Connect with us

राष्ट्रिय

एपीएफसँग पराजित हुँदा गण्डकी पिएम कपबाट बाहिर

wesportz

Published

on

समुह चरणको आफ्नो चौथों तथा अन्तिम खेलमा विभागीय टोली एपीएफसँग छ विकेटले पराजित हुँदा गण्डकी प्रदेश प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको समुह चरणबाट नै बाहिरिएको छ । चार खेल खेलेको गण्डकीले एक खेलमा जित दर्ता गराउन सफल हुँदा बाँकी तीन खेलमा भने हारको सामना गरेको थियो । एपीएफको भने दोश्रो खेलमा यो दोश्रो जित हो ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले ४६ ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर १०६ रन मात्र बनाउन सक्यो भने जवाफी ब्याटिङ गरेको एपीएफले १७ दशमलब तीन ओभरमा चार विकेट गुमाएर जित हात पार्यो ।

एपीएफको जितमा बलिङमा कमल सिंह ऐरी, अविनाश बोहरा र कप्तान शरद भेषावाकर तथा ब्याटिङमा आरिफ शेख चम्किए ।

गण्डकीलाई सस्तैमा रोक्ने क्रममा कमलले १० ओभर बलिङ गर्दै मात्र ११ रन खर्चिएर चार विकेट हात पारे भने अविनाशले १८ तथा शरदले २२ रन खर्चिएर समान २-२ विकेट हात पारे ।

सानो लक्ष्य सहित ब्याटिङमा आएको एपीएफका ओपनर सुबास खकुरेल र तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका रित गौतम दुबै गोल्डेन डक आउट भए पनि अर्का ओपनर आसिफ शेखले ७८ बलमा ५६ रनको आक्रमक पारी खेले ।

गण्डकीको तर्फबाट ब्याटिङमा ओपनर समिर कंडेलले सर्वाधिक ३६ रन बनाए भने बलिङमा चन्द्र पौडेल र विशाल पौडेलले समान २-२ विकेट आफ्नो नाममा दर्ता गराउन सफल भए ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Headline

आफ्नै नियममा बाचिरहेका तीन जीवन

Avatar

Published

on

उदयपुर त्रियुगा नगरपालिका देउरीकी २४ बर्षिया अमृता राइलाई घरेलु रक्सीको गन्धको  बानी परिसकेको छ उनले नाक खुम्च्याउने हो भने घरको गुजारा चल्दैन यसबाहेक उनले घरमा ११ वटा सुङ्गुर र एक दर्जन कुखुराको पनि स्याहार गर्नु पर्छ यो संख्याले एक हिसाबमा गाँउ ठाँउमा परिवारको हैसियत नै निर्धारण गर्ने गर्छ आफ्नो दैनिकी सामान्य बन्दै जाँदा उनको हरेक दिन यसैको सेरोफेरोमा बित्छ  

आफूलाई हरेक कुरामा साथ दिने आमालाई एक बर्ष अघि गुमाएपछि अमृतामा जिम्मेवारीको थुप्रो छ उनको बुवा पक्षघातले लामो समयदेखि ओछ्यानमै छन् एक जना दाई र भाइले सघाउदै आए पनि अमृताको अस्तित्व नै अहिले उनको परिवारको अस्तित्व बनिसकेको छ  

कलिलो उमेरमा उनले बाचिरहेको जीवन शहरको तामझामबाट बिल्कुल फरक छ अमृता केही दिन अघि शहरमै थिइन् तर उनी काठमाडौंको रमझमको आनन्द उठाउन आएकी थिइनन् जिम्मेवारी फरक बन्दा उनले महिला राष्ट्रिय लिग फुटबलमा चोदण्डीगढी नगरपालिकको रक्षापंक्ति सम्हालिन् टिमको लागि उल्लेखनीय प्रदर्शन गरिन् र गर्वसाथ गाँउ फर्किन्

