Headline
डि लिडेको उच्च प्रदर्शनमा नेदरल्याण्ड्सको नेपालमाथि रोमाञ्चक जित
Published
3 years agoon
By
wesportzकुशल भुर्तेलको बिश्व किर्तिमान र दिपेन्द्र सिँह ऐरिले अद्र्धशतक बनाएपनि बास डि लिडेको आक्रमक इनिङ्गसमा नेदरल्याण्ड्सले नेपाललाई त्रिदेशीय ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखलाको तेश्रो खेलमा तीन विकेटले पराजित गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जिति पहिलो ब्याटिङ्ग गरेको नेपालले ६ विकेटको क्षतिमा २ सय ६ रन बनायो । जवाफमा डि लिडे र बेन कुपरले अद्र्धशतक बनाएपछि नेदरल्याण्ड्स तीन बल बाकी हुँदा लक्ष्य प्राप्त गर्यो ।
इनिङ्गसको शुरुवात देखि नै आक्रमक रुप अपनाएको नेदरल्याण्ड्सले १२ रन प्रति ओभरमा रन बटुलेको थियो । मलेसियाबिरुद्ध १ सय ३३ रनको शानदार पारी खेलेका म्याक्स ओ डाउडलाई सन्दिप लामिछानेले पेभिलियन फर्काए पनि नेदरल्याण्ड्सको रन गति रोकिएको थिएन ।
कुपरले टोबियास भिस (१५) सँग ४१ रनको साझेदारी गर्दै नेदरल्याण्ड्सको इनिङ्गसलाई अगाडी बढाए भने उनले डि लिडेसँग ६८ रनको ठोस साझेदारी गरेका थिए । नेपालले त्यसपछि कुपर र नयाँ ब्याट्स्म्यान आर्यन दत्तलाई लगातार पेभिलियन फर्काउदै खेलमा फर्किएको थियो ।
तर डि लिडेले आक्रमक ब्याटिङ्ग गर्दै नेदरल्याण्ड्सलाई जित नजिक पुर्याएका थिए । उनले कप्तान पिटर सिलारसँग ४९ रनको अर्को महत्वपूर्ण पार्टनरसिप गरेका थिए । नेदरल्याण्ड्सलाई अन्तिम १८ बलमा ४५ रन चाहिएको अवस्थामा सिलारले सन्दिपलाई लगातार तीन छक्का प्रहार गरेपछि नेपाल पछि परेको थियो ।
सन्दिपले त्यही ओभरमा सिलारलाई पेभिलियन फर्काए पनि डि लिडेले उत्कृष्ट इनिङ्गसलाई जारी राखेका थिए । उनले १९ औं ओभरमा अविनाश बोहोरालाई दुई छक्का र एक चौका प्रहार गर्दा नेदरल्याण्ड्सलाई अन्तिम ६ बलमा ६ रन चाहिएको थियो ।
करण केसीले गरेको अन्तिम ओभरको पहिलो बलमा एन्टोनियस स्टाल आउट भएपनि डि लिडेले लगातार दुई चौका प्रहार गर्दै जित दिलाएका थिए । डि लिडेले ४२ बलमा पाँच छक्का र ७ चौकाको मद्दतमा ८१ रन बनाए । यो उनको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय करिअरकै सर्वाधिक ठूलो योगफल हो ।
कुपरले ३५ बलमा ५५ रन जोड्दा १० चौका प्रहार गरे । सिलारले १५ बलमै तीन छक्का र एक चौकाको मद्दतमा ३१ रन ठोकेका थिए । नेपालका लागि सन्दिपले चार विकेट लिएपनि ४८ रन खर्चिएका थिए ।
दर्शकलाई प्रवेश नदिइएको त्रिवि मैदानमा पहिलो पटक कुशल र आसिफ शेखबीच श्रृंखलामा पहिलो पटक ठूलो साझेदारी नबनेपनि नेदरल्याण्ड्सबिरुद्ध अहिलेसम्मकै सर्वाधिक योगफल बनायो । यस क्रममा कुशलले ४१ बलमा ६२ र दिपेन्द्रले ३० बलमै ६० रन ठोकेका थिए ।
कुशल ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय डेब्युमा लगातार तीन अद्र्धशतक बनाउने बिश्वकै पहिलो खेलाडी बने । उनले इङ्गल्याण्डका डेविड मलनको किर्तिमान तोडेका हुन् । मलनले डेब्यु प्रतियोगितामा लगातार दुई अद्र्धशतक प्रहार गरेका थिए ।
नेपालले दोश्रो ओभर भित्रै २० रन जोड्दा आसिफलाई शुन्यमै गुमाएको थियो । कुशलले सधै जसरी आक्रमक शुरुवात नै दिलाएका थिए । त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल र कुशलले दोश्रो विकेटका लागि ४३ रन जोडेका थिए ।
ज्ञानेन्द्रले १४ बलमा दुई चौका र एक छक्काको मद्दतमा २० रन बनाए । दिपेन्द्र र कुशलले नेपालका लागि महत्वपूर्ण साझेदारी गर्दै तेश्रो विकेटका लागि ७८ रन जोडेका थिए । दिपेन्द्रले निकै आक्रमक इनिङ्गस खेल्दा कुशल अद्र्धशतक नजिक पुगेपछि सम्हालिएर खेल्न थाले । उनले फ्रि हिटमा छक्का प्रहार गर्दै अद्र्धशतक पुरा गरेका ।
कुशलको इनिङ्गसमा ८ चौका र एक छक्का सामेल थियो । दिपेन्द्रले २८ बलमै अद्र्धशतक ठोकेका थिए । उनले नेदरल्याण्ड्स कप्तान पिटर सिलारलाई छक्का प्रहार गरेका दिपेन्द्र लगातार तीन छक्का हान्ने धुनमा आउट भए ।
कुशल मल्ले ७ बलमा १८ रन बनाउदा सबै रन छक्काबाटै बटुलेपछि नेपाल बिशाल योगफलतर्फ अग्रसर भएको थियो । नेपालले कुशल र करण केसीलाई दुई रनको अन्तरमा गुमाएपछि अन्तिम ओभर तिर नेदरल्याण्ड्सले इनिङ्गसमा नियन्त्रण राख्न सफल भएको थियो ।
अन्तिम ओभरमा नेपालले १२ रन जोडेको थियो । सोमपाल कामीले १३ बलमा दुई चौका र एक छक्काको मद्दतमा २१ रन बनाए ।
