राष्ट्रिय

एपीएफसँग पराजित हुँदा गण्डकी पिएम कपबाट बाहिर

Published

on

समुह चरणको आफ्नो चौथों तथा अन्तिम खेलमा विभागीय टोली एपीएफसँग छ विकेटले पराजित हुँदा गण्डकी प्रदेश प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको समुह चरणबाट नै बाहिरिएको छ । चार खेल खेलेको गण्डकीले एक खेलमा जित दर्ता गराउन सफल हुँदा बाँकी तीन खेलमा भने हारको सामना गरेको थियो । एपीएफको भने दोश्रो खेलमा यो दोश्रो जित हो ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले ४६ ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर १०६ रन मात्र बनाउन सक्यो भने जवाफी ब्याटिङ गरेको एपीएफले १७ दशमलब तीन ओभरमा चार विकेट गुमाएर जित हात पार्यो ।

एपीएफको जितमा बलिङमा कमल सिंह ऐरी, अविनाश बोहरा र कप्तान शरद भेषावाकर तथा ब्याटिङमा आरिफ शेख चम्किए ।

गण्डकीलाई सस्तैमा रोक्ने क्रममा कमलले १० ओभर बलिङ गर्दै मात्र ११ रन खर्चिएर चार विकेट हात पारे भने अविनाशले १८ तथा शरदले २२ रन खर्चिएर समान २-२ विकेट हात पारे ।

सानो लक्ष्य सहित ब्याटिङमा आएको एपीएफका ओपनर सुबास खकुरेल र तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका रित गौतम दुबै गोल्डेन डक आउट भए पनि अर्का ओपनर आसिफ शेखले ७८ बलमा ५६ रनको आक्रमक पारी खेले ।

गण्डकीको तर्फबाट ब्याटिङमा ओपनर समिर कंडेलले सर्वाधिक ३६ रन बनाए भने बलिङमा चन्द्र पौडेल र विशाल पौडेलले समान २-२ विकेट आफ्नो नाममा दर्ता गराउन सफल भए ।

Click to comment

Trending