Headline

स्पेनिस कपमा स्तब्ध रियलको ला लिगामा उत्कृष्ट पुनारगमन

Published

on

स्पेनिस कपमा तेश्रो श्रेणीको एल्कोयानोसँग स्तब्ध हुदै बाहिरिएको रियल म्याड्रिडले ला लिगामा आल्भेसलाई फराकिलो अन्तरले पराजित गर्दै सुखद पुनरागमन गरेको छ ।

शनिबार राति भएको खेलमा करिम बेन्जेमाले दुई गोल गरेपछि रियलले रेलिगेसन जोनबाट ठ्याक्कै एक स्थान माथि रहेको आल्भेसलाई ४–१ ले हरायो । जितपछि रियलले पहिलो स्थानको एट्लेटिको म्याड्रिडसँग चार अंकको दुरी बनाएको छ । दुई खेल कम खेलेको एट्लेटिकोको ४४ र १९ खेलबाट रियलको ४० अंक रहेको छ ।

सेभिया ३६ अंकका साथ ३६ र बार्सिलोनाको ३४ अंक रहेको छ ।

अवे खेलमा रियलले कासिमेरोको हेडरमार्फत १५ मिनेटमै अग्रता लिएको थियो । ४१ औ मिनेटमा बेन्जेमाले दोश्रो गोल गरे भने इन्जुरी समय एडिन हजार्डले गोल गर्दा रियल पहिलो हाफमै ३–० को अग्रता लिन सफल भएको थियो ।

दोश्रो हाफको शुरु भएको १५ मिनेटपछि नै आल्भेसले जोसेलुको गोलमार्फत रियलसँगको दुरी दुई गोलमा छोट्याएको थियो तर ७० औं मिनेटमा लुका मोड्रिचको पासमा बेन्जेमाले अर्को गोल गरेका थिए । ला लिगामा यो सिजन बेन्जेमाले ७ गोल गरेका छन् ।

सर्वाधिक गोल गर्ने खेलाडीहरुको सुचीमा बार्सिलोना स्टार लियोनल मेस्सी ११ गोलका साथ अग्र स्थानमा रहेका छन् । मेस्सीका पुर्व बार्सिलोना टिम मेट तथा एट्लेटिको म्याड्रिडका उरुग्वेली स्टार लुईस सुवारेजको पनि ११ गोल रहेको छ । भिलारियालका जेरार्ड मोरेनोको १० गोल छ ।

शनिबार नै भएको अन्य खेलमा सेभियाले काडिजलाई ३–० ले हरायो । सेभियाको जितमा तीन वटै गोल योसेफ एन–नेसरीले गरेका थिए । एन–नेसरीको लिगमा ९ गोल भएको छ । अर्को खेलमा बार्सिलोनासँगै समान ३४ अंक रहेको भिलारियाल पुछारको टोली हुवेस्कासँग गोलरहित बराबरीमा रोकियो ।

भिलारियालभन्दा एक स्थान पछाडी रहेको रियल सोसिडाडले रियल बेटिससँग २–२ गोलको बराबरी खेल्यो । १० खेल समाप्तिसम्म लिगको शिर्ष स्थानमा रहेको सोसिडाडको २० खेलबाट ३१ रहेको छ ।

Click to comment

Trending