समाजमा रक्सीलाई नकारात्मक रुपमा लिइन्छ नै मलाई यो काम गर्न नपरेपनि हुन्थ्यो जस्तो लाग्छ तर के गर्ने अरु कुनै बिकल्प छैन,” घर व्यवहारले थिचिएपछि १० कक्षामै पढाई छोड्न बाध्य अमृता भन्छिन् घरकी जेठी छोरी सबैको मसँग आशा हुन्छ पढाई बीचमै छोडे त्यस पछि घरको काम पछाडि दौडिए कहिले काही बलको पछाडी दौडन्छु ” 

चौदण्डीगढी नगरपालिका, उदयपुरकी अमृता राई

फुटबलले जोडिदिएको पखेटा  

अमृताले फुटबललाई लिएर ठूलो सपना बोकेकी होइनन् चार बर्षदेखि फुटबल खेल्दै गर्दा उनलाई थिचेर राखेको जिम्मेवारीको बोँझबाट उनी मुक्त हुन्छिन् कसैले हतकडी खोलेर पखेटा जोडेर उड्न लगाए जस्तो  

यँहा खेलेर केही हुन्छ जस्तो त लाग्दैन तर पनि खेल्न मन लाग्छ फुटबलले मलाई खुशी दिन्छ घरमा जति नै समस्या किन नहोस, फुटबल खेलेपछि म स्वतन्त्र महसुस गर्छु घरमा पनि मैले यसमा सहयोग पाएको छु,” उनी भन्छिन्  

महिला लिगले केही समयका लागि परिबन्धका कारण आइपरेको जिम्मेवारीबाट मुक्त गरेको १७ बर्षिया साबित्रि किसानलाई पनि हो तर साबित्रीको भने सपना छ  

वालिङ नगरपालिका, स्याङ्जाकी नम्बर वान गोलरक्षक साबित्री प्रतियोगिताकै उत्कृष्ट गोलरक्षक मध्ये एक हुन् आफूले गरेको कडा परिश्रमको कारण नै उनी उत्कृष्ट भएकी हुन् तर उनको मिहिनेत मैदानमा मात्रै सिमित छैन  

वालिङ नगरपालिका, स्याङ्जाकी गोलरक्षक साबित्रा किसान

राष्ट्रिय स्तर र नेपालको अण्डर१४ र अण्डर१६ उमेर समुहको प्रतिनिधित्व गरिसकेकी साबित्री अरुको घर र होटेलमा लुगा धुन्छिन् म बिहान उठेर घरको काम गर्छु घरमा बिहानको खाना बनाएर अरुको घर र यही एउटा होटेलमा लुगा धुने गर्छु,” ११ कक्षामा पढिरहेकी साबित्रीले आफ्नो नियमित दिनचर्याबारे बताइन्  

हप्तामा कहिले दुई वा तीन दिन अथवा कहिले चार दिन चाँही जानै पर्छ अरु समयमा चाही आवश्यकता अनुसार काम गर्ने गर्छु,” निडर हुदै साबित्री भन्छिन्  

साबित्री आफ्नो काम २ बजे अघि नै सकाउछिन् र वालिङ्गस्थित खेल मैदानमा अभ्यासमा जुट्छिन् १४ वर्षको उमेर देखी फुटबल खेल्न थालेकी साबित्रीको जोशले धेरैलाई अचम्ममा पार्न सक्छ एपिएफ विरुद्ध पहिलो लेगमा साबित्रा भण्डारीको तीनवान अन वानप्रहारलाई बचाएकी साबित्री सानो उमेरमै राम्रो खेलाडी बन्न सफल भएकी छिन्

अमृताले सोचे बिपरित उनी सबैलाई गतल साबित गरेर देखाउन चाहन्छिन् लिग खेल्न पाँउदा खुशी त छु नै तर केटीहरुले फुटबल खेल्न सक्दैनन् भन्ने धारणालाई गलत साबित गर्दा अझै बढी खुशी छु,” साबित्रीले भनिन्

साबित्रीलाई फुटबलले धेरै कुरा दिएको छ उनलाई फुटबलमै लागेर नाम बनाउने इक्षा छ उनी सिनियर राष्ट्रिय टोलीबाट खेल्न चाहन्छिन् र घरको भान्सामा सिमित रहेका धेरै महिलाहरुको लागि प्रेरणाको श्रोत बन्न चाहन्छिन् यो यस्तो सपना हो जसलाई बिराटनगरकी कप्तान कल्पना कार्कीले पुरा गर्दै आइरहेकी छिन् । 

