Euro 2020

युरो कप फाइनलका पोर्चुगिज हिरो कसरी बने बेरोजगार ?

Published

on

२०१६ को गर्मिमा एडर पोर्चुगलका राष्ट्रिय हिरो थिए । सब्स्टिच्युटको रुपमा बेञ्चबाट आउदै उनले अतिरिक्त समयमा गोल गर्दै पोर्चुगललाई युरो कपको उपाधि जिताएका थिए ।

स्टाड डि फ्रान्समा घरेलु टोलीबिरुद्ध भएको फाइनलमा हाल ३३ बर्षपुगिसकेका एडर रेनातो सान्चेजको स्थानमा ९० औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

सुपरस्टार क्रिष्चियानो रोनाल्डो चोटका कारण मैदानबाट खेलको शुरुवातमै बाहिरिएको स्थितिको पूर्ण फाइदा उठाउदै ११ मिनेट बाकी रहदा एडरले गोल गरेपछि उनी पोर्चुगलमा एका एक हिरो बने । सबैले रोनाल्डो, रोनाल्डो भनिरहदा पोर्चुगलले अनपेक्षित हिरो पाउदा झनै धेरै उत्साहित भएका थिए ।

तर पांच बर्षयता आइपुग्दा आइतबार वेम्ब्लीमा इटाली र इंगल्याण्ड युरो कपको उपाधिका लागि भिड्नु अघि ट्रफि लिएर आएका एडर सबैले बिर्सिएका हिरो भइसकेका छन् ।

कति पयको लागि एडरको मुहारमा देखिएको निराशा स्पष्ट रुपमा नै ध्यानमा आएको थियो । तर एडर आफ्नै लागि भने ६५ हजार दर्शक रहेको वेम्ब्लीमा ट्रफि लिएर हिड्दा आफ्नो असफलताको बयान गर्दै थियो ।

२०१६ को उक्त ऐतिहासिक रात पछि के भयो त एडरको जीवनमा ?

पोर्चुगिज महारथी ब्रागाबाट एडर युरो कपको ठ्याक्कै एक बर्ष अगाडी ५ मिलियन पाउण्डमा इंग्लिस प्रिमियर लिग टोली स्वान्सेसंग अनुबन्धित भएका थिए । तर पहिलो १५ खेलमा गोल गर्न चुकेपछि बाकी सिजनका लागि उनलाई लोनमा फ्रेञ् च लिग वान टोली लिल पठाइयो ।

लिलका लागि १३ खेलमा ६ गोल गरेपछि उनी रोनाल्डो, नानी र साञ्चेजसंगै पोर्चुगलको युरो कप टोली अटाए । ३-३ गोल गरेपछि रोनाल्डो र नानी पोर्चुगलको युरो अभियानको दुई मुख्य खेलाडी रहे। नकआउटमा पोल्याण्ड र वेल्सलाई हराएपछि पोर्चुगलले फ्रान्ससंगको भिडन्त पक्क गर्यो ।

पहिलो उपाधि पछ्याइरहेको एडर उक्त युरोलाई आफ्नो ब्रेकथ्रु प्रतियोगिता बनाएका सान्चेजको स्थानमा ८० औं मिनेटमा प्रवेश गरे । अतिरिक्त समयमा मात्र ११ मिनेट रहेको स्थितिमा एडरले अविश्वसनीय रुपमा प्रतियोगिताको पहिलो र एक मात्र गोल गरे ।

पछिल्लो पांच बर्षमा एडरका लागि सबैभन्दा ठूलो उपलब्धि आफैले जिताको युरो कप ट्रफि लिएर वेम्ब्ली स्टेडियम प्रवेश गर्नु थियो

फ्रान्स गोल फर्काउन असफल रहेपनि पोर्चुगल पहिलो पटक उपाधि जित्न सपल रह्यो ।

एडरको नायकत्वको अपेक्षा गर्दै फ्रान्समा उनको लोन मुभलाई नयां सिजनका लागि स्थायी बनाइयो । तर ३१ लिग वान खेलमा मात्र ६ गोल गरेपछि लिलले पनि उनलाई रसियन प्रिमियर लिग क्लब लोकोमोटिभ मस्कोमा लोनमा पठायो ।

एक बर्षपछि लोकोमोटिभ मस्कोले उनको लोन मुभलाई स्थायी बनायो ।

२०१६ को युरोको हिरो रहनुका साथै पछिल्लो एक बर्ष रुसमै बिताएपनि एडर रुसमै हुन गइरहेको बिश्वपका लागि पोर्चुगिज टोलीमा अटाएनन् ।

गत सिजनसम्म लोकोमोटिभमै बिताएका एडरले आफू खेलेका ९ खेलमा गोल गर्न असफल रहे । उनले चार सिजन बिताउदा रुसी टोलीका लागि ७२ खेलमा जम्मा ९ गोलमात्र गरे ।

लोकोमोटिभले उनलाई रिलिज गरेपछि उनी अहिले भने बेरोजगार भएका छन् । आफू युरोपको प्रमुख खेलाडीको रुपमा धेरै दिन सक्ने साबित गर्न उनी मौका कुरिरहेका छन् ।

एडर वेम्ब्लीमा झल्कदा उनी उपलब्ध रहेको बिषयमा धेरै व्यवस्थापकहरु जानकार पनि भएका होलान् ।

यद्दपि एडर बेरोजगारीको पहिलो दिनहरुमा मात्रै छन् । पुर्व इंगल्याण्ड स्टार ड्यानियल स्टरिज अहिले यसैसिजन ला लिगामा बढुवा भएको स्पेनिस टोली रियल मायोर्कासंग प्रशिक्षण गर्दैछन् ।

मार्च२०२० मा टर्किस टोली ट्राब्जन्सपोरले पनि साथ छोडेपछि उनी डेढ बर्ष भन्दा क्लबबिहिन बन्न पुगे । एडर आफू त्यति लामो समय बेरोजगार रहनु नपर्ने आशा गरिरहेका छन् ।

उनलाई लिएर अर्को प्रिमियर लिग क्लब ब्राइटन केही सकारात्मक रहेको हल्ला मार्चमा चलेको थियो ।

Click to comment

Trending