अन्तर्राष्ट्रिय
विकेट बिहिन रहे सन्दिप
Published
4 years agoon
By
wesportzअष्ट्रेलियन बिग ब्यास लिग अन्तर्गत आफ्नो चौथों खेलमा नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने विकेट बिहिन बनेका छन् । त्यस्तै सन्दिप सम्मिलित होबार्ट हरिकेन्स पर्थ स्कोचर्ससँग नौं विकेटले पराजित भएको छ ।
तीन ओभर मात्र बलिङ गर्न पाएका सन्दिपले २३ रन खर्चिए भने विकेट पनि हात पार्न असफल रहे । पहिलो र दोश्रो ओभरमा समान ८-८ रन खर्चिएका सन्दिपले तेश्रो ओभरमा भने सात रन मात्र खर्चिए । उनले तीनवटै ओभरमा समान १-१ चौका खर्चिए ।
आजको खेलमा पराजित हुँदा होबार्ट पाँचौं स्थानमा झरेको छ । १० खेल मध्य उसले पाँच खेलमा जित दर्ता गर्दा समान पाँच खेलमा नै हारको सामना गरेको छ । आजको खेलमा जित हात पार्दा पर्थ तेश्रो स्थानमा उक्लिएको छ । नौं खेल खेलेको पर्थले पाँच खेलमा जित निकाल्दा तीन खेलमा पराजित भएको थियो भने एक खेल रद्ध हुन पुगेको थियो ।
जारी सिजन तीन खेल खेलेका सन्दिपले कुल चार विकेट हात पारेका छन् । पहिलो खेलमा दुई विकेट निकालेका सन्दिपले त्यस पछिका दुई खेलमा समान १-१ विकेट निकाल्न सकेका थिए ।
अघिल्ला दुई खेलमा महँगो भए पनि सन्दिप दुबै खेलमा विकेट निकाल्न भने सफल भएका थिए ।अष्ट्रेलियाको सरकारको १४ दिन अनिवार्य क्वारेन्टिन बस्नै पर्ने नियमका कारण होबार्टका सुरुवाती छ खेल गुमाएका सन्दिपले पछिल्ला तीन खेलमा सुरुवाती ११ मा स्थान बनाउन सफल भएका थिए ।
सन्दिपले आफ्नो पुर्व क्लब मेलबर्न स्टार्स विरुद्धको दुई खेल मध्य पहिलोमा दुई तथा दोश्रोमा एक विकेट लिएका थिए । दुबै खेलमा महँगो साबित भएका सन्दिपले पहिलो खेलमा ३८ तथा दोश्रो खेलमा ३६ रन खर्चिएका थिए । दोश्रो खेलमा सुरुका दुई ओभरमा मात्र पाँच रन खर्चिएका सन्दिपले पछिल्ला दुई ओभरमा ३१ रन खर्चन पुगे ।
अघिल्लो दुई खेलमा महँगो भएका सन्दिपले पछिल्लो खेलमा भने किफायती बलिङ गर्न सफल भएका थिए । उनले सिड्नी थन्डर विरुद्धको खेलमा चार ओभर बलिङ गर्दै मात्र २३ रन खर्चिए ।
You may like
Headline
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
Published
2 years agoon
October 23, 2022By
wesportzविराट कोहलीले अविजित रहँदै अर्धशतकीय पारी खेल्दा अष्ट्रेलियामा जारी ट्वान्टी ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तान माथि चार विकेटको सनसनीपूर्ण जित हात पारेको छ ।
कोहलीले अविजित रहँदै ८२ रन जोड्दा पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर लक्ष्य पार गर्यो ।
ओपनरद्वय केएल राहुल र कप्तान रोहित शर्मा समान ४-४ रन जोड्दै पेभेलियन फर्किए पनि कोहलीले अर्को छोडबाट रन जोड्दै गत विश्वकपमा पाकिस्तानसँगको हारको बदला लिन सफल रहे । ५३ बलको सामना गरेका कोहलीले छ चौका र चार छक्काको मद्धतमा अविजित रहँदै सर्वाधिक ८२ रन जोडेका हुन् ।
सातौँ ओभरमा ३१ रनमा चार विकेट गुमाएर खराब सुरुवात गरेको भारतको जितमा कोहलीले पाँचौं विकेटका लागि ३७ बलमा ४० रन बनाएका हार्दिक पाण्ड्यासँग मिलेर
७८ बलमा ११३ रनको साझेदारी गरे । भारतका अन्य ब्याटरहरुमा सुर्य कुमार यादव १५, अक्सर पटेल दुई, दिनेश कार्तिक एक तथा रविचन्द्रन आश्विन एक रनमा अविजित रहे ।
पाकिस्तानका ह्यारिस रौफ र मोहम्मद नवाज महँगो सावित रहे पनि समान २-२ विकेट तथा नसिम शाहले चार ओभरमा २३ रन दिएर एक बिकेट हात पारे भने शाहिन शाह अफ्रिदीले चार ओभरमा ३४ रन खर्चंदा विकेट बिहिन रहन पुगे ।
यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दा आठ विकेट गुमाएर १५९ रन मात्र जोड्न सक्यो ।
