Headline

डि लिडेको उच्च प्रदर्शनमा नेदरल्याण्ड्सको नेपालमाथि रोमाञ्चक जित

Published

on

कुशल भुर्तेलको बिश्व किर्तिमान र दिपेन्द्र सिँह ऐरिले अद्र्धशतक बनाएपनि बास डि लिडेको आक्रमक इनिङ्गसमा नेदरल्याण्ड्सले नेपाललाई त्रिदेशीय ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखलाको तेश्रो खेलमा तीन विकेटले पराजित गरेको छ

त्रिवि क्रिकेट मैदानमा टस जिति पहिलो ब्याटिङ्ग गरेको नेपालले ६ विकेटको क्षतिमा २ सय ६ रन बनायो जवाफमा डि लिडे र बेन कुपरले अद्र्धशतक बनाएपछि नेदरल्याण्ड्स तीन बल बाकी हुँदा लक्ष्य प्राप्त गर्यो    

इनिङ्गसको शुरुवात देखि नै आक्रमक रुप अपनाएको नेदरल्याण्ड्सले १२ रन प्रति ओभरमा रन बटुलेको थियो मलेसियाबिरुद्ध १ सय ३३ रनको शानदार पारी खेलेका म्याक्स ओ डाउडलाई सन्दिप लामिछानेले पेभिलियन फर्काए पनि नेदरल्याण्ड्सको रन गति रोकिएको थिएन

कुपरले टोबियास भिस (१५) सँग ४१ रनको साझेदारी गर्दै नेदरल्याण्ड्सको इनिङ्गसलाई अगाडी बढाए भने उनले डि लिडेसँग ६८ रनको ठोस साझेदारी गरेका थिए नेपालले त्यसपछि कुपर र नयाँ ब्याट्स्म्यान आर्यन दत्तलाई लगातार पेभिलियन फर्काउदै खेलमा फर्किएको थियो

तर डि लिडेले आक्रमक ब्याटिङ्ग गर्दै नेदरल्याण्ड्सलाई जित नजिक पुर्याएका थिए उनले कप्तान पिटर सिलारसँग ४९ रनको अर्को महत्वपूर्ण पार्टनरसिप गरेका थिए नेदरल्याण्ड्सलाई अन्तिम १८ बलमा ४५ रन चाहिएको अवस्थामा सिलारले सन्दिपलाई लगातार तीन छक्का प्रहार गरेपछि नेपाल पछि परेको थियो

सन्दिपले त्यही ओभरमा सिलारलाई पेभिलियन फर्काए पनि डि लिडेले उत्कृष्ट इनिङ्गसलाई जारी राखेका थिए उनले १९ औं ओभरमा अविनाश बोहोरालाई दुई छक्का र एक चौका प्रहार गर्दा नेदरल्याण्ड्सलाई अन्तिम ६ बलमा ६ रन चाहिएको थियो

करण केसीले गरेको अन्तिम ओभरको पहिलो बलमा एन्टोनियस स्टाल आउट भएपनि डि लिडेले लगातार दुई चौका प्रहार गर्दै जित दिलाएका थिए डि लिडेले ४२ बलमा पाँच छक्का र ७ चौकाको मद्दतमा ८१ रन बनाए यो उनको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय करिअरकै सर्वाधिक ठूलो योगफल हो

कुपरले ३५ बलमा ५५ रन जोड्दा १० चौका प्रहार गरे सिलारले १५ बलमै तीन छक्का र एक चौकाको मद्दतमा ३१ रन ठोकेका थिए नेपालका लागि सन्दिपले चार विकेट लिएपनि ४८ रन खर्चिएका थिए

दर्शकलाई प्रवेश नदिइएको त्रिवि मैदानमा पहिलो पटक कुशल र आसिफ शेखबीच श्रृंखलामा पहिलो पटक ठूलो साझेदारी नबनेपनि नेदरल्याण्ड्सबिरुद्ध अहिलेसम्मकै सर्वाधिक योगफल बनायो यस क्रममा कुशलले ४१ बलमा ६२ र दिपेन्द्रले ३० बलमै ६० रन ठोकेका थिए

कुशल ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय डेब्युमा लगातार तीन अद्र्धशतक बनाउने बिश्वकै पहिलो खेलाडी बने उनले इङ्गल्याण्डका डेविड मलनको किर्तिमान तोडेका हुन् मलनले डेब्यु प्रतियोगितामा लगातार दुई अद्र्धशतक प्रहार गरेका थिए

नेपालले दोश्रो ओभर भित्रै २० रन जोड्दा आसिफलाई शुन्यमै गुमाएको थियो कुशलले सधै जसरी आक्रमक शुरुवात नै दिलाएका थिए त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल र कुशलले दोश्रो विकेटका लागि ४३ रन जोडेका थिए

ज्ञानेन्द्रले १४ बलमा दुई चौका र एक छक्काको मद्दतमा २० रन बनाए दिपेन्द्र र कुशलले नेपालका लागि महत्वपूर्ण साझेदारी गर्दै तेश्रो विकेटका लागि ७८ रन जोडेका थिए दिपेन्द्रले निकै आक्रमक इनिङ्गस खेल्दा कुशल अद्र्धशतक नजिक पुगेपछि सम्हालिएर खेल्न थाले उनले फ्रि हिटमा छक्का प्रहार गर्दै अद्र्धशतक पुरा गरेका

कुशलको इनिङ्गसमा ८ चौका र एक छक्का सामेल थियो दिपेन्द्रले २८ बलमै अद्र्धशतक ठोकेका थिए उनले नेदरल्याण्ड्स कप्तान पिटर सिलारलाई छक्का प्रहार गरेका दिपेन्द्र लगातार तीन छक्का हान्ने धुनमा आउट भए

कुशल मल्ले ७ बलमा १८ रन बनाउदा सबै रन छक्काबाटै बटुलेपछि नेपाल बिशाल योगफलतर्फ अग्रसर भएको थियो नेपालले कुशल र करण केसीलाई दुई रनको अन्तरमा गुमाएपछि अन्तिम ओभर तिर नेदरल्याण्ड्सले इनिङ्गसमा नियन्त्रण राख्न सफल भएको थियो

अन्तिम ओभरमा नेपालले १२ रन जोडेको थियो सोमपाल कामीले १३ बलमा दुई चौका र एक छक्काको मद्दतमा २१ रन बनाए

Click to comment

Trending