Headline
नेपाललाई एसिया कपसम्म डोर्याउन चाहन्छन् प्रशिक्षक ग्यारी फिलिप्स
Published
4 years agoon
सन् २०१० अघि नेपाली महिला फुटबल सेलाएको महसुस भएको थियो । १९९९ मा एसियन गेम्स खेले यता एक दशक कुनै खेल नखेलेको महिला टोली सन् २०१० देखि भने चलायमान बन्यो, ढाकामा भएको दक्षिण एसियाली खेलकुदमार्फत ।
एक दशकअघि भएको त्यो शुरुवातका सारथी जमुना गुरुङ र अनु लामा थिए । गोल गर्ने एकपछि अर्को किर्तिमान भँग गर्दा उनीहरुको नामले नै महिला फुटबल कम्तिमा नेपालमा स्थापित हुन सफल भयो । दिपा अधिकारी, भागवती थापा, निरु थापा लगायतका खेलाडीहरु त्यो शुरुवातको महत्वपूर्ण अंश थिए ।
यो शुरुवातमा प्रशिक्षक ध्रुव केसी रहे । उनले ढाका साग र साफ च्याम्पियनशिपमा नेपाललाई उपबिजेता बनाए । त्यसको दुई बर्षपछि श्रीलंकामा भएको साफ च्याम्पियनशिपमा किशोर केसीले पनि नेपाललाई उप–बिजेता बनाए ।
यो क्षेत्रमा भारतको उपस्थितिका कारण नेपाल उपाधि बिहिन रहन पुगे पनि दुवै टोली परस्पर रुपमा प्रगति गर्दै आएका छन् । ठूलो जनसंख्या र राम्रो घरेलु संरचनाका कारण भारतले यसको फाइदा उठाउदै आएको छ । भारत नहुने हो भने नेपाल दक्षिण एसियाली क्षेत्रको महिला फुटबलको महारथी हुने थियो ।
महिला फुटबलले ईतिहास देखि आजको दिन सम्म आइपुग्दा नेपाल साफ च्याम्पियनसिप, दक्षिण एसियाली खेलकुद, हिरो उमन्स गोल्डकप र किर्गिस्तानमा नदेज्दा गोल्ड कप गरी ९ पटक उपबिजेतामा सिमित भएको छ ।
तर बिहीबारबाट भने नेपाली महिला फुटबलले एक नयाँ अध्यायको शुरुवात गरेको छ । त्यो अध्यायका लेखक रहने छन् नवनियुक्त प्रशिक्षक ग्यारी फिलिप्स । अखिल नेपाल फुटबल संघको टेक्निकल डिरेक्टरको रुपमा ३१ अक्टोबर,२०१९ मा नियुक्त भएका अष्ट्रेलियन फिलिप्सलाई बिहीबार मात्र प्रशिक्षकको जिम्मेवारी दिइएको छ ।
पक्कै पनि फिलिप्सको नियुक्ति नेपाली महिला फुटबलको लागि निकै ठुलो कुरा हो । यसअघि उनले पपुवा न्युगिनीको राष्ट्रिय महिला टोली सम्हालेका थिए । उनले फिलिपिन्स र दक्षिण पुर्व एसियाका धेरै देशको फुटबल बिकासमा काम गरिसकेका छन् ।
यस्तै मलेसियाको शीर्ष डिभिजन क्लबको टेक्निकल डिरेक्टरको भुमिका निर्वाह गर्दा अष्ट्रेलियन उमन्स लिग टोली न्युकासल जेट्सको सहायक प्रशिक्षक रहिसकेका छन् ।
फिलिप्सको यो अनुभाव नेपाली महिला फुटबलको लागि स्तर बृद्धि गर्ने अवसर पनि हो । उनी आफै आफ्नो अनुभावबाट नेपाली फुटबललाई धेरै कुरा दिन सक्ने बताउँछन् । “मेरो प्रमुख लक्ष्य भनेकै महिला टोलीको स्तर बृद्धि गर्नु हो र अर्कै उचाइमा पुर्याउने पनि,” उनले भने । “यो मैले चाहेको काम पनि थियो । आज त्यो अवसर जुरेको छ । यसलाई म निकै जिम्मेवारीपुर्वक निभाउने छु ।“
नेपाली महिला टोली हाल फिफा बरियतामा ९२ औ स्थानमा रहेको छ । दक्षिण एसियामा भने सधैं जसो भारत विरुद्ध पराजय भने भोग्ने नेपालका लागि फिलिप्सको नियुक्तिले नयाँ युगको शुरुवात हुन सक्ने छ ।
