Headline

युरोपियन सुपर लिग: यो भनेको के हो ? के यसले पुर्णता पाउला ?

Published

on

युरोपका ठुला १२ क्लबहरुले नयाँ युरोपियन सुपर लिगको घोषणा गरेका छन् । युरोपका शिर्ष क्लबहरुले युएफाबाट टाढा जादै आफ्नो नयाँ प्रतियोगिता बनाउने घोषणा गरेका थिए । त्यसइ अनुरुप आईतबार राती युरोपियन लिगको घोषणा भयो ।

पहिलो सिजन अन्य तीन क्लब सहित १२ संस्थापक क्लबहरू खेल्ने आइतबार राती निकालिएको एक विज्ञप्तिमा भनिएको छ ।

युरोपियन लिगको शिर्जना कसरी भयो ?

युरोपका ठुला क्लबहरुले युएफासँग टाढिने निर्णय गरेसँगै आफ्नै नयाँ प्रतियोगिता बनाउने घोषणा गरे जहाँ १२ संस्थपाक क्लबहरुले पैसा लगानी गर्ने छन् ।
शिर्ष क्लबहरुले युएफाको विरुद्धमा जाँदै एक नयाँ युरोपियन प्रतियोगिता गर्ने छन् ।

कुन-कुन क्लब संलग्न छन् ?

प्रिमियर लिगका शिर्ष छ क्लबहरु- म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी, चेल्सी, टोटनह्याम, लिभरपुल र आर्सनल सबै क्लब यस्मा संलग्न रहेका छन् । यस्तै अन्य क्लबहरुमा इटालीबाट एसी मिलान, इन्टर मिलान र युभेन्टस । स्पेनबाट रियल म्याड्रिड र एट्लेटिको म्याड्रिडहरु संस्थापक क्लबका रुपमा रहने छन् । यस्तै जर्मनीबाट बायर्न म्युनिख र फ्रान्सबाट पिएसजीलाई प्रस्ताव राखे पनि उक्त क्लबहरुले युरोपियन सुपर लिग नखेल्ने बताएको बिभिन्न संचार माध्यामहरुले बताएका छन ।

यस्तै अन्य लिगका तीन क्लबहरु पनि उद्घाटन सत्रको अगाडि सामेल हुने बताइएको छ ।

यस्तो कसरी हुन पुग्यो ?

विश्वव्यापी महामारीले विद्यमान यूरोपीयन फुटबलको आर्थिक मोडेलमा अस्थिरताको बढे पछि युरोपका शिर्ष क्लबहरुले युरोपियन सुपर लीगको गठन गर्ने निर्णय गरेका थिए ।

यसबाहेक, धेरै वर्षसम्म, संस्थापक क्लबहरूले प्रत्येक सिजन अवस्थित यूरोपीयन प्रतिस्पर्धाको गुणस्तर सुधार गर्ने, र नियमित क्लबमा प्रतिस्पर्धा गर्न शीर्ष क्लबहरू र खेलाडीहरूको लागि ढाँचा सिर्जना गर्ने बताएका छन् ।

कोरोना महमारीका कारण लामो समय फुटबल बन्द हुँँदा युएफाले क्लबहरुलाई नहेरेको आरोप लाग्दै आएको थियो । त्यस पछि क्लबहरुले एक बैठकमा युरोपियन लिगको सिर्जना गर्ने निर्णय गरेका थिए । युरोपियन लिगका मुख्य योजनाकार रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टइनो पिरेज रहेको संचार मध्यामहरुले जनाएका छन् ।

खेलहरु कसरी हुने छन्?

क्लबहरुले आफ्नो घरेलु लिगहरु खेल्दै युएफा च्याम्पियन्स लिग हुने दिन भने युरोपियन सुपर लिग खेल्ने छन् । सुपर लिगमा ११ संस्थापक सहित पहिलो वर्ष तीन अन्य क्लबहरु पहिलो सिजन खेल्ने छन् । यस्तै सुपर लिगले पाँच टोलीलाई हरेक वर्ष क्वालिफायर्सबाट समुह चरणमा लने छ । कुल २० क्लबले खेल्ने यो प्रतियोगिता दुई समुहमा विवाजित हुँदै ‘होम एन्ड अवे’ को आधारमा एक वर्ष खेलाइने छ ।

“समूह चरण पछि, आठ क्लब नाकआउट प्रतियोगिताको लागि क्वालिफाइ हुनेछन् र त्यस पछि भने सुपर लिग च्याम्पियन्शिप नाम दिदै चार क्लबले प्लेअफ खेल्ने छन्,”सुपर लिगको वेब्साइटले लेखेको छ ।

“खेलहरु सबै मध्यसातामा हुने छ भने क्लबहरुले आफ्नो घरेलु लिग पनि खेल्ने छन्।” वेब्साइटमा उल्लेख छ ।

लिगमा कती लाग्नी छ ?

अमेरिकी बैंक जेपी मोर्गनले यस नयाँ परियोजनाको लागि करीव ५ बिलियन डलर दिने छ ।

के यसले पूर्णता पाउला ?

युरोपियन सुपर लिगको स्थापना भएको केही मिनेटमै युरोपियन फुटबलको सर्वोच निकाय युएफा, प्रिमियर लिग, ला लिगा, सिरी आ सबैले बिज्ञप्ती जारी गर्‍यो । जहाँ लेखिएको थियो,”युएफा इङ्ल्याण्ड फुटबल संघ र प्रीमियर लिग, रोयल स्पेनिश फुटबल संघ (आरएफईएफ) र लालिगा, र इटालियन फुटबल महासंघ (एफआईजीसी) र लेगा सिरी आ का केही क्लबहरू घोषणा गर्ने योजना गर्दै गरिएको युरोपियन सुपर लिगको घोर भर्षना गर्दछ,”

“यो प्रतियोगिताको योजना सफल भएमा क्लबहरुले आफ्नो घरेलु लिग खेल्ने पाउने छैनन् भने खेलाडीहरुले पनि आफ्नो देशका लागि अन्तराष्ट्रिय खेलहरु खेल्ने छैनन्,”बिज्ञप्तीमा लेखिएको छ ।

अब यस्तो अवस्थामा भने यि १२ क्लबहरुले युरोपियन सुपर लिगको घोषणा गरिसक्दा यस्ले भने पूर्णता पाउने हो या हैन त्यो सबै फुटबल समर्थकको बिषय बनेको छ । यो प्रतियोगिताले धनी क्लब अझै धनी र गरीब अझै गरीब हुने पनि संचार मध्यामहरुले बताउदै आएका छन् ।

Click to comment

Trending