Euro 2020

स्कटिस फुटबलको ठूलो मञ्चमा बिगतका पांच कथा

Published

on

२३ बर्षपछि स्कटल्याण्ड आफ्नो फुटबल इतिहासको सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा युरो कप खेल्न गइरहेकोछ । स्टिभ क्लार्कको प्रशिक्षणमा रहेको टोली इतिहास बनाउन आतुर छ ।

तर स्कटल्याण्डलाई बिझाउने तथ्य के पनि छ भने उ अहिलेसम्म बिश्वकप अथवा युरो कपको दोश्रो चरणमा समेत स्थान बनाउन सफल भएको छैन । १९७० देखि १९९० सम्म निकै नै राम्रोटोली हुंदा हुदै पनि स्कटल्याण्डको बिश्व फुटबलका ठूलो मञ्चहरुमा चुकेको थियो ।

स्कटल्याण्डले भाग लिएका प्रमुख ठूलो प्रतियोगिताका पांच सुन्ने पर्ने कथाहरु कस्ता छन् त ?

१९७८ – अर्जेन्टिनामा एलिको आर्मी

स्कटिस टिमबाट अपेक्षा र बिश्वकप सहभागिताको हाइप यति धेरै थियो की दक्षिण अमेरिका उड्नु अघि स्कटल्याण्डको टोलीलाई ग्लास्गोको ह्याम्प्डेन पार्कमा हजारौं समर्थकहरुबीच परेड गराइएको थियो ।

आत्मबिश्वासले भरिएका प्रशिक्षक एलि म्याक्लियोडले घर फर्कदा मेडलका साथ आउने अभिव्यक्ति सम्म दिए ।

तर युरोपियन कप बिजेताहरु केन्नी डाल्गलिस र ग्रेम सउनेसको उपस्थितिले हौंसिएकोस्कटल्याण्ड पहिलो खेलमै पेरुसंग ३-१ ले पराजित हुन पुग्यो भने दोश्रोमा इरानसंग १-१ गोलको बराबरीमा रोक्कियो ।

अन्तिम समुह चरणको खेलमा नेदरल्याण्ड्सलाई तीन गोलको अन्तरले पराजित गर्नुपर्ने अवस्थामा आर्चि गेमिलले सम्भवत बिश्वकप इतिहासकै उत्कृष्ट गोल गर्दै स्कटिस टिममा जोश भरिदिए । तर अन्त्यमा ३-२ ले मात्रै खेल जितेपछि स्कटल्याण्ड बाहिरिन पुग्यो ।

१९८२ – नर्रीको ‘टो पोक’

चार बर्षपछि स्कटल्याण्डले स्पेनमा राम्रो शुरुवात गर्दै न्युजिल्याण्डलाई ५-२ को फराकिलो अन्तरले पराजित गर्यो । अर्को टिम प्रतिभाको आधारमा अहिलेसम्मकै उत्कृष्ट मानिएको ब्राजिली टोली थियो । तर खेलमा शुरुवात डण्डी युनाइटेडका डिफेन्डरमार्फत स्कटल्याण्डले थियो ।

डेवि नर्रीले प्रहार गरेको बल टप कर्नरमा लाग्दै गोल भयो । इंग्लिस फुटबल पण्डित जिमी हिल्सले दिएको ‘टो पोक’ (खुट्टाको बुढी औलाले घोचेर गरिएको प्रहार)  को नाम स्कटिस फुटबलमा लामो समयसम्म प्रयोगमा आयो ।

तर ब्राजिलको टोली निकै उत्कृष्ट थियो । उसले ४-१ को सहज जित हात पार्दै स्कटल्याण्डलाई बाहिरको बाटो देखायो भने सोभियत युनियन दोश्रो चरणका लागि छनौट भयो ।

१९८६ – फर्जी फ्लप

म्यानचेस्टर युनाइेटडको व्यवस्थपन सम्हाल्नु अघि जक स्टेनको असामयिक निधनले छोडेको खालीपन भर्दै सर एलेक्स फर्गुसनले १९८६ को बिश्वकपका लागि स्कटल्याण्डको जिम्मेवरी सम्हालेका थिए ।