अधुनिक फुटबल, ट्याक्टिकल र टेक्निकल फुटबलमा निकै कमजोर रहेको महिला टोलीलाई छुट्टै स्तरमा पुर्याउन आफ्नो सक्दो मिहिनेत गर्ने फिलिप्स बताउछन् ।
“फुटबल एउटा टिम गेम हो । आधुनिक फुटबलमा ट्याक्टिकल र टेक्निकल पक्षको सुधार्न मैदानमा मात्र नभएर मेरो ब्याकरुम टोलीले मिहिनत गर्ने छ । म जादुगर त होइन तर बिस्तारै महिला फुटबल बिकास हुनेमा म निकै आशावादी छु,” उनले थपे ।
दक्षिण एसियाली महिला फुटबलमा नेपाली महिला खेलाडीहरुको औषत उमेर २३ दशमलव ३० रहेको छ । फिलिप्स आफै पनि त्यसलाई निकै राम्रो मान्छन् । उनी युवा खेलाडीहरुले गर्दा नेपाली फुटबलको बिकासमा निकै फाईदा पुग्ने बताउछन् ।
“गएको महिला लिगमा हेर्ने हो भने निकै युवा खेलाडीहरु देखिन्थे । नेपाली राष्ट्रिय टोलीको हकमा त्यो निकै सकारात्मक कुरा हो । सानो उमेरमै फुटबल खेलेपछि खेलाडीहरुले खेल्न सक्ने उमेरसम्म फुटबलबाट टाढा रहनु पर्दैन,” उनले भने ।
फिलिप्सले एउटा सपना बोकेर हिडेका छन्, नेपाललाई एसिया कप खेलाउने । यो नै उनको प्रमुख लक्ष्य रहेको छ । “मसँग अझै १२ महिना छ अहिलेको टोलीलाई प्रशिक्षण गराउदै अगाडी बढाउन । हाम्रो मुख्य लक्ष्य नै सम्पूर्ण शक्ति अर्को चरणमा प्रवेश गर्नका लागि हुनेछ । यदि एसिया कपमा छनोट हुन सक्ने हो भने अबको आउने पुस्ताले पनि त्यसलाई निरन्तरता दिनको लागि राम्रो आधार खडा हुन सक्नेछ,” फिलिप्स भन्छन् ।
गौरव फुयाल नेपाली खेल्कुद पत्रकारितामा नयाँ नाम हो । उनी फुटबल विश्लेषक हुन् । उनले बिशेष गरि फुटबलबारे लेख्ने गर्दछन।
You may like
-
थ्री नेसन्स कपका बिजेता खेलाडी प्रधानमन्त्री द्वारा सम्मानित
-
एन्फाले गर्यो मुख्य प्रशिक्षक अल्मुताइरीको सम्झौता नविकरण
-
एएफसी यु-२३ एसियन कप छनोट: कठिन समुहमा नेपाली टोली
-
रोक्किएको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु
-
युवा मिड्फिल्डर श्यान्शु सातदोबाटो क्लबमा
-
साफ च्याम्पियनशिप अझै अनिश्चित, भुटान नाम फिर्ता लिँदै
Headline
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
Published
2 years agoon
October 23, 2022By
wesportzविराट कोहलीले अविजित रहँदै अर्धशतकीय पारी खेल्दा अष्ट्रेलियामा जारी ट्वान्टी ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तान माथि चार विकेटको सनसनीपूर्ण जित हात पारेको छ ।
कोहलीले अविजित रहँदै ८२ रन जोड्दा पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर लक्ष्य पार गर्यो ।
ओपनरद्वय केएल राहुल र कप्तान रोहित शर्मा समान ४-४ रन जोड्दै पेभेलियन फर्किए पनि कोहलीले अर्को छोडबाट रन जोड्दै गत विश्वकपमा पाकिस्तानसँगको हारको बदला लिन सफल रहे । ५३ बलको सामना गरेका कोहलीले छ चौका र चार छक्काको मद्धतमा अविजित रहँदै सर्वाधिक ८२ रन जोडेका हुन् ।