बिराटनगर महानगरपालिकाकी कप्तान तथा गोलरक्षक कल्पना कार्की                                                            तस्बिर: विवेक सुबेदी/ एन्फा

पुरुष फुटबलमा बिरलै देखिने संघर्ष

मोरङकी गोलरक्षक तथा कप्तान कल्पनाले पढाई छोडेर फुटबल खेलेको ५ वर्ष भन्दा बढी भइसकेको छ बिहान उठे देखि घरको काममा निकै व्यस्त रहने उनको सामान्य जस्तो देखिने आफ्नै होटलमा काम गर्छिन् र साँझ अभ्यासका लागि मैदान पुग्छिन्  

कल्पनाको आमा फुटबलको निकै ठुलो फ्यान हुन् र त्यही कारणले पनि उनलाई खेल्नका लागि घरबाटै होसला मिल्दै आएको छ सानो उमेर देखि घर र बहिरको काम गर्दै फुटबल खेल्न थालेकी कल्पना फुटबलमा अझ धेरै महिला आएको हेर्न चाहन्छिन्  

कसैले केही भन्ला की भन्ने डर पाल्ने हो भने त्यसले आफैलाई खादै जान्छ छोरीहरुलाई प्राथमिकतामा राख्ने हो भने अझै महिला फुटबलमा बिकास हुन्छ जस्तो लाग्छ,” उनले भनिन्  

अमृता, साबित्री र कल्पनाले दैनिक जीवनमै गर्दै आएको संघर्षका बावजुद फुटबललाई पछ्याउनुले महिलाहरुको जुझारुपनलाई प्रतिबिम्बित गर्छ नेपालको पुरुष फुटबलमै यस्तो संघर्षको कथा बिरलै सुन्न पाइन्छ उनीहरु महिला मात्र नभएर खेलमा लाग्ने जो कोहीका लागि पनि प्रेरणाका श्रोत बनिसकेका छन्

Continue Reading

Headline

बि डिभिजन: श्री भगवतीलाई पराजित गर्दै सातदोबाटोले लियो तीन अंकको अग्रता

wesportz

Published

on

सहिद स्मारक लिग अन्तर्गत सोमबार भएको दोस्रो खेलमा शिर्ष स्थानमा रहेको सातदोबाटो युथ क्लबले श्री भगवती क्लबलाई १-० ले हराएको छ । सातदोबाटोका लागि एक मात्र निर्णायक गोल डोर्गे तमाङले पेनाल्टी मार्फत गरेका थिए ।

२४ औँ मिनेटमा दिनेश राईले प्रहार गरेको बल श्री भगवतीका लक्षमन जिसीको हातमा लागे पछि सातदोबाटोले पेनाल्टी पाएको थियो । जसमा सातदोबाटोका लागि २५ औँ मिनेटमा डोर्गे तमाङ चुकेनन् र टोलीलाई १-० को अग्रता दिलाए ।

पहिलो हाफमा १-० को अग्रता लिएको सातदोबाटोले दोस्रो हाफमा निकै राम्रा अवसरहरु गुमाए । ६५ औँ मिनेटमा भुवन बस्नेतको हेडिङ बहिरिन पुग्यो । ७५ औँ मिनेटमा भुवनको पासमा माल्दिना अङथुपो चुक्न पुगे । श्री कुमारीका लागि पनि ७८ औँ मिनेटमा मोहन थापा मगरले गरेको प्रहरलाई सातदोबाटोका गोलरक्षक सनम राईले बचाएका थिए ।

जितसँगै सातदोबाटोले शिर्ष स्थानमा तीन अंकको अग्रता लिएको छ । २२ अंक सहितको सातदोबाटोले दोस्रो स्थानमा रहेको खुमलटार युथ विरुद्ध अग्रता लिएको हो । श्री भगवती भने पराजयसँगै ६ अंक सहित नवौं स्थानमा यथावत रहेको छ ।

