Headline

बङ्गबन्धुको बदला दशरथ रङ्गशालामा लिने नेपाललाई मौका

Published

on

करीब ६ वर्ष पछि नेपालले घरेलु मैदानमा गएको बिहीबार किर्गिस्तानको यु-२३ टोली विरुद्ध खेल्यो । हुन त त्यो औपचारिक फिफा मन्यता खेल थिएन तर शनिबार नेपाली समय ५:३० बजे भने नेपालले बङ्गलादेश विरुद्ध आफ्नो थ्री नेसन कपको दोस्रो खेल खेल्दै छ । पहिलो खेलमा किर्गिस्तानलाई १-० ले हराँउदै बङ्गलादेश फाइनल पुग्दा नेपाललाई भने अझै जितको खाँचो छ ।

नेपाल र बङ्गलादेश नेपालको भुमीमा करीब ९ वर्ष पछि एक अर्का विरुद्ध खेल्दै छन् । यस अघि बङ्गलादेशमा गएको नोभेम्बरमा भएको मुजिब वर्षो सिरिज अन्तर्गत पहिलो खेलमा २-० ले हारेको नेपाललाई घरेलु भुमीमा त्यस्को बादला लिदैँ फाइनल पुग्ने मौका समेत हुने छ ।

किर्गिस्तान यु-२३ सँगको बराबरी पछि नेपालका प्रशिक्षक बालगोपाल महर्जनले उक्त खेलमा फिनिसिङमा चुके पनि बङ्गलादेश विरुद्ध त्यस्तो नहुने प्रकृया दिएका थिए । “हामी फिनिसिङमा चुक्न पुग्यौँ । कुनै खेलाडीले फाइनल थर्डमा पाएको मौकालाई सदुपायोग गर्न सकेनन् तर आउने खेलमा भने सुधारिएको प्रदर्शन देखिने छ।” उनले भनेका थिए ।

यस्तै बङ्गलादेशी प्रशिक्षक जेमी डे भने फाइनल पुगे पनि नेपाललाई कमजोर प्रदर्शन भने नगर्ने विस्पोर्टजलाई बताउछन् । “हुन त हामी फाइनल पुगिसक्यौँ तर नेपाल विरुद्धको खेलमा हामी कमजोर प्रदर्शन भने गर्ने छैनौँ,” उनले भने ।

बङ्गलादेशले पहिलो खेलको शुरुवाती ११ भन्दा केही फरक खेलाडी उतार्ने पनि उनी बताँउछन् । “हामीले पहिलो खेलमा सुरुमा मौका दिएका खेलाडीहरु छन् उनीहरुलाई यो खेलका लागि सोच्ने बेला आएको छ,” डे ले थपे । उनका अनुसार पहिलो खेलमा शुरुवातमा नखेलेका जमल भुंयान र अनुभववी गोलरक्षक अनिसुर रहमान शुरुवाती ११ मा आउन सक्ने मौका छ ।

कस्तो छ हेड टु हेड ?

नेपाल र बङ्गलादेश अहिले सम्म २१ पटक आमने समाने भएका छन् । नेपालले बङ्गलादेशसँग आफ्नो फुटबल ईतिहासमै सर्वधिक २१ खेल खेलेको छ । जहाँ बङ्गलादेशले १३ खेल जित्दा नेपालले ६ खेल मात्र जितेको छ । यि दुई टोली बिच मात्र दुई खेल बराबरीमा सकिएका छन् । २०१२ सेप्टेम्बर २० मा भएको मैत्रीपूर्ण खेलमा १-१ र २०२० नोभेम्बर १७ मा भएको मुर्जो वर्षो सिरिजको दोस्रो खेल ०-० मा सकिनु बाहेक यि दुई टोलीले अन्य खेल बराबरी खेलेका छैनन् ।

प्लेयर्स टु वाच

रोहित चन्द -डिफेन्डर,नेपाल 

 

बिरलै सेन्टर डिफेन्समा खेल्ने गरेका रोहित चन्द खास डिफेन्सिभ मिड्फिल्डर हुन तर पहिलो खेलमा किर्गिस्तान यु-२३ विरुद्ध अनन्त तमाङसँग साझेदारी गर्दै नेपालको अन्तिम डिफेन्सको रुपमा उनी निकै उत्कृष्ट देखिन्थे । इन्डोनेसियन लिग खेल्ने गरेका रोहितको लामो पास, थ्रु बल र पिङ पासहरु आफ्नो टिम सदस्यको ठ्याक्कै अगाडी झर्ने गर्छ । बङ्गलादेश विरुद्ध पनि रोहितको उस्तै प्रदर्शनको आशा गर्न सकिन्छ ।

सोहेल राना- मिड्फिल्डर, बङ्गलादेश

प्रशिक्षक जेमी डे का अनुसार बङ्गलादेश टोलीमा सबै भन्दा मिहिनेती खेलाडी हुन सोहेल राना । कप्तान जमाल भुंयान भारतको शिर्ष डिभिजनको आई-लिगमा लामो सिजन बिताएर आए पछि पहिलो खेलमा बिश्राम गर्दा प्रशिक्षकले रानालाई कप्तान बनाएका थिए । घरेलु फुटबलमा अबहानी लिमिटेडबाट खेल्ने यि २५ वर्षिय मिड्फिल्डरलाई निकै प्रभावशाली खेलाडी मानिन्छ । डिफेन्सिभ मिड्फिल्डरको रुपमा खेल्न सक्ने सोहेल राना र भुंयानको साझेदरीले बङ्गलादेशको मिड्फिल्ड झनै बलियो देखिन्छ ।

सम्भावित शुरुवाती ११ : नेपाल

बङ्गलादेश:

Click to comment

Trending