सातौँ ओभरमा ३१ रनमा चार विकेट गुमाएर खराब सुरुवात गरेको भारतको जितमा कोहलीले पाँचौं विकेटका लागि ३७ बलमा ४० रन बनाएका हार्दिक पाण्ड्यासँग मिलेर
७८ बलमा ११३ रनको साझेदारी गरे । भारतका अन्य ब्याटरहरुमा सुर्य कुमार यादव १५, अक्सर पटेल दुई, दिनेश कार्तिक एक तथा रविचन्द्रन आश्विन एक रनमा अविजित रहे ।
पाकिस्तानका ह्यारिस रौफ र मोहम्मद नवाज महँगो सावित रहे पनि समान २-२ विकेट तथा नसिम शाहले चार ओभरमा २३ रन दिएर एक बिकेट हात पारे भने शाहिन शाह अफ्रिदीले चार ओभरमा ३४ रन खर्चंदा विकेट बिहिन रहन पुगे ।
यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दा आठ विकेट गुमाएर १५९ रन मात्र जोड्न सक्यो ।
कप्तान बाबर आजम गोल्डेन डकआउट तथा मोहम्मद रिजवान चार रनमा आउट भए पनि तेश्रो र चौथों नम्बरमा ब्याटिङ गर्न आएका शान मसूद र इफ्तिखर अहमदले अर्धशतकीय पारी खेल्दै पाकिस्तानलाई सम्मानजनक योगफल सम्म डोर्याए । अविजित रहेका मसूदले ४२ बलमा सर्वाधिक ५२ तथा अहमदले ३४ बलमा ५१ रन बनाए ।
पाकिस्तानलाई मध्यम स्कोरमा रोक्ने क्रममा अर्शदिप सिंह र हार्दिक पान्ड्याले समान ३-३ विकेट लिए भने मोहम्मद शामी र भुवनेश्वर कुमारले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।
Headline
आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि
Published
2 years agoon
August 1, 2022By
wesportzआठ पटकको च्याम्पियन जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक महिला युरो कपको उपाधि चुमेको छ । वेम्ब्लीमा भएको फाइनल खेलमा जर्मनी माथि २-१ गोल अन्तरको जित निकाल्दै इंग्ल्यान्डले पहिलो पटक ठुलो प्रतियोगिताको उपाधि हात पार्न सफल भयो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा दुबै टोलीले १-१ गोल गर्दा खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको २० मिनेटमा सब्सटिच्युटमा आएकी क्लोई केलीले गोल गर्दै ८७ हजार एक सय ९२ दर्शक सामु इङ्ल्यान्डलाई उपाधि दिलाएकी हुन् ।
Absolute scenes! ? pic.twitter.com/EV5Wzvf4U3
— Lionesses (@Lionesses) July 31, 2022
दोश्रो हाफको ६२ औँ मिनेटमा एला टोनीले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिएकी थिइन् भने ७९ औँ मिनेटमा लिना मागलले बराबरी गोल गर्दै जर्मनीलाई खेलमा फर्काउन सफल भइन् ।
इंग्लिस फुटबल पुरुष र महिला कुनै पनि टोलीले जितेको यो पहिलो ठुलो ट्रफी हो । यस अघि ५६ वर्ष अघि इङ्ल्यान्डले वेस्ट जर्मनीलाई पराजित गर्दै सन् १९६६ मा आयोजना भएको विश्वकपको उपाधि जितेको थियो ।
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । फाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंकजोडेर शीर्ष स्थानमा छ ।
नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । सेमिफाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंक जोडेर शीर्ष स्थानमा छ । नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।