वेल्स बिरुद्ध १९८५ सेप्टेम्बरमा भएको बिश्वकप छनोटका दौरान स्टेन टचलाइनमै ढलेका थिए भने पछि उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

फर्गुसनले १९८३ को कप विनर्स कपमा एबर्डिनलाई बायर्न म्युनिख र रियल म्याड्रिडबिरुद्ध जित दिलाउदै कुशल व्यवस्थापकको रुपमा आफूलाई स्थापित गरिसकेका थिए ।

तर मेक्सिकोमा भने उनले चमत्कर गरेर देखाउन सकेनन् । डेनमार्क र वेष्ट जर्मनीसंग पराजित भएपछि स्कटल्याण्डलाई अर्को चरणमा पुग्न उरुग्वेबिरुद्ध जित आवश्यक थियो ।

गोर्डन स्ट्राचनमाथि फउल गरेपछि जो बाटिस्टाले ५६ सेकेण्ड भित्रै रातो कार्ड खाएपछि उरुग्वे १० खेलाडीमा सिमित भएको थियो । बिश्वकप इतिहासमा सबैभन्दा चाडै रेड कार्ड खाने किर्तिमान बाटिस्टाले कायम गरेका थिए ।

तर संख्याको फाइदा स्कटल्याण्डले उठाउन सकेन । उसले गोलरहित बराबरी खेल्दै एकपटक फेरि निराशाको सामना गर्यो ।

१९९० – कोस्टा रिकासंग स्तब्ध

फ्रान्सलाई पाखा लगाउदै बिश्वकपमा छनौट भएको स्कटल्याण्डलाई लिएर इटालीमा धेरै अपेक्षा थियो । तर यो अपेक्षा अपेक्षामै सिमित भयो । आफ्नो पहिलो खेलमा स्कटल्याण्ड बिश्वकपमै पहिलो पटक प्रवेश गरेको सानो देश कोस्टा रिकासंग हार्न पुग्यो ।

स्कटल्याण्डले स्विडेनलाई २-१ ले हराउदै पुनरागमन त गर्यो तर ब्राजिलसंग १-० ले हारेपछि उ प्रतियोगिताबाट बाहिरियो ।

१९९६ – गाज्जाको समय

१९९६ को युरो कपपछि स्कटल्याण्ड योपटकको युरोको आफनो दोश्रो समुह चरण खेलमा इंग्ल्याण्डबिरुद्ध वेम्ब्लीमा खेल्दैछ । तर १९९६ को युरो कपमै स्कटल्याण्डलाई नराम्रो झड्का लागेको थियो ।

पहिलो खेलमा नेदरल्याण्ड्सलाई गोलरहित बराबरीमा रोकेको स्कटल्याण्डको आत्मबिश्वास इंग्ल्याण्डबिरुद्ध उच्च थियो । एलेन सियररले अग्रता दिएपछि डेभिड सिम्यानले ग्यारी म्याक्एलिस्टरको पेनाल्टी बचाए ।

तर स्कटल्याण्डलाई पिडा भने उसकै घरेलु फुटबलमा खेलेका पउल गास्कोइन (गाज्जा) को जादुले दिएको थियो । रेन्जर्स मिडफिल्डर गाज्जाले बायां खुट्टाले कोलिन हेन्ड्री माथिबाट बल लग्दै दायांले उत्कृष्ट फिनिसिंग दिएपछि इंग्ल्याण्ड २-० ले बिजयी भयो ।

अन्तिम लिग खेलमा स्विटजरल्याण्डलाई पराजित गरेको स्कटल्याण्ड नेदरल्याण्ड्स इंग्ल्याण्डसंग ४-० लेपछि पर्दासम्म दोश्रो चरणमा जाने तय थियो । तर प्याट्रिक क्लाइभर्टले अन्तिम समयमा गोल गर्दा डच टोली नै प्रि-क्वार्टरफाइनलमा प्रवेश गर्यो ।

Click to comment

Trending