Euro 2020

साउथगेटको साहस र संवादले कसरी इंगल्याण्डमा परिवर्तन आयो?

Published

on

साम एलारडाइसको ६७ दिने कार्यकाल अन्त्य भएसंगै ग्यारेथ साउथगेट प्रशिक्षक नियुक्त भएको पांच बर्षपछि इंगल्याण्ड ५५ बर्षमा पहिलो पटक प्रमुख प्रतियोगिताको फाइनल खेल्न गइरहेको छ ।

एउटा पत्रिकाको स्टिंग अपरेशनमा कसरी खेलाडी ट्रान्सफरको नियम सही तरिकाले मिच्न सकिने सुझाव दिदै गरेको पाइएपछि एलारडाइसलाई बर्खास्त गरिएको थियो । शुरुवातमा अन्तरिम प्रशिक्षकको रुपमा नियुक्त गरिएका साउथगेट इंगलिस फुटबल एशोसिएसनलाई आवश्यक बोल्ड र स्वच्छ छवि भएका रोल मोडलको रुपमा हेरिएको थियो ।

इंगल्याण्डको जागिर खानका लागि साउथगेटको बायोडाटा त्यति आकर्षक भने थिएन । उनको तीन बर्षे मिडल्सबोरो कार्यकाल रेलिगेसनमा टुंगिएको थियो भने इंगल्याण्डको अण्डर २१ टोलीमा मिश्रित नतिजाहरु आएका थिए ।

यद्दपि, आफू प्रशिक्षक भएको पहिलो प्रतियोगितामा उनले इंगल्याण्डलाई २८ बर्षपछि पहिलो पटक बिश्वकपको सेमिफाइनलसम्म डोर्याए र अहिले युरो कपको फाइल पुग्दै कुनै पनि इंगलिस प्रशिक्षकले गर्न नसकेको काम गरेका छन् ।

एलारडाइस काण्डले इंगलिस फुटबललाई लगाइदिएको दागबाट ५० बर्षिय साउथगेटले अहिले इंगल्याण्डलाई इतिहासकै पहिलो युरो कप फाइनल खेलाउन गइरहेका छन् ।

आफ्नो दृढ बिश्वासमा देखाएको साहस

दशकौं सम्म टिमको संरचनालाई नै बेवास्ता गर्दै इंगल्याण्ड प्रशिक्षकहरु मिडिया र समर्थकहरुको दवाबमा नतमस्तक हुदै ठूलो नाम बनाएका खेलाडीहरुलाई मात्रै शुरुवाती ११ मा स्थान दिदै आएका थिए ।

फ्रांक लाम्पार्ड र स्टेभन जेरार्डकोलागि ठांउ बनाउन बाध्य हुंदा पउल स्कोल्स बर्षौसम्म आफनो पोजिसन बाहिर खेल्दै अन्तर्राष्ट्रिय फुटबलबाटै सन्यास लिन पुगे । यस क्रममा स्वर्ण पुस्ता मानिएकोइंगलिस टोली स्भेन गोरान एरिक्सनको प्रशिक्षणमा २००२, २००४ र २००६ मा क्वार्टर फाइनलभन्दा माथि जान सकेन ।

साउथगेट भने पर्याप्त रहेको अग्रपंक्तिमा खेल्न सक्ने प्रतिभावान खेलाडीहरुलाई बेञ्चमा राख्दा खुशी छन् ।

कप्तान ह्यारी केन र रहिम स्टर्लिंग अग्रपंक्तिका लागि उनको प्रमुख रोजाईबन्दै गर्दा बुकायो साका, ज्याक ग्रिलिस, फिल फोडेन, जेडन सान्चो र मार्कस रासफोर्डमध्ये मात्र एकले शुरुवाती ११ मा मौका पाउदै आएका छन् ।

