Headline

नेपाल भर्सेस चाइनिज ताइपे: हेड टु हेड, के भन्छन् प्रशिक्षक ?, प्लेयर्स टु वाच र सम्भवित ११

Published

on

नेपाली राष्ट्रिय टोलीले विश्वकप २०२२ र एसियन कप २०२३ को छनोट चरण अन्तर्गत चाइनिज ताइपे विरुद्ध बिहीबार दोस्रो चरणको दोस्रो खेल खेल्दै छ । नेपालले आफ्नो बाँकी रहेका तीन होम खेल कुवेतमा खेल्न लागेको हो ।

नेपालले दोस्रो चराणको पहिलो खेल कुवेत विरुद्ध खेलिसकेको छ जहाँ नेपाल कुवेत विरुद्ध १-० ले पराजित भएको थियो । यस्तै दोस्रो चरणका बाँकी रहेका तीन खेल मद्धे एसियन कप प्लेअफमा पुग्न चाइनिज ताइपे विरुद्धको खेल निकै महत्वपूर्ण छ ।

समुह बि अन्तर्गत रहेको नेपालको तीन अंक रहेको छ । १२ अंक जोडेर शीर्ष स्थानको अस्ट्रेलियाले अहिलेसम्म खेलेका चारै खेलमा जित हात पारेको छ। दोस्रो र तेस्रो स्थानका कुवेत र जोर्डनले समान ५-५ खेल खेल्दा समान १०-१० अंक जोडेका छन् । ताइपे भने बिना कुनै अंक पुछारमा रहेको छ ।

ताइपे बिगतमा बलियो टोली भए पनि अहिले भने उसको प्रदर्शनमा स्थिरता भएको रहेको छैन । ताइपेको टोली १९५४ र १९५८ को एसिएन गेम्सको गोल्ड मेडललिस्ट पनि हो ।

हेड टु हेड

नेपाल र चाइनिज ताइपे दुई पटक मात्र एक अर्कासंग भिडेका छन् । जहाँ नेपालले एकमा जित निकालेको छ भने खेलमा बराबरी खेलेको छ । दुवै खेलमा नेपालले गोल भने गरेको छ । नेपालले २-० ले विश्वकप छनोट चरणको खेल जित्दा अर्को खेल भने १-१ को बराबरीमा खेलेको थियो । अब भने नेपाललाई एसियन कप प्लेअफका लागि चाइनिज ताइपे विरुद्ध जितको आवश्यकता रहेको छ ।

के भन्छन् प्रशिक्षक?

अब्दुल्लाह अल्मुलताइरी, नेपाल

 

नेपाली प्रशिक्षक अब्दुल्लाह अल्मुलताइरीले ताइपे विरुद्ध खेलाडीहरुले पहिले नै खेलेको भए पनि जितका लागि खेल्ने र कुनै टोलीलाई सानो सम्झेर नखेल्ने बताए । “नेपालले चाइनिज ताइपे विरुद्ध पहिले पनि खेलेको छ र हामी जितकै लागि खेल्ने छौँ । यो खेल हाम्रो एसियन प्लेअफको सपनाको लागि निकै महत्वपूर्ण रहेको छ तर हामी कुनै टोलीलाई कमजोर सोचेर भने खेल्ने छैनौँ,” अब्दुलाहले विस्पोर्टजलाई भने ।

 

भोम चा नुम, ताइपे

चाइनिज ताइपेका लागि प्रशिक्षक भने नयाँ आएका भोम चा नुम रहेका छन् । नेपालले ताइपे विरुद्ध पहिलो खेल खेल्दाका बिर्टिस प्रशिक्षक लुइस ल्यानच्यास्टरको कार्यकाल सकिएसँगै चा नुमलाई मुख्य प्रशिक्षकको जिमेवारी दिएको हो ।

“यो मेरो लागि गर्वको बिषय हो कि म ताईवान टोली हेर्दै छु तर मेरो पहिलो उद्देश्य नेपालसँग हुने विश्वकप क्वालिफायरका लागी राम्रो टोली बनाउँदै पहिलो अंक ल्याउने हुने छ,” चा नुमले ताईवान टाइम्स नामक अनलाइनलाई दिएको अन्तर्वातामा भनेका छन् ।

प्लेयर्स टु वाच

चेन पो लियङ, मिड्फिल्डर (चाइनिज ताइपे)

चेन पो लियङ चाइनिज ताइपेका लागि ताईवान बहिरका लिग खेल्ने तीन मद्धे एक खेलाडी हुन् । ताईवानको टोलीमा मल्टाको मोल्टा फुटबल क्लबमा खेल्ने विल डोकिन र चाइनिज लिग वान टोली बेइजिङ बिएसयुमा खेल्ने वेन चिन हाओ अन्य दुई खेलाडी हुन् । यस्तै स्वीडेनको एफसी डुर्श्लोमको यु-१९ टोलीमा खेल्ने मुइगेल स्याण्डबेर्ग पनि टोलीमा छन् ।

चेन पो लियाङ भने विश्वकै महँगो लिग मानिने चाइनिज सुपर लिग क्लब च्याङचुङ यताइबाट खेल्छन् । ३२ वर्षिय चेन पो निकै अनुभवी मिड्फिल्डर हुन् र त्यही कारण पनि उनी ताइपेका लागि प्लेयर्स टु वाच हुन् ।

मनिष डाँगी, मिड्फिल्डर (नेपाल)

इराक विरुद्ध आफ्नो पहिलो सिनियर डेब्युमै गोल गरेका मनिष डाँगी विश्वकप र एसिया कप छनोट भरी नै प्लेयर्स टु वाच हुन् । नेपाल सुपर लिगमा बिराटनगर एफसीबाट खेलेका मनिषले ए डिभिजनमा डेब्यु नै नगरि राष्ट्रिय टोलीमा डेब्यु गर्ने मद्धे कमै खेलाडीको सुचीमा समेत पर्छन् । मनिष दक्षिण कोरियाली युनीभर्सिटीको लिग खेल्ने गरेका थिए ।

सम्भवित ११:

नेपाल:

Click to comment

Trending