Headline

नेपाल सुपर लिगमा आज ‘सुपर स्याटर्डे’

Published

on

नेपाल सुपर लिगको रोमाञ्तकता अन्तिम दिनसम्म समेत कायमै रहने निश्चित भएपनि शनिबार दुई खेलबाट ५ टोलीको भाग्य निर्धारण हुन गइरहेको छ ।

धनगढी एफसी र काठमाडौं रेजर्स प्रतियोगिताको प्ले अफमा प्रवेश गरिसकेका छन् । प्ले अफमा स्थान बनाउने अन्य दुई टोलीको शनिबार नै टुँगो लाग्ने छ भने क्वालिफायरमा स्थान बनाउने एक टोली पनि निर्धारण हुन सक्छ ।

बिराटनगर सिटी एफसी, बुटवल लुम्बिनी एफसी, ललितपुर सिटी एफसी र शनिबार नखेलेपनि पोखरा थण्डर्स प्लेअफको भविष्य निश्चित हुँदै छ ।

बिराटनगर

दिनको पहिलो खेलमा बिराटनगर सिटीले ललितपुरको सामना गर्दैछ । ७ अंक रहेको बिराटनगरले खेलमा जित हात पार्ने हो भने उसले सिधै फाइनलका लागि स्थान बनाउन पनि सक्छ ।

तर यसका लागि दिनको दोश्रो खेलसँगै आइतबार हुने काठमाडौं र एफसी चितवनबीचको खेलको नतिजा कुर्नु पर्ने हुन्छ । बिराटनगरले खेलमा बराबरी गरेपनि प्लेअफमा स्थान बनाउन सक्छ तर त्यसको लागि दोश्रो खेलमा धनगढीले बुटवल लुम्बिनीलाई पराजित गर्नु पर्ने हुन्छ । पोखरा र बिराटनगर दुवै ८ अंकले प्ले अफमा पुग्न सक्छन् ।

यसअघिको खेलमा काठमाडौंसँग सनसनीपूर्ण ५–४ को पराजय व्यहोरेको बिराटनगर उक्त हारका बावजुद पनि उच्च लयमा नै छ । बिराटनगरले शनिबारको खेलमा आफ्नो रक्षापंक्तिमा बिशेष ध्यान दिनु पर्नेछ ।

बुटवल लुम्बिनी

दोश्रो खेलमा धनगढी र बुटवल लुम्बिनी खेल्द्रै छन् । मात्र ५ अंक रहेको बुटवललाई जितबाहेक अन्य कुनै बिकल्प छैन । पहिलो तीन खेलमा राम्रो प्रदर्शन गर्दै आएको बुटवल त्यसपछि भने निकै नै निराशाजनक प्रदर्शन गर्दै आइरहेको छ । बलियो देखिएको धनगढीबिरुद्ध जित हात पार्न उसलाई निकै कठिन हुने निश्चित छ ।

पोखरा थण्डर्समाथि २–० को जितबाट प्रतियोगिताको शुरुवात गरेको बुटवलले बिराटनगर र चितवनसँग बराबरी खेल्दा पनि रामै खेल प्रदर्शन गरेको थियो । तर अहिले भने बुटवलको टिम उल्टो दिशामा गइरहेको छ । अन्य टिम सुधारिदै जाँदा बटुवलको प्रदर्शन भने निरन्तर खस्किरहेको छ ।

बिदेशी खेलाडीहरुको प्रदर्शन औषत छ भने अग्रपंक्ति र मध्यपंक्ति दुवै तर्फ बुटवल प्रतियोगितामै सबैभन्दा कमजोर देखिन थालिसकेको छ ।

ललितपुर सिटी

ललितपुरलाई पनि धगढीलाई जस्तै जित एक मात्र बिकल्प हो । पछिल्लो खेलमा बुटवललाई पराजित गरेको ललितपुरको ६ अंक छ । यद्दपि लिगमा एक मात्र खेलमा पराजय व्यहोर्ने ललितपुर तीन मध्ये एक टोली हो ।

ललिपुरको व्यवस्थापनले चार खेलपछि नै प्रशिक्षक प्रदिप हुँमागाईलाई खराब प्रदर्शन गरेका कारण बर्खास्त गरेको थियो । ललितपुरले त्यसपछि बुटवल लुम्बिनीलाई पराजित गर्नु संयोग पनि हुन सक्छ । तर अर्को तथ्य पनि के पनि रहेको छ भने बुटवल लुम्बिनी एक पटक फेरि पोखरासँग खेल्ने हो भने पनि पराजित हुन सक्छ ।

ललितपुर र बिराटनगरबीचको खेल प्रतियोगिताको दुई उत्कृष्ट आक्रमक टोलीबीचको खेल हो । दुवै टोलीबीचको खेलमा गोलको अपेक्षा गर्न सकिन्छ तर यसअघिको खेलमा पाँच गोल खाएपछि प्रशिक्षक यान ल टिमको रक्षापंक्तितर्फ बिशेष ध्यान दिन पनि सक्छन् ।

धनगढी

धनगढीको लागि शनिबारको खेल उत्तिकै महत्वपूर्ण छ । धनढीले जित हात पार्ने हो भने उसले पहिलो दुई स्थानमा आफ्नो नाम सुरक्षित गर्नेछ । टप टु बीच हुने खेलको बिजेता सोझै फाइनल प्रवेश गर्ने भएकाले धनगढी सिधै फाइनल पुग्ने मनसायम रहनेछ ।

धनगढीलाई तर अग्रपंक्तिका ओलादिपो ओलावाले अफिजको फिटनेसको चिन्ता भने रहनेछ । ओलावले यसअघिको खेलमा आधा घण्टामै मैदान छोडेर निक्लिएका थिए भने उनकै स्थानमा आएका दर्शन गुरुङले शान्दार गोल गर्दै प्लेअफमा स्थान सुरक्षित गरेका थिए ।

पोखरा थण्डर्स

पोखराले लिग चरणका आफ्ना सबै खेल खेलिसकेको छ । शनिबार एक्सनमा नभएपनि दुवै खेल उसको लागि महत्वपूर्ण रहनेछ । हाल ८ अंक रहेको पोखरालाई प्ले अफमा स्थान बनाउन दिनको पहिलो खेलको नतिजा उसको अनुकुल आए पर्याप्त छ ।

बिराटनगर र ललितपुरले बराबरी खेल्ने हो भने पोखरा हेड टु हेडका आधारमा प्ले अफ पुग्नेछ । बराबरीले ललितपुर बाहिरिने छ भने बिराटनगरको पनि समान ८ अंक हुनेछ । लिग चरणमा १–० ले पराजित भएको बिराटनगरलाई पोखराले हेड टु हेडमा पछि पार्नेछ ।

पहिलो खेलमा स्पष्ट नतिजा निक्लिाएको खण्डमा पोखरालाई दोश्रो खेलको नतिजाको पर्खाइ हुनेछ । दोश्रो खेलमा धनगढी जितेको खण्डमा पोखरा छनौट हुनेछ भने बुटवल बिजयी हुने हो भने समान ८ अंक भएपनि पोखरा हेड टु हेडमा बाहिरिनेछ ।

Click to comment

Trending