कप्तान बाबर आजम गोल्डेन डकआउट तथा मोहम्मद रिजवान चार रनमा आउट भए पनि तेश्रो र चौथों नम्बरमा ब्याटिङ गर्न आएका शान मसूद र इफ्तिखर अहमदले अर्धशतकीय पारी खेल्दै पाकिस्तानलाई सम्मानजनक योगफल सम्म डोर्याए । अविजित रहेका मसूदले ४२ बलमा सर्वाधिक ५२ तथा अहमदले ३४ बलमा ५१ रन बनाए ।
पाकिस्तानलाई मध्यम स्कोरमा रोक्ने क्रममा अर्शदिप सिंह र हार्दिक पान्ड्याले समान ३-३ विकेट लिए भने मोहम्मद शामी र भुवनेश्वर कुमारले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।
अन्तर्राष्ट्रिय
ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै
Published
2 years agoon
October 23, 2022By
wesportzअष्ट्रेलियामा जारी ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गत चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दै छन् । मेलबर्नमा हुने खेल नेपाली समय अनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ ।
राजनैतिक दबाबका कारण भारत र पाकिस्तान बीच कुनै पनि शृंखला आयोजना हुँदैन । यी दुई टोली एक आपसमा भिड्ने भनेको आईसीसी अथवा एसीसीले आयोजना गर्ने प्रतियोगितामा मात्र हो । त्यसैले गर्दा पनि भारत र पाकिस्तान बीचको खेलमा समग्र क्रिकेट समर्थकहरूको आँखा जाने गरेको छ ।
भारत र पाकिस्तान बीचको पछिल्लो भिडन्त एसिया कपमा भएको थियो । दुई खेल मध्य भारतले एक खेलमा जित निकाल्दा पाकिस्तानले अर्को खेलमा जित निकाल्न सफल भएको थियो । एसिया कपको समुह चरणको खेलमा पाकिस्तान माथि पाँच विकेटको जित निकालेको भारत सुपर ४ मा पाँच विकेटले पराजित हुँदा फाइनल खेल्नबाट बञ्चित भएको थियो ।
यस अघि गत वर्ष अक्टोबरमा युएईमा सम्पन्न भएको ट्वान्टी ट्वान्टी विश्वकपमा भारत पाकिस्तानसँग १० विकेटको फराकिलो हारको सामना गर्न बाध्य भएको थियो । पाकिस्तानसँग पराजित हुँदा भारतको सेमिफाइनल खेल्ने सपना सपनामा नै सीमित हुन पुग्यो ।
भारत र पाकिस्तानको खेल हुने मैदान मेलबर्न क्रिकेट ग्राउण्डमा एक लाख भन्दा बढी समर्थक अट्छ । तर आजको खेलमा मैदानमा गएर खेल हेर्ने समर्थकहरूको आशा निराशामा परिणत हुने प्रबल सम्भावना रहेको छ । मौसम विभागका अनुसार मेलबर्नमा वर्षा बाधक बन्ने सम्भावना धेरै रहेका कारण भारत र पाकिस्तानको खेल प्रभावित हुन सक्ने छ ।
आजको खेलमा जित निकाल्दै दुबै टोली उत्कृष्ट सुरुवात गर्ने सुरमा रहेका छन् । तर वर्षाका कारण दुबै टोली १-१ अंकमा नै सीमित रहने बढी सम्भावना छ ।
Headline
आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि
Published
2 years agoon
August 1, 2022By
wesportzआठ पटकको च्याम्पियन जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक महिला युरो कपको उपाधि चुमेको छ । वेम्ब्लीमा भएको फाइनल खेलमा जर्मनी माथि २-१ गोल अन्तरको जित निकाल्दै इंग्ल्यान्डले पहिलो पटक ठुलो प्रतियोगिताको उपाधि हात पार्न सफल भयो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा दुबै टोलीले १-१ गोल गर्दा खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको २० मिनेटमा सब्सटिच्युटमा आएकी क्लोई केलीले गोल गर्दै ८७ हजार एक सय ९२ दर्शक सामु इङ्ल्यान्डलाई उपाधि दिलाएकी हुन् ।
Absolute scenes! ? pic.twitter.com/EV5Wzvf4U3
— Lionesses (@Lionesses) July 31, 2022
दोश्रो हाफको ६२ औँ मिनेटमा एला टोनीले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिएकी थिइन् भने ७९ औँ मिनेटमा लिना मागलले बराबरी गोल गर्दै जर्मनीलाई खेलमा फर्काउन सफल भइन् ।
इंग्लिस फुटबल पुरुष र महिला कुनै पनि टोलीले जितेको यो पहिलो ठुलो ट्रफी हो । यस अघि ५६ वर्ष अघि इङ्ल्यान्डले वेस्ट जर्मनीलाई पराजित गर्दै सन् १९६६ मा आयोजना भएको विश्वकपको उपाधि जितेको थियो ।