Euro 2020

इटालीलाई चलाइरहेका ब्राजिलियन मिडफिल्डर

Published

on

इटालीको मिडफिल्डमा जोर्जिन्होको उपस्थिती निकै खतरनाक देखिन्छ । विश्वकप २०१८ मा स्थान बनाउन नसके देखी युरो २०२० मा चम्किरहेको इटालीको मिडफिल्डको श्रेय पनि जोर्जिन्होलाई नै जान्छ । उनी वेम्बलीमा स्पेन विरुद्ध सेमिफाइनलका लागि तयार छन् ।

अज्जुरीका ब्राजिलियन खेलाडी जोर्जिन्हो मात्रै पनि हैनन् । उनकै चेल्सीका साथी एमरसन पेलिमेरी र एट्लान्टाका राफेल टोलोइ पनि ब्राजिलियन हुन् । उनीहरु ब्राजिलका दक्षिणी सहर इम्बिटुवामा जन्मिएका थिए तर पछि इटाली सरेका थिए ।

“जोर्जिन्हो टोलीमा भए सम्म सबै कुरा ठीक हुन्छ । उनी टोलीका हिरा हुन र उनलाई कसैले छुन सक्दैन,” मार्को भेराट्टीले भने ।

“जोर्जिन्हो र भेराट्टीलाई यस्ता खेलाडी हुन् जसले खेल नै पुरै परिवर्तन गर्न सक्छन्,” इन्टर मिलानका मिड्फिल्डर निकोलो बारेला थप्छन् ।

“यो मिड्फिल्ड र इन्टर मिलानले सिरी आ जित्दा खेलेको मिड्फिल्ड मैले खेलेको अहिले सम्मकै अब्बल हो । हामीले एक अर्कासँग दुस्मनी जस्तो बनाएका छौँ त्यो पनि कस्ले राम्रो खेल्छ भनेर,” बारेलाले ठट्टा गर्दै भने ।

तीन पटकको युरोपियन च्याम्पियन स्पेनसँग इटालीलाई सहज छैन तर पनि इटाली आफ्नो अपराजित यात्रालाई ३३ खेलमा लम्ब्याउन चाहन्छ भने १९६८ पछि पहिलो पटक युरोको उपाधि जित्न पनि । “स्पेनसँगको खेल कठिन छ किन भने हामी दुवै यस्तै टोली हौँ जो बलमा पकड बनाउन चाहन्छौँ, त्यही कारण सहज भने छैन,” बरेला भन्छन् ।

इटालीका मुख्य लेफ्ट ब्याक लियोनार्डो स्पिनाजोल्लालाई बेल्जियम विरुद्धको खेलमा गम्भिर चोट लागे पछि स्पेनसंगको खेलमा चेल्सीबाट यो सिजनको च्याम्पियन्स लिग बिजेता एमरसनले शुरुवात पाउने छन् । ब्राजिलियन मुलका जर्जिन्होको हजुरबुवालाई उनी अहिले इटालीमा खेल्न पाउनुको श्रेय जान्छ । जर्जिन्होका हजुरबुवा यदी इटालीको उत्तरी जिल्ला भिसेन्जामा नजन्मिएका भए उनी अहिले इटालीका लागि खेलिरहेका हुन्थेनन् ।

टोलीका कमान्डर

स्ट्याम्फोर्ड ब्रिजमा पानी आफ्नो छुट्टै रवाफ छोडेका जर्जिन्होले चेल्सीका लागि पनि धेरै राम्रा प्रदर्शनहरु गरे । फ्रेन्च मिड्फिल्डर एनगोलो कान्टेसँग को मिड्फिल्ड जोडीले च्याम्पियन्स लिग नै जित्यो । २९ वर्षिय जोर्जिन्होको त्यो जितमा ठुलो हात रह्यो ।

उनको खेल अज्जुरीका लागि पनि कम छैन । उनको नाम मैदानमा ‘प्रोफेसर’ र ‘रेडियो जर्जिन्हो’ रहेको छ । त्यसको कारण उनको मैदानमा बोल्दै चलाउने खेल । उनी मात्रै यस्ता खेलाडी हुन जसले इटालीका लागि लियोनार्डो बोनुचीसँगै पाँच खेल लगातार खेलेका छन् ।

“उनको खेल निकै सशक्त छ र उनको खेलमा लिने निर्णय पनि गज्जब छ,” इटालियन क्लब भेरोनाका खेल निर्देशक मौरो गिबेलिनीले भने । गिबेलिनीले उनलाई ब्राजिलमा भेटाएका थिए ।

गेबेलिनीको ब्राजिलमा फुटबलको स्कुल नै छ जहाँ खेलाडीहरुको उत्पादन हुन्छ । १२ वर्षिय जोर्जिन्होलाई पनि गिबेलिनीले त्यही हुर्काए । तर  गिबेलिनी जोर्जिन्होका पहिलो प्रशिक्षक भने हैनन् । जोर्जिन्होको पहिलो प्रशिक्षक उनको आमा थिइन् । जो पहिले फुटबल खेल्थिन् । उनले सबै फुटबल ज्ञान आफ्नो आमाबाट सिकेका थिए ।

जर्जिन्होले आफ्नो हाइ स्कुल ब्राजिलमा सक्काए पछि इटाली आएका थिए । इटालीमा उनले सिरी बि मा भेरोनाबाट खेले र टिमलाई सिरी आ मा बढुवा पनि गराए । उनी २०१४ मा नापोली गए जहाँ उनी मोउरुजियो सारीको प्रशिक्षाणमा अझै निखारिए र उनीसँगै चेल्सी लागे ।

“जर्जिन्होले आफ्नो खेल्ने शैली कैले परिवर्तन गरेन । उसले बच्चामा जस्तो खेल थियो अहिले पनि उस्तै खेल्छ,” गिबेलिनीले भने ।

“उनीसँग निकै चलाखीपूर्ण तरिकाले फुटबल खेल्ने शैली छ । उनलाई पास आउनु अघि नै कता खेल्ने पहिले निर्णय लिन्छन् । उनी बलियो र छिटो त छैनन् तर मिड्फिल्डरले निभाउने भूमिका उनी सबै निभाउछन्,” गिबेलिनी थप्छन् ।

२०१८ मा चेल्सी पुगेका उनले उनले २०१९ मा युरोपा लिगको उपाधि जितेका थिए । त्यस पछि यही सिजन थोमस टुचेलसँग च्यम्पियन्स लिग पनि जिते ।

“मलाई राष्ट्रिय टोलीमा पनि त्यस्तै जित अनुभाव गर्न मन छ,” इटालीका लागि ३३ क्याप जितिसकेका उनले भने ।

“यो मेरो इटालीका लागि पहिलो प्रतियोगिता हो र म यो प्रतियोगितामा इटालीलाई केही दिने छु ।”

Click to comment

Trending