Headline

पाकिस्तान माथि न्युजिल्याण्डको रोमान्चक जित   

Published

on

पाकिस्तान विरुद्धको पहिलो टेस्टमा घरेलु टोली न्युजिल्याण्डले १०१ रनको रोमान्चक जित दर्ता गराएको छ । यसका साथै न्युजिल्याण्डले दुई खेलको शृंखलामा १-० को अग्रता लिन सफल भएको छ ।

न्युजिल्याण्डले दिएको ३७३ रनको विशाल लक्ष्य पक्ष्याएको पाकिस्तानले पाँचौं दिनको खेलको ३८ ओभरमा तीन विकेटको नोक्सानीमा ७१ रन बाट सुरु गरेको हो । अन्तिम दिन पाकिस्तानले खेल जित्ने हो भने अन्तिम दिन ३०२ रन जोड्न पर्ने हार टार्ने हो भने उसले सात विकेट जोगाउन पर्ने थियो ।

पाकिस्तान हार नजिक पुगेको अवस्थामा उसका पुछारका ब्याट्सम्यानहरुले रन जोड्न नसके पनि धेरै भन्दा धेरै बल खेल्दा बराबरी तर्फ उन्मुख भयो । तर खेल सकिन पाँच ओभर जस्तो बाँकि रहेको अवस्थामा मिचेल स्यान्टनरले ११ औं नम्बरमा ब्याटिङ गर्न आएका नसीम शाहको विकेट निकाल्दै न्युजिल्याण्डलाई रोमान्चक जित दिलाएका हुन् । पाकिस्तानले १२३ दशमलब तीन ओभर खेल्दै २७१ रन मात्र जोड्न सक्यो ।

पाँचौं दिनको खेलमा फवाद आलमले शतक र विकेट किपर ब्याट्सम्यान मोहम्मद रिजवानले अर्धशतक प्रहार गरे पछि पाकिस्तान कम्तिमा ड्र तर्फ उन्मुख भयो ।  पाँचौं दिनको खेल ३४ रनबाट सुरु गरेका अजर अलि चार रन जोड्दै ३८ रनमा आउट हुँदा पाकिस्तान ७५ रनमा चार विकेटको अवस्थामा खुम्चिन पुग्यो ।

तर आलम र रिजवानले चौथों विकेटका लागि ३८८ बल खेल्दै १६५ रन जोडे । २६९ बलको सामना गर्दै १४ चौकाको मद्धतमा १०२ रन बनाएका रिजवान र १९१ बलमा ६० रन जोडेका रिजवान पेभेलियन फर्किए । सन् २००९ मा श्रीलंका विरुद्धको डेब्यु टेस्टमा शतक प्रहार गरेका आलमको यो दोश्रो टेस्ट शतक हो ।

दोश्रो पारीमा पाकिस्तानका ओपनरद्वय रनको खाता नखोली तथा ह्यारिस सोहेल नौं रनमा आउट भए । त्यस्तै फहीम अश्रफ़ १९, यासिर शाह शुन्य, मोहम्मद अब्बास र नसिम शाह समान १-१ रनमा आउट भए भने शाहीन अफ्रिदी आठ रनमा अविजित रहे ।

न्युजिल्याण्डका टिम साउथि, ट्रेन्ट बोल्ट, कायल जेमिसन, निल वाग्नर र मिचेल स्यान्टनरले समान २-२ विकेट हात पारे ।

हिजो आफ्नो दोश्रो पारी सुरु गरेको न्युजिल्याण्डले ४५ दशमलब तीन ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा १८० रन जोड्दै आफ्नो पारी सकिएको घोषणा गरेको थियो ।

न्युजिल्याण्डको तर्फबाट दोश्रो पारीमा ओपनरद्वय टम ब्लनडेल र टम लाथमले क्रमश ६४ र ५३ रन जोड्दै पहिलो विकेटका लागि १११ रनको साझेदारी गरे । तर त्यस पछि आएका ब्याट्सम्यानहरुले उलेख्य रन जोड्न सकेनन् । कप्तान केन विलियमसन २१ तथा हेनरी निकोल्स ११ रनमा आउट भए भने रस टेलर १२ रनमा अविजित रहे ।

पाकिस्तानका नसीम शाहले सर्वाधिक तीन तथा मोहम्मद अब्बासले एक बिके आफ्नो नाममा दर्ता गराए ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले न्युजिल्याण्डले पहिलो पारीमा १५५ ओभर खेल्दै ४३१ रन बनायो ।

न्युजिल्याण्डको तर्फबाट कप्तान विलियमसनले २९७ बल खेल्दै १२ चौका र एक छक्काको मद्धतमा सर्वाधिक १२९ रन बनाएर यासिर शाहको बलमा आउट भए । टेस्टमा विलियमसनको यो २३ औं शतक हो ।

विलियमसन बाहेक न्युजिल्याण्डका बिजे वाटलिङ, रस टेलर र हेनरी निकोल्सको क्रमश १४५ बलमा ७३ रन, १५१ बलमा ७० रन तथा १३७ बलमा ५६ रनको पारी खेले । त्यस्तै कायल ज्यामिसनले पनि ३२ रनको योगदान दिए ।

पाकिस्तानका शाहीन अफ्रिदीले सर्वाधिक चार तथा यासिर शाहले पनि तीन विकेट हात पारे ।

आइतबार दोश्रो दिनको समाप्तिमा एक विकेटको क्षतिमा ३० रनबाट सोमबार खेल्न शुरु गर्दा पाकिस्तान सस्तैमा समेटिने देखिएको थियो । ८० रनमै ६ विकेट गुमाएपछि पाकिस्तानको इनिङ्गस धर्मरायो । तर रिज्वान र असरफले सातौं विकेटको लागि शतकीय साझेदारी गर्दै पाकिस्तानको नाक जोगाए ।

बर्षाले प्रभावित तेश्रो दिनको खेल समाप्त हुदा पाकिस्तान २ सय ३९ रनमा अल आउट हुन पुग्यो भने फलो अन बचाएको थियो । रिज्वान र असरफले १ सय ७ रनको साझेदारी गरे ।

असरफले ९१ रन बनाए भने रिज्वानले ७३ । असरफले ९ चौका र एक छक्का प्रहार गरेका थिए । रिज्वानले ८ चौका हिर्काए । न्युजिल्याण्डका लागि कायल जेमिसनले तीन विकेट लिए भने निल वाग्नर, टिम साउदी र ट्रेन्ट बाउल्टले पनि २–२ विकेट हात पारेका थिए ।

Click to comment

Trending