लेख
युरोपा लिग राउण्ड अपः युनाइेटडलाई फाइदा, आर्सनल रोक्कियो
Published
4 years agoon
By
wesportzम्यानचेस्टर युनाइटेड स्पेनिस टोली ग्रानडामाथि २–० को जित हात पार्दै युरोपा लिगको क्वार्टर–फाइनल नजिक पुगेको छ । बुधबार भएको क्वार्टर–फाइनलको पहिलो लेगमा युनाइटेडले अवे मैदानमै सहज जित हात पारेको हो ।
३१ औं मिनेटमा मार्कस रासफोर्डले भिक्टर लिन्डेलोफको लामो बललाई कलेक्ट गर्दै ग्रानडा गोलकिपर रुई सिल्भालाई बिट गरेका थिए । त्यसपछि म्यानचेस्टर सिटीबाट लोनमा आएका याञ्जल हरेरा र रोबर्टो साल्डाडोले ग्रानडाका लागि गोल गर्ने मौका खेर फालेका थिए ।
खेल समाप्त हुनै लाग्दा यान ब्राइसले फाउल गरेपछि प्राप्त पेनाल्टीमा ब्रुनो फर्नान्डेज आफैले त्यसलाई गोलमा परिणत गरेका थिए । दोश्रो लेग एक हप्तापछि हुनेछ र सेमिफाइनलमा प्रवेश गर्ने टोलीले डच टोली आयाक्स अथवा इटालियन क्लब एएस रोमाको सामना गर्नेछ ।
रोमाले पनि अवे खेलमा जित हात पार्दै अर्को क्वार्टर–फाइनलको पहिलो लेगमा आयाक्सलाई २–१ ले हराएको थियो । युनाइटेडले सबै प्रतियोगिता गरेर आफ्नो पछिल्लो १७ खेलमा मात्र एकमा पराजय व्यहोरेको छ ।
अर्को प्रिमियर लिग टोली आर्सनल भने स्लाभिया प्रागसँग घरेलु खेलमै १–१ को बराबरीमा रोक्कियो । निकोलस पेपेले ८६ औं मिनेटमा गोल गरेपछि आर्सनले एक कदम जिततर्फ चालेको थियो तर टोमस होल्सले अतिरिक्त तेश्रो मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
यो क्वार्टर–फाइनलको बिजेताले भिलारियाल र डिनामो जाग्रेबबीचको बिजेतासँग खेल्नेछ । सर्बियन क्लब जाग्रेब पहिलो लेगमा स्पेनिस टोली भिलारियालसँग १–० ले पराजित भयो ।
You may like
-
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
-
ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै
-
केन्या माथि नेपालको कीर्तिमानी जित
-
साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा
-
नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय
-
खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित
नेपालले घरेलु टोली केन्या विरुद्धको तेश्रो ट्वान्टी ट्वान्टी खेलमा चार विकेटको कीर्तिमानी जित हात पारेको छ । जितसँगै नेपालले चार खेलको शृंखलामा २-१ को अग्रता पनि लिन सफल भएको छ ।
केन्याले दिएको १५७ रनको लक्ष्य १९ दशमलब तीन ओभर खेल्दै ६ बिकटको नोक्सानीमा लक्ष्य पार गर्यो । नेपालले केन्या पुरा गरेको १५७ रनको सबैभन्दा लक्ष्य हो । यस अघि नेपालले सन् २०१९ मा सिंगापुर विरुद्ध १५२ रनको लक्ष्य पुरा गरेको थियो ।
नेपालको जितमा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रनको पारी खेले भने आजको खेलमा नेपालको तर्फबाट ट्वान्टी ट्वान्टीमा डेब्यु गरेका विकेट किपर तथा ओपनर अर्जुन साउदले ३१ बलमा ३५ रनको योगदान दिए । त्यस बाहेक रोहित कुमार पौडेलले २९, पवन सर्राफले २० तथा आदिल अन्सारी १६ रनको पारी खेले ।
यस अघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा मात्र दुई विकेट गुमाएर १५६ रनको विशाल योगफल खडा गर्यो ।
ओपनरद्वय सुकदिप सिंह आठ तथा कोलिन्स ओबुया १४ रनमा आउट हुँदा केन्या ६ ओभरमा २९ रनको अवस्थामा रहेको थियो । तर त्यस पछि ब्याटिङमा आएका विकेट किपर इरफान करिम र रकिप पटेलले तेश्रो विकेटका लागि ८४ बलमा अविजित १२७ रनको साझेदारी गर्दै केन्यालाई विशाल योगफल सम्म पुर्याए ।
केन्याको तर्फबाट रकिपले ४३ बल खेल्दै समान ५-५ चौका र छक्का प्रहार गर्दै अविजित ७३ रनको पारी खेले भने इरफानले पनि अविजित रहँदै ४७ बलमा ५५ रनको योगदान दिए ।