You may like
-
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
-
ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै
-
केन्या माथि नेपालको कीर्तिमानी जित
-
साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा
-
नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय
-
खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित
Headline
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
Published
1 year agoon
October 23, 2022By
wesportzविराट कोहलीले अविजित रहँदै अर्धशतकीय पारी खेल्दा अष्ट्रेलियामा जारी ट्वान्टी ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तान माथि चार विकेटको सनसनीपूर्ण जित हात पारेको छ ।
कोहलीले अविजित रहँदै ८२ रन जोड्दा पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर लक्ष्य पार गर्यो ।
ओपनरद्वय केएल राहुल र कप्तान रोहित शर्मा समान ४-४ रन जोड्दै पेभेलियन फर्किए पनि कोहलीले अर्को छोडबाट रन जोड्दै गत विश्वकपमा पाकिस्तानसँगको हारको बदला लिन सफल रहे । ५३ बलको सामना गरेका कोहलीले छ चौका र चार छक्काको मद्धतमा अविजित रहँदै सर्वाधिक ८२ रन जोडेका हुन् ।
सातौँ ओभरमा ३१ रनमा चार विकेट गुमाएर खराब सुरुवात गरेको भारतको जितमा कोहलीले पाँचौं विकेटका लागि ३७ बलमा ४० रन बनाएका हार्दिक पाण्ड्यासँग मिलेर
७८ बलमा ११३ रनको साझेदारी गरे । भारतका अन्य ब्याटरहरुमा सुर्य कुमार यादव १५, अक्सर पटेल दुई, दिनेश कार्तिक एक तथा रविचन्द्रन आश्विन एक रनमा अविजित रहे ।
पाकिस्तानका ह्यारिस रौफ र मोहम्मद नवाज महँगो सावित रहे पनि समान २-२ विकेट तथा नसिम शाहले चार ओभरमा २३ रन दिएर एक बिकेट हात पारे भने शाहिन शाह अफ्रिदीले चार ओभरमा ३४ रन खर्चंदा विकेट बिहिन रहन पुगे ।
यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दा आठ विकेट गुमाएर १५९ रन मात्र जोड्न सक्यो ।
कप्तान बाबर आजम गोल्डेन डकआउट तथा मोहम्मद रिजवान चार रनमा आउट भए पनि तेश्रो र चौथों नम्बरमा ब्याटिङ गर्न आएका शान मसूद र इफ्तिखर अहमदले अर्धशतकीय पारी खेल्दै पाकिस्तानलाई सम्मानजनक योगफल सम्म डोर्याए । अविजित रहेका मसूदले ४२ बलमा सर्वाधिक ५२ तथा अहमदले ३४ बलमा ५१ रन बनाए ।
पाकिस्तानलाई मध्यम स्कोरमा रोक्ने क्रममा अर्शदिप सिंह र हार्दिक पान्ड्याले समान ३-३ विकेट लिए भने मोहम्मद शामी र भुवनेश्वर कुमारले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।
Headline
आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि
Published
2 years agoon
August 1, 2022By
wesportzआठ पटकको च्याम्पियन जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक महिला युरो कपको उपाधि चुमेको छ । वेम्ब्लीमा भएको फाइनल खेलमा जर्मनी माथि २-१ गोल अन्तरको जित निकाल्दै इंग्ल्यान्डले पहिलो पटक ठुलो प्रतियोगिताको उपाधि हात पार्न सफल भयो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा दुबै टोलीले १-१ गोल गर्दा खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको २० मिनेटमा सब्सटिच्युटमा आएकी क्लोई केलीले गोल गर्दै ८७ हजार एक सय ९२ दर्शक सामु इङ्ल्यान्डलाई उपाधि दिलाएकी हुन् ।
Absolute scenes! ? pic.twitter.com/EV5Wzvf4U3
— Lionesses (@Lionesses) July 31, 2022
दोश्रो हाफको ६२ औँ मिनेटमा एला टोनीले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिएकी थिइन् भने ७९ औँ मिनेटमा लिना मागलले बराबरी गोल गर्दै जर्मनीलाई खेलमा फर्काउन सफल भइन् ।
इंग्लिस फुटबल पुरुष र महिला कुनै पनि टोलीले जितेको यो पहिलो ठुलो ट्रफी हो । यस अघि ५६ वर्ष अघि इङ्ल्यान्डले वेस्ट जर्मनीलाई पराजित गर्दै सन् १९६६ मा आयोजना भएको विश्वकपको उपाधि जितेको थियो ।
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । फाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंकजोडेर शीर्ष स्थानमा छ ।
नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । सेमिफाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंक जोडेर शीर्ष स्थानमा छ । नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।