Continue Reading

Headline

बि डिभिजन: अजितको गोलमा आरसिटीको जित

wesportz

Published

on

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार भएको पहिलो खेलमा रानीपोखरी कर्नर टिमले टुसाल युथ क्लबलाई १-० ले हराएको छ ।

आरसिटीका लागि अजित गुरुङले गोल गरेका थिए । अजितले ७२ औँ मिनेटमा निर्णायक गोल गरेका थिए । उनले क्रस गरेको बललाई टुसालका गोलरक्षक रोशन गुरुङले ठम्याउन नसके पछि सिधै गोल भएको थियो ।

पहिलो हाफमा आरसिटीले टुसलको पोस्टमा लगतार आक्रमण गरे पनि गोल गर्न सकेन । ३२ औँ मिनेटमा आरसिटीका अमर डङ्गोलले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । यस्तै टुसालका लागि ४२ औँ मिनेटमा मोहित गुरुङले गरेको प्रहर बहिरिन पुग्यो ।

दोस्रो हाफमा भने आरसिटीले एक गोलको अग्रता लिएको थियो । निर्णायक गोल बाहेक दोस्रो हाफमा आरसिटीका लागि ७८ औँ मिनेटमा अजित गुरुङले अर्को मौका पाए । किपर अगाडि आएको अवस्थामा उनले गरेको चिपलाई रोशन गुरुङले बचाएका थिए ।

जितसँगै आरसिटी १२ अंक सहित पाँचौँ स्थानमा उक्लिएको छ । पराजित भएको टुसल भने ८ अंक सहित सातौँ स्थानमा रहेको छ ।

Continue Reading
अन्तर्राष्ट्रिय3 hours ago

टेस्टमा पहिलो पटक भिड्दै अफगानिस्तान र जिम्बाब्वे

Headline6 hours ago

चम्किदै किरण , पन्जाबका लागि छैँठौ क्लिनशीट

Headline8 hours ago

मेयर कपका लागि काठमाडौँ मेयर ११ को टोली सार्वजनिक

Headline10 hours ago

आफ्नै नियममा बाचिरहेका तीन जीवन

Headline12 hours ago

बि डिभिजन: श्री भगवतीलाई पराजित गर्दै सातदोबाटोले लियो तीन अंकको अग्रता

Headline12 hours ago

बार्सिलोनाको सत्तामा रहदा भ्रष्टचार गरेको आरोपमा पुर्वअध्यक्ष बोर्तेमेउ पक्राउ

Headline15 hours ago

बि डिभिजन: अजितको गोलमा आरसिटीको जित

Headline22 hours ago

बेलको पुनरागमनमा स्पर्सको जित, युनाइेटड र चेल्सीको बराबरी

Headline1 day ago

ईपीएल असोजमा आयोजना हुने

Headline2 days ago

बि डिभिजन: मिलनको ह्याट्रीकमा ब्वाइज युनियन बिजयी

Headline2 months ago

१० फुटबलर जसले बार्सिलोना जान मानेनन्

Headline6 months ago

धेरै ऋणको भारी बोकेका पाँच युरोपेली क्लबहरु

Headline10 months ago

ब्राजिलले पाएको अहिलेसम्मकै उत्कृष्ट १० फुटबलर

Headline5 months ago

सात महादेशका सात उत्कृष्ट खेलाडीहरु

Headline6 months ago

सिटीको यस्तो आकर्षक प्रस्ताव जसलाई मेस्सीले नाई भन्नै सक्दैनन्

Headline9 months ago

ट्रान्सफर मार्फत सर्वाधिक कमाउने ५ खेलाडी

Headline5 months ago

कुनै समयका महँगा ब्राजिलियन स्टारको तलब अहिले महिनाको २ सय ५० डलर

Headline4 months ago

फेरि पनि टिममा अटाएनन् स्ट्राइकर बिमल

Headline8 months ago

हाम्रो सम्पर्कमा आउनुअघि नै नेपाली फुटबल भ्रष्ट भइसकेको थियोः कुख्यात म्याच फिक्सर

Headline7 months ago

एक युगको अन्त्य हुँदा बार्सामा क्रान्ति एक मात्र बिकल्प

Trending