसँग १९ खेल खेलेको छ जसमध्ये भारतले १३  खेलमा जित हात पारेको छ । नेपालले पछिल्लो पटक भारतसँग उसकै घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेलेको थियो जसमा भारत २-० ले विजयी भएको थियो । दशरथ रंगशालमा भने यि दुई को भेट ६ वर्ष अघि भएको थियो । विश्वकप छनोट अन्तर्गतको खेल बराबरीमा टुंगिएको थियो ।


 

Click to comment

Trending