Headline

भारत र अष्ट्रेलियालाई पछि पार्दै न्युजिल्याण्ड बन्यो नम्बर वान टेस्ट राष्ट्र

Published

on

कप्तान केन विलियमसनको दोहोरो शतक र कायल जेमिसनको १० विकेटको मद्धतमा पाकिस्तान माथि दोश्रो तथा अन्तिम टेस्टमा फराकिलो जित हात पार्दै घरेलु न्युजिल्याण्ड नम्बर वान टेस्ट टिम बन्न सफल भएको छ । नम्बर एक टेस्ट राष्ट्र बन्ने क्रममा न्युजिल्याण्डले अष्ट्रेलिया, भारत र इंग्ल्यान्ड जस्ता राष्ट्रहरुलाई पछि पारेको हो ।

दोश्रो टेस्टमा पाकिस्तानलाई एक इनिङ्स र १७६ रनको फराकिलो अन्तरले पराजित गर्दै न्युजिल्याण्डले दुई खेलको शृंखला ह्वाइटवास पनि गर्न सफल भएको छ । पहिलो खेलमा न्युजिल्याण्डले पाकिस्तान माथि १०१ रनको रोमान्चक जित दर्ता गराएको थियो । त्यस्तै पाकिस्तान माथि क्लिन स्विप गर्दा न्युजिल्याण्डले आगामी जुनमा लर्ड्समा हुने वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेल्ने सम्भावनालाई पनि बलियो बनाएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले आफ्नो पहिलो पारीमा ८३ दशमलब पाँच ओभर खेल्दै २९७ रन मात्र बनाउन सक्यो भने जवाफी ब्याटिङ गरेको न्युजिल्याण्डले १५८ दशमलब पाँच ओभर खेल्दै छ विकेटको नोक्सानीमा ६५९ रनको विशाल योगफल बनाउँदै पारी सकिएको घोषणा गर्यो । पहिलो पारीमा ३६२ रनले पछि परेको पाकिस्तानले दोश्रो पारीमा ८१ दशमलब चार ओभरमा खेल्दै आफ्ना सबै विकेट गुमाउन पुग्यो र १८६ रन मात्र जोड्न सक्यो ।

न्युजिल्याण्डको जितमा ब्याटिङ तर्फ कप्तान केन विलियमसनले दोहोरो शतकका साथै हेनरी निकोल्स र ड्यारेल मिचेलले शतक प्रहार गरे भने कायल जेमिसनले दुबै पारीमा ५-५ विकेट हात पारे ।

टेस्ट क्रिकेटमा आफ्नो चौथों दोहोरो शतक प्रहार गरेका विलियमसनले ३६४ बलको सामना गर्दै २८ चौकाको मद्धतमा २३८ रनको विशाल स्कोर बनाए । त्यस्तै निकोल्सले १५७ तथा अविजित रहेका मिचेलले ११२ बलमा १०२ रनको आक्रमक पारी खेले ।

पहिलो पारीमा पाँच विकेट लिएका जेमिसनले दोश्रो पारीमा छ विकेट आफ्नो नाममा दर्ता गराए । छैठौं टेस्टमा २६ वर्षिय जेमिसनको टेस्ट क्रिकेटमा चौथों पाँच विकेट हौल हो भने पहिलो १० विकेट हौल हो ।

पाकिस्तानको तर्फबाट अजर अलीले पहिलो पारीमा सर्वाधिक ९३ रन बनाए भने कप्तान मोहम्मद रिजवानले पनि ६१ रनको पारी खेले । त्यस्तै फहिम अश्रफले ४८ तथा जाफर गोहरले ३४ रनको योगदान दिए । त्यस्तै पाकिस्तानको दोश्रो पारीमा अजर अली र जाफर गोहरले समान ३७-३७ रन बनाए भने फ़हिम अश्रफले पनि २८ रनको योगदान दिए ।

दोश्रो टेस्टमा कुल ११ विकेट लिएका जेमिसन खेलको म्यान अफ द म्याच घोषित भए भने पहिलो टेस्टमा शतक बनाएका विलियमसन प्लेयर अफ द सिरिज घोषित भए ।

Click to comment

Trending