लेख

युरोपा लिग राउण्ड अपः युनाइेटडलाई फाइदा, आर्सनल रोक्कियो

Published

on

म्यानचेस्टर युनाइटेड स्पेनिस टोली ग्रानडामाथि २–० को जित हात पार्दै युरोपा लिगको क्वार्टर–फाइनल नजिक पुगेको छ । बुधबार भएको क्वार्टर–फाइनलको पहिलो लेगमा युनाइटेडले अवे मैदानमै सहज जित हात पारेको हो ।

३१ औं मिनेटमा मार्कस रासफोर्डले भिक्टर लिन्डेलोफको लामो बललाई कलेक्ट गर्दै ग्रानडा गोलकिपर रुई सिल्भालाई बिट गरेका थिए । त्यसपछि म्यानचेस्टर सिटीबाट लोनमा आएका याञ्जल हरेरा र रोबर्टो साल्डाडोले ग्रानडाका लागि गोल गर्ने मौका खेर फालेका थिए ।

खेल समाप्त हुनै लाग्दा यान ब्राइसले फाउल गरेपछि प्राप्त पेनाल्टीमा ब्रुनो फर्नान्डेज आफैले त्यसलाई गोलमा परिणत गरेका थिए । दोश्रो लेग एक हप्तापछि हुनेछ र सेमिफाइनलमा प्रवेश गर्ने टोलीले डच टोली आयाक्स अथवा इटालियन क्लब एएस रोमाको सामना गर्नेछ ।

रोमाले पनि अवे खेलमा जित हात पार्दै अर्को क्वार्टर–फाइनलको पहिलो लेगमा आयाक्सलाई २–१ ले हराएको थियो । युनाइटेडले सबै प्रतियोगिता गरेर आफ्नो पछिल्लो १७ खेलमा मात्र एकमा पराजय व्यहोरेको छ ।

अर्को प्रिमियर लिग टोली आर्सनल भने स्लाभिया प्रागसँग घरेलु खेलमै १–१ को बराबरीमा रोक्कियो । निकोलस पेपेले ८६ औं मिनेटमा गोल गरेपछि आर्सनले एक कदम जिततर्फ चालेको थियो तर टोमस होल्सले अतिरिक्त तेश्रो मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

यो क्वार्टर–फाइनलको बिजेताले भिलारियाल र डिनामो जाग्रेबबीचको बिजेतासँग खेल्नेछ । सर्बियन क्लब जाग्रेब पहिलो लेगमा स्पेनिस टोली भिलारियालसँग १–० ले पराजित भयो ।

Click to comment

Trending