Headline

थोमस टुचेलः पावर गेम र दूरदर्शी

Published

on

थोमस टुचेल युरोपियन फुटबलमा एक ठूलो नाम हो । ४७ वर्षिय टुचेललाई धेरैले खेलाडीमाथि नियन्त्रण गर्न सक्ने, पवर गेमका प्रयोगकर्ता र रणनीतिक दूरदर्शीको रुपमा लिने गरेका छन् ।

दुई वर्ष फ्रेन्च महारथी पेरिस सेन्ट जर्माइनमा बिताए पछि गएको डिसेम्बरमा स्पोर्टिङ डिरेक्टर लियोनार्डोसँग लामो कलहपछि उनी क्लबबाट बर्खास्त भएका थिए ।

पिएसजीमा रहदा स्टार खेलाडीले भरिएको टोलीलाई राम्रो स्थानमा पुर्याउन नसकेको आरोप टुचेल माथि थियो । तर उनले पिएसजीलाई क्लबको ईतिहासमै पहिलो पटक गत सिजन च्याम्पियन्स लिग फाइनल समेत पुर्याए भने लगतार घरेलु उपाधिहरु प्नि जिताएका थिए ।

टुचेलले पिएसजीमा देखाएको ‘ट्याक्टिकल क्वालिटी’ निकै आकर्षक थियो । टुचेलको खेलहरुमा रेकर्ड पनि राम्रै रह्यो र त्यही कारण पनि चेल्सीले उनलाई फ्रांक लामपार्डको बर्खास्ती पछि क्लबमा नयाँ प्रशिक्षकको रुपमा भित्र्याएको छ ।

२०१७ मा पनि चेल्सीले इटालियन प्रशिक्षक एन्टोनियो कोन्टेलाई बर्खास्त गर्दा चेल्सी आउने हल्लामा रहेका टुचेलले यस सिजनको मध्यमा स्ट्यामफोर्ड ब्रिजबाट आएको प्रस्तावलाई स्विकार गर्दै प्रिमियर लिग आउन राजी भए ।

टुचेलले स्ट्यामफोर्ड ब्रिजमा पाएको जागिरलाई इङ्गल्याण्डमा आफूलाई प्रमाणीत गर्ने लक्ष्यको रुपमा हेर्दै छन् । जर्मनी छोडेर आएका दुई प्रशिक्षक पेप ग्वार्डियोला र योर्गेन क्लोपले देखाएको जस्तो प्रभाव देखाउन पनि टुचेल आतुर देखिन्छन् ।

राम्रो बिचार भएका उत्कृष्ट प्रशिक्षक

टुचेलले आफ्नो सिनियर करिअरको दौरान निकै अनुभव बटुलेका छन् । बुन्डेसलिगाको सानो क्लब माइन्जबाट आफ्नो प्रशिक्षण करिअर शुरु गरेका उनले बोरुसिया डर्टमण्ड हुँदै पिएसजीमा समेत काम गरेका छन् ।

गएको समर विन्डोमा २ सय मिलियन पाउन्ड खर्च गरे पनि जहिल्ये चेल्सीको खेल रणनीतिमा उठ्ने गरेको प्रश्नमा टुचेलले पूर्णबिराम लगाउन सक्ने अपेक्षा गरिएको छ । लाम्पार्डको कार्यकालमा धेरै खेलाडीले ‘कम्युनिकेसन ग्याप’ र रणनैतिक अभावको गुनासो गरेका थिए तर टुचेलको आगमन पछि चेल्सीमा नयाँ युगको शुरुवात हुने मनिएको छ ।

टुचेललाई आफ्नो विचारहरू कार्यान्वयन गर्न नहिच्किचाउने प्रशिक्षकको रुपमा लिइने गरेको छ । उनी आफ्नो रणनीति बोर्ड र खेल दुवैमा देखाउन सक्षम छन् । उनी आफ्नो अघिल्लो क्लबहरूमा आफै डाइट योजनाहरू बनाउँथे, खेलाडीहरू सुते–नसुतेको निगरानी समेत गर्ने गर्छन् ।

उनले पहिले काम गरेको क्लबहरुमा आफै एनलाइटिक्स बिभागको शुरुवातमा र स्काउटिंग प्रकृयामा परिवर्तन गरेका थिए र त्यही कारण पनि उनलाई राम्रो बिचार भएको प्रशिक्षक मध्ये पर्छन् ।

क्लब बोर्डसँगको चिसो सम्बन्ध

टुचेल जिद्दी प्रशिक्षकको रुपमा चिनिने गर्छन् । उनी जुन क्लब पुगेका छन् त्यहाको बोर्डसँग कहिल्यै राम्रो सम्बन्ध बनाउन सकेनन् । माइन्ज, डर्टमण्ड र पिएसजी सबै क्लबको बोर्डसँग उनको कहिले राम्रो सम्बन्ध रहेन । अझै डर्ट्मण्डमा त उनले हेड स्काउट स्वेन मिसलिन्टैटलाई प्रतिबन्ध नै गरेका थिए ।

धेरै प्रशिक्षकहरु नरुचाउने चेल्सीको बोर्डका लागि टुचेललाई धेरै समय दिने आशा गरिएको छ । चेल्सीका मालिक रोमन अब्राहिमोभिच आँफै पनि टुचेलका समर्थक हुन् । चेल्सीकी स्पोर्टिङ्ग डिरेक्टर मरिया ग्रनोवस्किया त टुचेललाई २०१७ मै क्लब भित्र्याउन पर्छ भन्ने मध्येकी एक थिइन् । सधैं क्लब सँग झगडामा मुछिने टुचेलका लागि चेल्सी बोर्डसँग सम्बन्ध भने हेर्न बाँकी छ ।

Click to comment

Trending