Euro 2020

इङ्ल्याण्ड भर्सेस डेनमार्क – फाइनलमा प्रतिद्वन्दी कुर्दै इटाली

Published

on

वेम्बलीमा डेनमार्क विरुद्ध खेल्दा इङ्ल्याण्ड ईतिहासमै पहिलो पटक युरोको फाइनल पुग्ने लक्ष्यमा हुने छ । वुधबार हुने फाइनल घरेलु दर्शक र रङशालामै हुने भए पछि इंग्लिश समर्थकहरुलाई आफ्नो टोलीलाई जिताउने जिम्मेवारी पनि उत्तिकै छ ।

थ्री लायन्स उपनाम रहेको इङ्ल्याण्ड फुटबल टोलीको लक्ष्य फाइनलमा पुग्दै ईतिहास रच्नु हो त्यो पनि वेम्बलीमा । १९६६ मा अन्तिम पटक विश्वकप जित्दा फाइनल पुगे देखि अहिले सम्म कुनै प्रतियोगिताको फाइनल नपुगेको इङ्ल्याण्डका लागि यो ठुलो मौका हो ।

डेनिस टोली १९९२ को युरो बिजेता हो र त्यही ९२’ को दशकको आश्चर्यजनक सफलतालाई यो पटक पनि हात पार्ने अवसर डेनमार्कलाई छ ।

स्पेनलाई टाइ-ब्रेकरमा पराजित गर्दै २०१२ पछि फेरी युरो फाइनलमा पुगेको इटालीले अब आईतबार मध्यरातमा हुने खेलमा यि दुई टोली बीचको बिजेतालाई आफ्नो बिपक्षीको रुपमा पाउने छ ।

आफ्नो ईतिहास आँफै लेख्ने इङ्ल्याण्डको नयाँ पुस्तालाई मौका

इङ्ल्याण्ड प्रशिक्षक ग्यारेथ साउथगेट आँफैलाई थाहा छ  इङ्ल्याण्डको ईतिहास युरोमा राम्रो छैन तर उनी विश्वाश गर्छन् कि अहिलेका खेलाडीहरुलाई आफ्नो ईतिहास आँफै लेख्ने मौका छ र त्यो गुमाउनु हुँदैन ।

इङ्लिस टोलीले गत साता जर्मनीलाई अन्तिम १६ मा हराए यता युरोमा २५ वर्ष सम्म कुनै नकआउट प्रतियोगिता जितेको थिएन । तर, इङ्ल्याण्डको टोली साउथगेटको तेस्रो वर्षमा दोस्रो ठुलो सेमिफाइनल खेल्ने प्रतिक्षामा रहेको छ । साउथगेट खेलाडीहरुले आफ्नो ईतिहास आँफै लेखेकोमा खुशी पनि छन् ।

“हामीले विश्वाश गर्नै पर्ने हुन्छ कि हाम्रो ईतिहास खास छैन,” साउथगेटले भने ।

“खेलाडीहरु अहिले राम्रो नतिजाका लागि भरपुर मिहिनेत  गरिरहेका छन र इङ्लिस फुटबलको ईतिहासमा आफ्नो नाम आँफै लेख्दै छन् र उनीहरुलाई सेमिफाइनलमा डेनमार्क विरुद्ध अर्को मौका छ,” उनले थपे ।

बोलेर भन्दा खेलेर देखाउनु ठीक- केन

ह्यारी केनलाई यो युरोमा खासै बोल्न मन छैन उनी आँफै भन्छन्, ” धेरै बोल्नु राम्रो हैन बरु बोलेर भन्दा खेलेर देखाउनु ठीक,” ।

कप्तान केनलाई यो युरो २०२० मा केही दिनु नै छ त्यही कारण उनी सम्पूर्ण इङ्ल्याण्डका खेलाडीहरुलाई एक ढिक्का बनाएर राख्छन् । इङ्ल्याण्डले वेम्बलीमा ६० हजार दर्शकको अगाडि खेल्दा आफ्नो घरेलु समर्थकको समर्थन पाउने नै छ । फाइनलमा प्रवेश गरेको खण्डमा इङ्ल्याण्ड समर्थकहरु खुशी हुने कुरा पनि बेग्लै ।

“अहिले मैदानमा गएर देखाउनु बाहेक अन्य केही उपाय छैन । हामीसँग बोल्न समय आउने छ तर यो मौकालाई पहिले हामी सदुपायोग गर्ने छौँ,” केनले भने ।

के इङ्ल्याण्डलाई दवाब छ ?

डेनमार्कका प्रशिक्षक कास्पर ह्युलण्डले ‘प्री म्याच कन्फ्रेसमा’ इङ्ल्याण्ड दवाबमा भएको र त्यही फाईदा लिने बताए । तर, यो गम्भिर प्रश्न हो । के इङ्ल्याण्डलाई दवाब छ ? दावाब नहोस् पनि कसरी ? इङ्लिश टोली युरोको पहिलो सेमिफाइनल खेल्दै छ, त्यो माथि ५५ वर्ष पछिको सबै भन्दा ठुलो खेल ।

“हामीलाई थाहा छ इङ्ल्याण्डको टोलीलाई दवाब छ र त्यही दवाबको फाईदा उठाउदै हामीले खेल आफ्नो पक्षमा लिना सक्नु पर्छ,” ह्युल्मण्डले भने ।

“खेलमा केही मनोबैज्ञानिक कुराहरु पनि छन् । इङ्लिस समर्थकहरु भोका छन् र त्यही कारण पनि इङ्लिस टोलीलाई जित्नै पर्ने दवाब छ र हाम्रो खेलाडीहरु पनि पहिलो खेलको एरिकसन घाटना देखी केही असर परेका छन् र त्यही कारण पनि यो हाम्रो लागि ठुलो मौका हो ।”

खेल नेपाली समय अनुसार १२:४५ मा सुरु हुने छ ।

Click to comment

Trending