राष्ट्रिय

नेपाली खेलाडीहरु सोमपाल, करण, कुशल र पारस सम्मिलित आबु धाबी टि-१० लिग नोभेम्बरमा

Published

on

नेपाली टोलीका तिब्र गतिका बलरद्वय सोमपाल कामी र करण केसी तथा युवा अलराउण्डर कुशल मल्ल सम्मिलित आबु धाबी टि-१० लिगको मिति सार्वजनिक भएको छ । सार्वजनिक गरिएको खेल तालिका अनुसार पाँचौ संस्करणको प्रतियोगिता आगामी नोभेम्बर १९ देखि डिसेम्बर चार सम्म आयोजना हुनेछ ।

यस पटक प्रतियोगिता अघिल्लो संस्करण भन्दा लामो समय सम्म संचालन हुनेछ । अघिल्को संस्करण १० दिन सम्म चलेको थियो भने डिसेम्बर दुई तारिखका दिन युएईको राष्ट्रिय दिवस रहेका कारण यस पटक पाँच दिन बढी अर्थात् १५ दिन चल्ने छ ।

आयोजहरुले प्रतियोगिता भारतमा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकप नोभेम्बर १५ मा सकिने भएका कारण त्यसलाई मध्यनजर गर्दै १९ तारिखबाट सुरु गर्न लागेका हुन् । विश्वकप पछि धेरै विदेशी खेलाडीहरु उपलब्ध हुने भएका कारण यस समय छनोट गरेका हुन् । पाकिस्तानका मोहम्मद हफिज, वेस्ट इन्डिजका निकोलस पुरन र ड्वयन ब्राभो तथा इंग्ल्यान्डका क्रिस जोर्डन जस्ता खेलाडीहरु विश्वकप पछि उपलब्ध हुने आयोजकको आशा रहेको छ ।

त्यस्तै भारतमा बढ्दो कोरोनाका कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले ट्वान्टी ट्वान्टी विश्वकप भारतबाट युएईमा सार्ने प्रवल सम्भावना पनि रहि आएको छ । यदि विश्वकप युएईमा आयोजना भएको खण्डमा खेलाडीहरुले टि-१० लिगका लागि क्वारेन्टिनमा पनि समय बिताउन पर्ने छैन ।

कोरोनाको कारण नै चौथों संस्करणको प्रतियोगिता यसै बर्ष जनावरी-फेब्रुअरीमा आयोजना भएको थियो । जसमा नर्थन वारियर्सले उपाधि चुमेको थियो ।

Click to comment

Trending