नेपालको तर्फबाट आदिल अन्सारी र सोमपाल कामीले समान १-१ विकेट लिए भने अन्य बलरहरु महँगो साबित हुँदै विकेट बिहिन रहन पुगे ।आदिलले एक ओभरमा चार रन खर्चिए भने सोमपालले तीन ओभरमा १६ रन मात्र दिए । नेपालका अन्य बलरहरुमा कप्तान सन्दिप लामिछानेले चार ओभरमा ४२ रन खर्चंदा दिपेन्द्र सिंह ऐरीले तीन ओभरमा ३१ तथा करण केसीले तीन ओभरमा २० रन दिन पुगे ।
लेख
साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा
Published
2 years agoon
August 28, 2022By
wesportzयही भदाै २१ देखि असाेज ३ गते सम्म घरेलु मैदानमा आयाेजना हुने छैटौँ साफ महिला च्याम्पियनसिपका लागि नेपाली टाेली घाेषणा भएकाे छ । मुख्य प्रशिक्षक कुमार थापाले शनिवार २३ सदस्यीय टाृली घाेषणा गरेकाे एन्फाले जनाएकाे छ ।
उमेर समूहबाट आएका तीन नयाँ अनुहार समिक्षा घिमिरे, दिपा शाही र अमिशा कार्कीले पहिलाे पटक सिनियर टिममा स्थान बनाएका छन् । यस्तै फरवार्ड रेखा पाैडेलले पनि कमब्याक गरेका छन् ।
समूह बी मा रहेकाे नेपालले भुटानसँग उद्घाटन खेल खेल्नेछ । नेपाल रहेकाे समूह बी तीन टिम मात्र छ । नेपालले श्रीलंकासँग भदाै २८ गते खेल्नेछ । समूह ए मा साविक विजेता भारत, बंगलादेश, पाकिस्तान र माल्दिभ्स छन् । दुवै समूहकाे शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
फिफाले दुई हप्ता पछि नै भारतीय फुटबलमाथि लगाएकाे निलम्बन फुकूवा गरेपछि भारतकाे सहभागिता पनि निश्चित भएकाे छ ।
नेपाली टिमः
गोलकिपरः एन्जिला तुम्बाप्पे सुब्बा, अन्जना रानामगर, उषा नाथ
रक्षकः हिराकुमारी भुजेत, अमृता जैसी, गीता राना, पुनम जर्गामगर, निशा थोकर, समिक्षा घिमिरे, विमला विक
मिडफिल्डरः विमला चौधरी, मन्जलीकुमारी योन्जन, प्रिती राई, सरु लिम्बु, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी
फरवार्डः अमिषा कार्की, रेखा पौडेल, सावित्रा भन्डारी, रश्मीकुमारी घिसिङ
लेख
नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय
Published
2 years agoon
August 28, 2022By
wesportzनेपाल क्रिकेट संघ (क्यान) ले असोज ८ देखि कात्तिक ५ गतेसम्म हुने नेपाल टी२० का लागि खेलाडी दर्ता सुरु गरेको छ । क्यानले शनिवार सामाजिक सञ्जालमार्फत चार मापदण्डसहित खेलाडी दर्ता सुरु भएको जनाएको छ ।
नेपाल टी२० लिगका लागि खेलाडीको विभिन्न तीन क्याटेगोरी तय गरिएको छ । क्याटेगोरी ए का खेलाडीले १५ लाख, क्याटेगोरी बी का खेलाडीले १० लाख र क्याटेगोरी सी का खेलाडीले ५ लाख पाउनेछन् ।
दर्ता गर्न चाहने खेलाडीका लागि चार मापदण्ड क्यानले तयार गरेको छ । लिगका लागि यही अगष्ट ३१ गतेसम्म दर्ता गर्नुपर्ने समयसीमा राखिएको छ । नेपाल टि-२० लिगको अधिकारिक वेबसाइटमा गएर खेलाडीहरुले फारम भर्न पर्नेछ र लिंक यस प्रकार रहेको छ — https://nepalt20.com/player-registration/
यस्ता छन् चार मापदण्ड
– खेलाडीले सन् २०१८ देखि नियमित रुपमा राष्ट्रिय खेलकुद, प्रधानमन्त्री कप तथा मेयर कप खेलेको हुनुपर्ने र औसत भन्दा राम्रो प्रदर्शन गरेको हुनुपर्ने ।
– सन् २०१८ देखि नेपालको यू-१९ टिमका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता तथा शृंखलाहरुमा नेपालको लागि खेलेको हुनुपर्ने ।
– सन् २०१८ देखि सिनियर टोलीका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता तथा सिरिज खेलेका खेलाडीलाई प्राथमिकता दिइने ।
– सन् २०१८ देखि विभिन्न फ्रेन्चाइज लिगमा नियमित खेलेका खेलाडीलाई प्राथमिकता दिइने ।