Euro 2020

इटालीलाई पुनर्जन्म दिएका मान्चिनी: जस्ले दोस्रो मौकामा इटालीलाई युरो जिताए

Published

on

गएको तीन वर्षमा इटालियन राष्ट्रिय टोलीले ठुलो उतार चढाव देख्यो । २०१८ को विश्वकपमा छनोट पनि नभएको इटालीले युरो २०२० उत्कृष्ट तरिकाले छनोट भयो । यो तीन वर्षे लामो यात्रा सम्भव हुनु पछाडिका मुख्य पात्र बनेप्रशिक्षक रोबर्टो मान्चिनी । उनै मान्चिनीले ५३ औँ वर्ष पछि इटालियनहरुको सपना पुरा गरे र युरो जिताए ।

मान्चिनीले इटालीको टोलीलाई एउटा नयाँ युगमा प्रवेश गराए । उनले इटालियनहरुलाई एउटा बाचा गरेका थिए त्यो पनि युरो जिताउने र उनले त्यसका लागी युवालाई मात्रै मौका दिएनन् भेट्रान खेलाडीलाई पनि टोलीमा राखे र नतिजा पनि दिए ।

२०१८ को विश्वकपमा छनोट हुन असफल भए पछि इटालियन मिडियाहरुले इटालीले फुटबलमा आफ्नो अत्मविश्वास गुमाएको भन्दै घरेलु लिग देखि संघ सम्मलाई दवाब दिएका थिए । लगातार एउटै लिग च्याम्पियन र इटालीयन खेलाडीले शिर्ष लिगमा मौका नपाएका कारण खेलाडी राम्रो नभएको समर्थकहरुको पनि दोष थियो ।

जियान पिएरो भेन्टुरा प्रशिक्षणमा इटालीको केही लक्ष्य नभएको भन्दै संघ उनलाई बर्खास्त गर्‍यो । त्यसपछि संघले कार्यबहाक प्रशिक्षकको रुपमा लुइजी डि बाजियोलाई जिम्मेवारी दियो तर अज्जुरीले नयां प्रशिक्षकको खोजी शुरु गरिसकेको थियो । उसले खोजेकै जस्तो प्रशिक्षक पायो र मान्चिनीले इटालीको फुटबलमा सोचे भन्दा धेरै परिवर्तन ल्याए ।

“हामी भन्दा धेरै ठुलो टोलीहरुले हामीलाई गन्न छोडिसकेका छन् तर हामी एउटा सरप्राइज दिन चाहन्छौ,” इटालीका भेट्रान डिफेन्डर लियोनार्डो बोनुचीले भनेका थिए र इटालीले सबैलाई अच्चमित पार्दै युरो च्याम्पियन नै बने ।

इटालीले युरोमा उत्कृष्ट प्रदर्शन मात्रै गरेन  ३४ खेलमा अपराजित इटालीले सेप्टेम्बर २०१८ देखी एक खेल पनि हारेन । यस दौरान ११ गोल मात्रै खाएको इटालीले ९४ गोल गरेको छ । सधैं रक्षात्मक खेलका लागि चिनिएको इटालीलाई धेरै गोल गर्ने टोलीको रुपमा हेर्न थालिएको छ । इटालीको बदलिएको शैलीले उसले पुनरजन्म पाएको इटालीले उपाधि चुम्दा यसको सबै श्रेय मान्चिनीलाई नै जान्छ । उनले इटालीका लागि ३६ खेल खेल्दै ६ गोल पनि गरेका थिए ।

१९८४ मा डेब्यु गरेका उनले इटालीलाई कुनै प्रतियोगिता जिताउन सकेनन् । त्यही कारण पनि मान्चिनीलाई यो दोस्रो मौका थियो र उनले सावित गरेर देखाए । उनले इटालीलाई ५३ वर्ष पछि युरो च्याम्पियन बनाए ।

उनले इटालीको यो टोली बनाउन पनि धेरै मिहिनेत गरेका छन् । २०१८ को विश्वकपमा छनोट हुन नसके पछि निराश इटालियन समर्थकलाई उनले अज्जुरीले कमब्याक गर्ने बाचा गरेका थिए । उनले यो तिन वर्षमा धेरै प्रयोगहरु गरे र अन्तिममा उनी सफल भएका छन् ।

अब अज्जुरीको अर्को लक्ष्य भनेको कतार विश्वकप २०२२ रहेको छ । त्यसमा पनि इटालीले उपाधि चुम्न सक्ने हो भने अज्जुरीले एउटा देखेको नयाँ युगमा सपना पुरा गर्ने छ ।

 

Click to comment

Trending