दर्शकको प्रिय रहेका ग्रिलिसलाई अझै साउथेटले डेनमार्कबिरुद्धको सेमिफाइनलका लागि एडजस्ट गर्न ३६ मिनेपछि नै निकालेका थिए । साउथगेटको एक नराम्रो पक्ष छ र उनले त्यसमै परिणाम दिएका छन्, पुर्व इंगल्याण्ड कप्तान एलन सियरर भन्छन् ।

तगडा डिफेन्ससंगै मिडफिल्डमा डेक्लन राइस र क्याल्भिन फिलिप्स शक्तिशाली जोडी बन्दा इंगल्याण्डले जारी युरो कपका ६ खेलमा मात्र एक गोल खाएको छ ।

कम्युनिकेसन ग्याप नछोडेका साउथगेट

सेमिफाइनलपछिको पोस्ट म्याट कन्फेरेन्समा डेनमार्क प्रशिक्षक क्यास्पर ह्युलमण्डले साउथगेटको तारिफ गर्दा उनलाई कति सम्मानित रुपमा हेर्न थालिएको छ भन्ने स्पष्ट हुन्छ ।

“मैले इंगलिस एफले ल्याएको रणनैतिक परिवर्तन र साउथगेटले बर्षौ देखि नेतृत्वदायी भुमिका निभाएको बिषयलाई राम्ररी नियालीहेको छु। उनले टिमसंग संवाद गर्ने शैली निकै राम्रो छ । उनले गाह्रो जागिरमा धेरै राम्रोकाम गरिरहेका छन्,” ह्युलमण्डले भने ।

फुटबल मैदान भित्र मात्र सिमित नरहेको अहिलेको इंगलिस टोलीका लागि साउथगेट सामाजिक बिबेकका साथ सम्हालिरहेका छन् । उनको कार्यकालको शुरुवातमा इंगल्याण्ड खेलाडीहरुले मोन्टेनेग्रो र बुल्गेरियामा रंगभेदी आक्रमणको सामना गर्नु परेको थियो ।

यो प्रतियोगिताको शुरुवातमा पनि रंगभेदको बिरोधमा मैदानमा घुंडा टेक्दा आफ्नै समर्थकहरुको एक झुण्डले गाली गरिरहेको थियो ।

“सबैभन्दा महत्वपूर्ण कुरा हाम्रो खेलाडीहरुले रंगभेदबिरुद्ध हामी एकताबद्ध छौं भनेर बुझ्न आवश्यक छ,” साउथगेटले भनेका थिए । उनले यसो भन्दै साउथगेटलाई सांकेतिक राजनीति गरेको आरोप लगाउने इंगल्याण्डको प्रमुख राजनीतिकर्मीहरुलाई जवाफ दिदै थिए ।

रणनीतिमा लचकता

साउथगेटको रणनीतिलाई लिएर जहिल्यै प्रश्न उठ्दै आएको छ । तर जितका लागि आवश्यक इच्छुकतामा उनी अभ्यस्त भइसकेका छन् ।

तीन बर्षअघि रुस बिश्वकपमा उनले अनुभवको कमि रहेको गोलकिपर र रक्षापंक्तिलाई पांच जनाले घेरेको थियो । अहिले उनले आक्रमणमा अर्का एक खेलाडी राख्न ४(३(३ को रणनीति अपनाए । जर्मनीबिरुद्ध यो रणनीति परिवर्तन गर्ने क्रममा उनले योसुवा किमिख र रोबिन गोजेन्सको खतरा टारेका थिए ।

डेनमार्कबिरुद्ध साकालाई शुरुवात गराउदा उनले नै निकालेको बलमा सिमाने केयरले आत्मघाती गोल गर्न पुगेका थिए ।

ग्रिलिसको आगमनपछि स्टर्लिंग लेफ्ट विंगबाट राइट विंगमा आए जसले गर्दा उनले बिवादास्पद नै रहेपनि पेनाल्टी जिते र अन्त्यमा इंगल्याण्डको फाइनल पुग्ने लामो पर्खाईको अन्त्य गरे ।

Click to comment

Trending