Euro 2020

इटाली र स्पेनबीचको पांच क्लासिक भिडन्त

Published

on

युरो कपको पहिलोसेमिफाइनलमा मंगलवार इटाली र स्पेन लगातार चौथो पटक प्रतियोगितामा भिड्न गइरहेका छन् । आफ्नो समुह बिजेता बन्दै इटालीले अन्तिम १६ मा अष्ट्रिया र क्वार्टर फाइनलमा बेल्जियमलाई समान २-१ ले पराजित गरेको थियो ।

सुस्त शुरुवात गरेपनि स्लोभाकियामाथि ५ गोलको बर्षा गरेको स्पेनले प्रि क्वार्टरफाइनलमा क्रोएसियालाई ५-३ ले हराएको थियो भने स्विट्जरल्याण्डलाई कठिन क्वार्टरफाइनलमा टाई ब्रेकरमा पराजित गरेको थियो ।

युरोपियन फुटबलका दुई पावरहाउसबीच यसअघिका पांच क्लासिक भिडन्तहरु कस्ता छन् त ?

१९९४ बिश्वकप क्वार्टरफाइनलः इटाली २-१ स्पेन

इटाली स्पेन ठूलो स्टेजमा पहिलो पटक १९३४ को बिश्वकपमा भेटेका थिए । क्वार्टरफाइनलमा १-० को जित हात पारेकोइटालीलले त्यसपछि बिश्वकपको उपाधि नै उचालेको थियो ।

६० बर्षपछि दुई टिम अमेरिकामा भएको बिश्वकपमा भिडे । फेरि पनि क्वार्टरफाइनलमा । फक्सबोरो, मासाचुसेट्समा भएकोखेलमा डिनो बाजियोले २५ औं मिनेटमा इटालीलाई अग्रता दिलाएका थिए । दोश्रो हाफको शुरवातमै इटालीका बर्तमान प्रशिक्षक लुई एन्रिके मुख समात्दै ढलेपछि तनावको स्थिति आयो ।

एन्रिकेलाई माउरो टासोट्ीले कुहिनाले हिर्काउदा उनी नाक फुटेर रगत्तामेभएका थिए । पेनाल्टीमा होजे लुईस कामिनेरोले गोल गर्दै बराबरी गरे । तर रोबर्टो बाजियोले अन्तिम समयमा गोल गर्दै इटालीलाई फाइनलसम्म डोर्याए ।

टासोट्टले त्यो समय रेड कार्ड नपाएपनि उनलाई पछि ८ म्याचको लागि प्रतिबन्ध लगाइएको थियो ।

२००८ युरो कप क्वार्टरफाइनलः स्पेन ०-० इटाली (स्पेन टाइब्रेकरमा बिजयी)

बिश्वकप बिजेता इटालीसंग भियनामा भएको खेलअघि स्पेन लगातार पांच प्रमुख प्रतियोगिताको क्वार्टरफाइनलबाट बाहिरिदैआएको थियो । आन्द्रे पिर्लो र जेनारो गाट्टुसो कार्डका कारण खेलका लागि अनुपस्थित भएपछि कमजोर बनेको इटालीले खेललाई अतिरिक्त समयसम्म धकेलेको थियो ।

दुवै पक्षबाट गोल नभएपछि भएको टाई ब्रेकरमा स्पेन गोलकिपर इकर कासियासले ड्यानिएल डे रोस्सी र एन्टोनियो डि नाटालेको प्रहार रोकेका थिउ । सेस्क फाब्रिगासले निर्णायक पेनाल्टीमा गोल गरेपछि इटाली १९८४ को युरो कप फाइनलपछि पहिलो पटक प्रमुख प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको थियो ।

फाइनलमा जर्मनीलाई १-० ले पराजित गर्दै स्पेनले ६ बर्षको बिश्व फुटबलमा आफ्नो आधिपत्यको शुरुवात गरेको थियो ।

२०१२ युरो कप फाइनलः स्पेन ४-० इटाली

एक संस्करण अघिको युरो कपपछि दक्षिण अफ्रिकामा पनि २०१० को बिश्वकप जितेको स्पेन युक्रेन र पोल्याण्डमा भएको २०१२ युरो कपमा ह्याट्रिकका लागि गएको थियो । डान्स्कमा भएको आफ्नो पहिलो खेलमा स्पेनले इटालीसंग १-१ को बराबरी खेल्यो।

आफ्नो समुह चरण जितेको स्पेनले त्यसपछि फ्रान्स र पोर्चुगललाई हराउदै फाइनल प्रवेश गर्यो । इटालीले इंगल्याण्ड र जर्मनीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

तर उपाधिको आशा गरिरहेको इटालीलाई स्पेनले धुलो चटायो । डेभिड सिल्भा, जोर्डी आलबा, फर्नाण्डो टोरेस र जुवान माटाले गोल गर्दै स्पेनलाई लगातार दोश्रो युरो कप र तेश्रो प्रमुख उपाधि दिलाएका थिए ।

२०१६ युरो कप अन्तिम १६ः इटाली २-० स्पेन

बेल्जियमलाई पछि पार्दै आफ्नो समुह बिजेता बनेको इटालीलाईकिभमा व्यहोरेको हारको बदला लिने मौका यस पटक अन्तिम १६ मा थियो । इटाली र स्पेन दुवै २०१४ को बिश्वकपमा समुह चरणबाट बाहिरिएको कारण यो खेलको महत्व दुवैलाई ठूलो थियो ।

पेरिसको स्टाड डे फ्रान्स मा ७६ हजारभन्दा बढी दर्शकको उपस्थितिमा इटालीले बाजी मार्यो । जर्जियो किलिनीको गोलबाट अग्रता पाएको इटालीका लागि गोलकिपर जियनलुइजी बुफोनले केही आकर्षक बचाउहरु गर्दै अग्रतालाई कायमै राखेका थिए ।

ग्राजियानो पेल्लेले गोल गर्दै इटालीलको बदला पुरा गरेका थिए ।

२०१८ बिश्वकप छनोटः स्पेन ३-० इटाली

इटाली र स्पेनबीचको पछिल्लो भेट २०१७ मा बिश्वकप छनोटका लागि थियो । एक बर्ष अगाडी पहिलो लेगमा इटालीलाई टुरिनमै १-१ को बराबरीमा रोकेको स्पेनले घरमा ३-० को शान्दार जित हात पार्यो ।

उक्त जितले स्पेनलाई बिश्वकपमा छनौट गरायो । तर इटाली भने प्लेअफको यात्रामा लाग्यो । प्लेअफमा स्विडेनसंग हारेपछि इटाली १९५८ पछि पहिलो पटक बिश्वकपमा छनौट हुन असफल रह्यो ।

Click to comment

Trending