अन्तर्राष्ट्रिय

विकेट बिहिन रहे सन्दिप

Published

on

अष्ट्रेलियन बिग ब्यास लिग अन्तर्गत आफ्नो चौथों खेलमा नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने विकेट बिहिन बनेका छन् । त्यस्तै सन्दिप सम्मिलित होबार्ट हरिकेन्स पर्थ स्कोचर्ससँग नौं विकेटले पराजित भएको छ ।

तीन ओभर मात्र बलिङ गर्न पाएका सन्दिपले २३ रन खर्चिए भने विकेट पनि हात पार्न असफल रहे । पहिलो र दोश्रो ओभरमा समान ८-८ रन खर्चिएका सन्दिपले तेश्रो ओभरमा भने सात रन मात्र खर्चिए । उनले तीनवटै ओभरमा समान १-१ चौका खर्चिए ।

आजको खेलमा पराजित हुँदा होबार्ट पाँचौं स्थानमा झरेको छ । १० खेल मध्य उसले पाँच खेलमा जित दर्ता गर्दा समान पाँच खेलमा नै हारको सामना गरेको छ । आजको खेलमा जित हात पार्दा पर्थ तेश्रो स्थानमा उक्लिएको छ । नौं खेल खेलेको पर्थले पाँच खेलमा जित निकाल्दा तीन खेलमा पराजित भएको थियो भने एक खेल रद्ध हुन पुगेको थियो ।

जारी सिजन तीन खेल खेलेका सन्दिपले कुल चार विकेट हात पारेका छन् । पहिलो खेलमा दुई विकेट निकालेका सन्दिपले त्यस पछिका दुई खेलमा समान १-१ विकेट निकाल्न सकेका थिए ।

अघिल्ला दुई खेलमा महँगो भए पनि सन्दिप दुबै खेलमा विकेट निकाल्न भने सफल भएका थिए ।अष्ट्रेलियाको सरकारको १४ दिन अनिवार्य क्वारेन्टिन बस्नै पर्ने नियमका कारण होबार्टका सुरुवाती छ खेल गुमाएका सन्दिपले पछिल्ला तीन खेलमा सुरुवाती ११ मा स्थान बनाउन सफल भएका थिए ।

सन्दिपले आफ्नो पुर्व क्लब मेलबर्न स्टार्स विरुद्धको दुई खेल मध्य पहिलोमा दुई तथा दोश्रोमा एक विकेट लिएका थिए । दुबै खेलमा महँगो साबित भएका सन्दिपले पहिलो खेलमा ३८ तथा दोश्रो खेलमा ३६ रन खर्चिएका थिए । दोश्रो खेलमा सुरुका दुई ओभरमा मात्र पाँच रन खर्चिएका सन्दिपले पछिल्ला दुई ओभरमा ३१ रन खर्चन पुगे ।

अघिल्लो दुई खेलमा महँगो भएका सन्दिपले पछिल्लो खेलमा भने किफायती बलिङ गर्न सफल भएका थिए । उनले सिड्नी थन्डर विरुद्धको खेलमा चार ओभर बलिङ गर्दै मात्र २३ रन खर्चिए ।

Click to comment

Trending