Headline

क्रिकेटबाट शुरुवात गर्दै अन्य खेलमा लागेका खेलाडीहरु

Published

on

विश्वको सबैभन्दा लोकप्रिय खेल फुटबल हो । तर पछिल्लो समय क्रिकेटले पनि आफ्नो प्रभुत्व जमाउदै आइरहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले धेरै भन्दा धेरै देशलाई आफ्नो सदस्यता बनाउँदै लान सुरु गरे पछि यसले पनि धेरै देशमा क्रिकेटलाई लोकप्रिय खेल बनाउँदै आइरहेको छ ।

कुनै पनि खेलाडीलाई आफ्नो देशको जर्सीमा खेल्ने ठुलो इच्छा हुन्छ । आज हामी यस्ता खेलाडीहरुको चर्चा गर्दैछौं जसले क्रिकेटबाट आफ्नो खेल जीवन सुरुवात गरे पनि पछि गएर अन्य खेलकुद अंगले ।

रुडी भान भुर्रेन

नामिबियाका रुडी भान भुर्रेन यस्ता खेलाडी हुन् जसले एक वर्षमा दुई विश्वकप खेल्न सफल भए । उनले सन् २००३ मा क्रिकेटको एकदिवसीय विश्वकप खेलेका थिए भने त्यसै वर्ष आयोजना भएको रग्बी विश्वकपमा पनि नामिबियाको प्रतिनीधित्व गरेका थिए ।

पेशाले फिजिसियन भान भुर्रेनले सन् २००३ को विश्वकपमा खासै राम्रो प्रदर्शन गर्न सकेनन् । त्यस पछि उनले आफ्नो ध्यान रग्बीमा लगाए भने विश्वकपको टोलीमा पनि स्थान सुरक्षित गर्न सफल भए ।

क्रेग काइजवेटर

क्रेग काइजवेटर इंग्ल्यान्डका पुर्व विकेट किपर ब्याट्सम्यान हुन् । दक्षिण अफ्रिकाको अण्डर १९ टोलीबाट खेलेका उनले पछि इंग्ल्यान्डबाट अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।

सन् २०१० मा आयोजित ट्वान्टी ट्वान्टी विश्वकपको फाइनलमा अष्ट्रेलियालाई पराजित गर्दै इंग्ल्यान्डले उपाधि चुम्दा उनी खेलको म्यान अफ द म्याच पनि घोषित भएका थिए ।

३३ वर्षीय किसवेटरले क्रिकेट छाडेको नै आठ वर्ष बितिसक्यो । उनले इंग्ल्यान्डको लागि ४६ एकदिवसीय र २५ ट्वान्टी ट्वान्टी खेल खेलेका थिए ।

तर चोटका कारण उनले २५ वर्षको उमेरमा नै क्रिकेट छाड्न पर्यो । क्रिकेट छोडेपछि उनलाई गल्फले अकर्षित गर्यो । अहिले उनी व्यवसायिक गल्फर बन्न नजिक छन् ।

जेम्स टेलर

जेम्स टेलर इंग्ल्यान्डका पुर्व क्रिकेट खेलाडी हुन् जसले आफ्नो देशको लागि सात टेस्ट र २७ एकदिवसीय खेल खेलेका थिए ।

टेलरलाई सबैले सन् २०१५ मा आयोजित विश्वकपमा अष्ट्रेलिया विरुद्धको पारिका लागि सम्झने गर्दछन् । इंग्ल्यान्डले उक्त खेलमा १११ रनको फराकिलो हारको सामना गरे पनि उनले अविजित रहँदै उनले ९८ रन बनाएका थिए ।

इंग्ल्यान्डको टोलीका महत्वपूर्ण सदस्य रहे पनि उनले क्रिकेट छोड्न पर्यो । मुटुको समस्या देखिए पछि उनी क्रिकेट छाड्न बाध्य भएका हुन् । क्रिकेट खेल्न नसक्ने भए पछि उनी गल्फ तिर लागेका हुन् ।

एन्ड्रयु फ्लिनटफ

विश्व क्रिकेटले पाएकोको उत्कृष्ट अलराउण्डर मध्यका एक हुन् इंग्ल्यान्डका एन्ड्रयु फ्लिनटफ । इंग्ल्यान्डको लागि ७९ टेस्ट, १४१ एकदिवसीय र सात ट्वान्टी ट्वान्टी खेल खेलेका उनले टेस्ट र एकदिवसीय दुबैमा तीन हजार भन्दा धेरै रन बनाउनुको साथै टेस्टमा २२६ तथा एकदिवसीयमा १६९ विकेट आफ्नो नाममा लेखाएका थिए ।

उच्च फर्ममा हुँदा हुँदै उनले क्रिकेट छाड्ने निर्णय गरे र व्यवसायिक बक्सर बन्ने तर्फ केन्द्रित भए । केहि समय बक्सिङमा बिताएका उनले फेरी क्रिकेटमा फर्किएर इंग्ल्यान्डको घरेलु प्रतियोगिताहरु पनि खेले । तर पहिले जस्तो उच्च प्रदर्शन गर्न नसके पछि फेरी बक्सिङमा नै लागे ।

एश्ले बार्टी

यस सूचीमा रहेकी एक मात्र महिला खेलाडी हुन् अष्ट्रेलियाकी एश्ले बार्टी । बार्टीले हालै सम्पन्न विम्बल्डन अन्तर्गतको महिला एकलको उपाधि हात पारेकी थिइन् भने विश्व वरियताको शिर्ष स्थानमा पनि रहेकी छिन् ।

अहिलेको उत्कृष्ट टेनिस खेलाडी कुनै समय क्रिकेट खेल्ने गर्दथिन् भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । २५ वर्षीया उनले महिला बिग ब्यास लिगको पहिलो संस्करणमा ब्रिस्बेन हिटबाट खेलेकी थिइन् । सन् २०१४ मा टेनिस छाड्दै उनले सन् २०१५ को सिजनको बिग ब्यास लिग खेलेकी थिइन् भने पछि सन् २०१६ मा क्रिकेट छाड्दै टेनिसमा फर्कने निर्णय लिएकी थिइन् ।

उनले कुल ११ एकलको उपाधि हात पारेकी छिन् जसमध्ये दुईवटा ग्रान्ड स्ल्याम रहेको छ । उनले विम्बल्डन अघि सन् २०१९ को फ्रेन्च ओपन पनि जितेकी थिइन् ।

Click to comment

Trending