Euro 2020

पास-पास-मिस : किन स्पेन गोल गर्न चुक्छ ?

Published

on

स्पेनले युरो सेमिफाइनलमा धेरैलाई चकित बनायो । इटालीलाई अतिरिक्त समय सम्म बराबरीमा रोकेको स्पेन पेनाल्टीमा चुक्यो । स्पेनको युरो दौड त्यही सकियो ।

पेड्री गोल्जालेजको मिड्फिल्डमा उत्कृष्ट प्रदर्शन रह्यो । १८ वर्षिय पेड्रीले ९० मिनेटको खेलमा कुनै मिस पास निकालेका थिएनन् । स्पेनले अज्जुरीलाई अतिरिक्त समय सम्म दवाबमा त राख्यो तर पेनाल्टीमा भने चुक्यो ।

“९ वर्ष मरभुमी पार गर्दै आएको स्पेन अब भने फर्किएको छ,” गर्वका साथ लुइस इन्रिक्वेले खेल सक्किए पछि भने । तर, स्पेनले बुझ्नु पर्छ त्यो पार गरेको मरभुमीमा स्पेनले एउटा गतिलो गोल गर्न सक्ने स्ट्राइकर गुमाईसकेको छ र त्यो स्पेन युरोको सेमिफाइनलबाटै बहिररिनुको मुख्य कारण पनि हो ।

कुनै समय डेभिड भिया र फर्नान्डो टोरेस जस्ता स्ट्राइकर सहित उत्रिने स्पेन अहिले गोल गर्न भने चुक्छ ।

स्पेनले इटालीलाई हराउने धेरै मौका पायो तर मिकेल ओयरजबाल लगतार दोषी बन्न पुगे । अल्भारो मोराटाले उक्त खेलमा बेन्चबाट आएर गोल गर्दै स्पेनलाई एक्स्ट्रा टाइम सम्म पुर्याए । उनको खतामा यो युरोमा तीन गोल भयो तर उनले यो बुझ्नु पर्छ कि उनले त्यो गोल संख्या इटाली विरुद्ध नै ६ बनाउने मौका थियो ।

अर्का स्ट्राइकर जेराड मोरेनोको युरो यात्रा पनि खस्किएको थियो । प्रतियोगिता भरी १५ प्रहार लिएका मोरेनोले एक गोल गर्न पनि सकेनन् । अर्का खेलाडी ड्यानी ओल्मोले त झनै सबै भन्दा धेरै २० प्रहार लिएका थिए तर उनले कुनै प्रहार जाली चुमाउन सकेनन् । उनि इटाली विरुद्धको पेनाल्टी सुटआउटमा पनि चुक्न पुगेका थिए ।

धेरैले यो प्रतियोगितामा आशु फाती नभएका कारण स्पेनमा गोलकर्ता नभएको बताए । सिजन को सुरुमा सात खेलमा सात गोल गरेका फाती घुँडाको चोटका कारण मैदान बहिर रहेको समयमा उनलाई ठुलै दवाब हुने थियो ।

१८ वर्षिय फाती स्पेनका लागि घातक स्ट्राइकर त हुन सक्छन् तर उनी अझै युवा अवस्थामा छन् र स्पेनका लागि ठुलो प्रतियोगिता खेल्नै बाँकी छ र त्यही कारण उनलाई अहिले नै विश्वाश गर्न सक्ने अवस्था नि छैन ।

पोजेसन फुटबल र पेनाल्टी एरिया सम्म पास खेल्ने स्पेनले अझै पनि गतिलो प्रतिभा भएको स्ट्राइकर भेट्टाउन सकेको छैन । स्पेनिस एकेडेमी फुटबलले कतै फुटबलरहरुको प्राकृतिक गोल गर्ने प्रतिभा त सकाँउदै गएको छैन ?

अहिलेको स्पेनको फर्वार्डहरु हेर्ने हो भने उनीहरु जुन सुकै पोजिसनमा पनि खेल्न सक्छन् । ड्यानी ओल्मो, फेरान टोरेज र पाब्लो सराबिया जता पनि खेल्न सक्ने खेलाडीहरु हुन् । मोरेनो स्ट्राइकर पोजिसनमा बक्स भित्रबाट मात्रै गोल गर्ने क्षमता राख्छन् । मोराटाको खेल बनाउने शैली उनको फिनिसिङ भन्दा राम्रो छ ।

लुइस इन्रिक्वेका लागि यि सबै स्ट्राइकरहरु बाहेक सेल्टा विगोका लागो आसपासको बिकल्प थियो तर उनले आसपासलाई बोलाउन चाहेनन् ।

“मलाई कुनै खेलाडीको बारेमा नकारात्मक सोच्नु छैन र आसपास जस्तो खेलाडीको बारेमा पनि बोल्नु छैन,” इन्रिक्वेले प्रतियोगिता सुरु हुनु अघि नै भनेका थिए । इन्रिक्वेको खेलाडी छनोट धेरै विवादमा पनि पर्‍यो । एड्मा टाओरेलाई इटाली विरुद्धको एक्स्ट्रा टाइममा थकित स्पेनिस खेलाडीको स्थानमा पनि नल्याएकोमा प्रशिक्षकको आलोचना हुनु सामान्य थियो ।

उनले धेरै अन्य स्पेनिस स्ट्राइकरलाई वेवास्ता गरेको स्पेनिस मिडियाहरुले पनि लेखे । बार्सिलोनाको खेलाडीहरुलाई धेरै महत्व दिएको र रियलको एक खेलाडी पनि नराखेकोमा उनको आलोचना पनि भयो । तर, स्पेनिस प्रशिक्षकले स्ट्राइकरको कमीले नै गोल गर्न चुकेको बुझ्नु पर्छ ।

समुह चरणको अन्तिम खेलमा सर्बियालाई ५ गोल र क्रोएसियालाई अन्तिम १६ मा एक्स्ट्रा टाइममा ५ गोल नै गरे पनि त्यस पछि भने केही खास स्पेनिस टोलीबाट देखिएन । त्यस्को कारण स्पेन फुटबल एकेडेमीको जरा नै हो । ला लिगामा अहिले पहिले जस्ता स्ट्राइकर स्पेनिस कमै हुन्छन् । धेरै खेलाडी बाहिरी देशका हुन्छन् र त्यही कारण पनि स्पेनले अन्तिम पटक २०१२ मा युरो जिते यता कुनै प्रतियोगिता जित्न सकेको छैन ।

अब इन्रिक्वेलाई २०२२ को विश्वकपको बारे सोच्ने समय आएको छ । त्यो समयसम्म पनि स्ट्राइकरको समस्याले स्पेनलाई सताउने हो भने अझै स्पेन उपाधी बिहिन हुने छ ।

 

 

Click to comment

Trending