Headline

नेपाललाई एसिया कपसम्म डोर्याउन चाहन्छन् प्रशिक्षक ग्यारी फिलिप्स

Published

on

सन् २०१० अघि नेपाली महिला फुटबल सेलाएको महसुस भएको थियो १९९९ मा एसियन गेम्स खेले यता एक दशक कुनै खेल नखेलेको महिला टोली सन् २०१० देखि भने चलायमान बन्यो, ढाकामा भएको दक्षिण एसियाली खेलकुदमार्फत  

एक दशकअघि भएको त्यो शुरुवातका सारथी जमुना गुरुङ र अनु लामा थिए गोल गर्ने एकपछि अर्को किर्तिमान भँग गर्दा उनीहरुको नामले नै महिला फुटबल कम्तिमा नेपालमा स्थापित हुन सफल भयो दिपा अधिकारी, भागवती थापा, निरु थापा लगायतका खेलाडीहरु त्यो शुरुवातको महत्वपूर्ण अंश थिए

यो शुरुवातमा प्रशिक्षक ध्रुव केसी रहे उनले ढाका साग र साफ च्याम्पियनशिपमा नेपाललाई उपबिजेता बनाए त्यसको दुई बर्षपछि श्रीलंकामा भएको साफ च्याम्पियनशिपमा किशोर केसीले पनि नेपाललाई उपबिजेता बनाए

यो क्षेत्रमा भारतको उपस्थितिका कारण नेपाल उपाधि बिहिन रहन पुगे पनि दुवै टोली परस्पर रुपमा प्रगति गर्दै आएका छन् ठूलो जनसंख्या र राम्रो घरेलु संरचनाका कारण भारतले यसको फाइदा उठाउदै आएको छ भारत नहुने हो भने नेपाल दक्षिण एसियाली क्षेत्रको महिला फुटबलको महारथी हुने थियो

महिला फुटबलले ईतिहास देखि आजको दिन सम्म आइपुग्दा नेपाल साफ च्याम्पियनसिप, दक्षिण एसियाली खेलकुद, हिरो उमन्स गोल्डकप र किर्गिस्तानमा नदेज्दा गोल्ड कप गरी ९ पटक उपबिजेतामा सिमित भएको छ

तर बिहीबारबाट भने नेपाली महिला फुटबलले एक नयाँ अध्यायको शुरुवात गरेको छ त्यो अध्यायका लेखक रहने छन् नवनियुक्त प्रशिक्षक ग्यारी फिलिप्स अखिल नेपाल फुटबल संघको टेक्निकल डिरेक्टरको रुपमा ३१ अक्टोबर,२०१९ मा नियुक्त भएका अष्ट्रेलियन फिलिप्सलाई बिहीबार मात्र प्रशिक्षकको जिम्मेवारी दिइएको छ

पक्कै पनि फिलिप्सको नियुक्ति नेपाली महिला फुटबलको लागि निकै ठुलो कुरा हो यसअघि उनले पपुवा न्युगिनीको राष्ट्रिय महिला टोली सम्हालेका थिए उनले फिलिपिन्स र दक्षिण पुर्व एसियाका धेरै देशको फुटबल बिकासमा काम गरिसकेका छन् । 

यस्तै मलेसियाको शीर्ष डिभिजन क्लबको टेक्निकल डिरेक्टरको भुमिका निर्वाह गर्दा अष्ट्रेलियन उमन्स लिग टोली न्युकासल जेट्सको सहायक प्रशिक्षक रहिसकेका छन्

नेपाली राष्ट्रिय महिला टोलीका नवनियुक्त प्रशिक्षक ग्यारी फिलिप्स

फिलिप्सको यो अनुभाव नेपाली महिला फुटबलको लागि स्तर बृद्धि गर्ने अवसर पनि हो उनी आफै आफ्नो अनुभावबाट नेपाली फुटबललाई धेरै कुरा दिन सक्ने बताउँछन् मेरो प्रमुख लक्ष्य भनेकै महिला टोलीको स्तर बृद्धि गर्नु हो र अर्कै उचाइमा पुर्याउने पनि,” उनले भने यो मैले चाहेको काम पनि थियो आज त्यो अवसर जुरेको छ यसलाई म निकै जिम्मेवारीपुर्वक निभाउने छु

नेपाली महिला टोली हाल फिफा बरियतामा ९२ औ स्थानमा रहेको छ दक्षिण एसियामा भने सधैं जसो भारत विरुद्ध पराजय भने भोग्ने नेपालका लागि फिलिप्सको नियुक्तिले नयाँ युगको शुरुवात हुन सक्ने छ

अधुनिक फुटबल, ट्याक्टिकल र टेक्निकल फुटबलमा निकै कमजोर रहेको महिला टोलीलाई छुट्टै स्तरमा पुर्याउन आफ्नो सक्दो मिहिनेत गर्ने फिलिप्स बताउछन्

फुटबल एउटा टिम गेम हो आधुनिक फुटबलमा ट्याक्टिकल र टेक्निकल पक्षको सुधार्न मैदानमा मात्र नभएर मेरो ब्याकरुम टोलीले मिहिनत गर्ने छ म जादुगर त होइन तर बिस्तारै महिला फुटबल बिकास हुनेमा म निकै आशावादी छु,” उनले थपे

प्रशिक्षक ग्यारी फिलिप्स

दक्षिण एसियाली महिला फुटबलमा नेपाली महिला खेलाडीहरुको औषत उमेर २३ दशमलव ३० रहेको छ फिलिप्स आफै पनि त्यसलाई निकै राम्रो मान्छन् उनी युवा खेलाडीहरुले गर्दा नेपाली फुटबलको बिकासमा निकै फाईदा पुग्ने बताउछन्

गएको महिला लिगमा हेर्ने हो भने निकै युवा खेलाडीहरु देखिन्थे नेपाली राष्ट्रिय टोलीको हकमा त्यो निकै सकारात्मक कुरा हो सानो उमेरमै फुटबल खेलेपछि खेलाडीहरुले खेल्न सक्ने उमेरसम्म फुटबलबाट टाढा रहनु पर्दैन,” उनले भने

फिलिप्सले एउटा सपना बोकेर हिडेका छन्, नेपाललाई एसिया कप खेलाउने यो नै उनको प्रमुख लक्ष्य रहेको छ मसँग अझै १२ महिना छ अहिलेको टोलीलाई प्रशिक्षण गराउदै अगाडी बढाउन हाम्रो मुख्य लक्ष्य नै सम्पूर्ण शक्ति अर्को चरणमा प्रवेश गर्नका लागि हुनेछ यदि एसिया कपमा छनोट हुन सक्ने हो भने अबको आउने पुस्ताले पनि त्यसलाई निरन्तरता दिनको लागि राम्रो आधार खडा हुन सक्नेछ,” फिलिप्स भन्छन्

Click to comment

Trending