अन्तर्राष्ट्रिय

म असफल खेलाडीका रुपमा रियल म्याड्रिड छोड्दिन: हाजार्ड 

Published

on

रियल म्याड्रिडका फरवार्ड एडेन हाजार्डले आफू असफल खेलाडीका रुपमा रियल म्याड्रिड नछाड्ने र सन् २०२१-२२ को सिजन आफ्नो लागि बनेको साबित गरेर देखाउने बताएका छन् ।

सन् २०१९ को जुनमा रियलको किर्तिमानी रकम, एक सय मिलियन युरोमा चेल्सीबाट सान्टियागो बर्नाबेउ आएका उनले सबैले आशा गरे जस्तो प्रदर्शन गर्न सकेका छैनन् । धेरै समय बारम्बार दुख दिने चोटका कारण उनि मैदान बाहिर नै बिताउन बाध्य भएका थिए ।

अहिले युरो कपका लागि बेल्जियम टोलीसँग रहे पनि हजार्डले रियलमा रहँदा आफ्नो प्रदर्शनका बारेमा कुण्ठा पोखेका हुन् । “म आफै पिचमा रमाउन चाहन्छु । तर पछिल्ला दुई सिजन रियल म्याड्रिडमा त्यस्तो हुन सकेको छैन,” हाजार्डले भने ।

“यदि तपाईँलाई एक वा दुई पटक चोटले समस्या दियो भने आफ्नो खेलमा खासै फरक पर्दैन । तपाई झन् अझै बलियो र राम्रो भएर मैदानमा फर्कन सक्नु हुन्छ । तर जब तपाई छ सात पटक चोटले ग्रसित हुनुहुन्छ तब तपाईँलाई मैदानमा उच्च प्रदर्शन गर्नका लागि मानसिक रूपले पनि निकै कठिन पर्दछ । तर म अझै राम्रो प्रदर्शन गर्न लागि पर्नेछु ।”

दुई वर्ष देखि सबैले सोचे अनुसारको प्रदर्शन दिन नसक्दा रियल छाड्ने बिषयमा उनी भन्छन्, “अँ हँ छैन । मैले अहिले सम्म एक सेकेन्ड पनि मेरा लागि रियल छाड्नु उचित हुन्छ भनेर सोचेको छैन ।”

“म रियल हरुवा भएर छाड्दिन । म रियलका लागि नै बनेको हो भनेर देखाउन चाहन्छु । पछिल्लो दुई वर्ष मेरा लागि निकै कठिन रह्यो । म रियलमा हुँदा हुँदै पनि रियलमा हुन सकिन ।”

हाजार्डले रियलका लागि सबै प्रतियोगिता गरेर दुई सिजनमा मात्र ४३ खेल खेलेका थिए भने चोटका कारण ६० खेल गुमाउन पुगेका थिए । सन् २०१९-२० को सिजनमा ला लिगा उपाधि चुमेका उनले रियलको लागि पाँच गोल गर्नुका साथै छ असिस्ट गरेका छन् ।  

 

Click to comment

Trending